site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
नगरपञ्चायतबाटै गरिएको त्यो दुर्लभ र क्रान्तिकारी निर्णय...
Sarbottam CementSarbottam Cement

पोखरा । घरको नक्सापास नगरेको इगोले राजनीतिमा प्रवेश गरेका सूर्यबहादुर केसी दुई कार्यकाल नगरपञ्चायतका अध्यक्ष बने ।

त्यतिबेला हालको पोखरा महानगरपालिका नगरपालिकामात्रै थियो । ०३९ र ४३ सालमा केसीले चुनाव जिते । उनको दोस्रो कार्यकालमा पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन सुरु भइसकेको थियो । बहुदलको पक्षमा विद्रोह सुरु भइसकेको थियो । २०४६ सालमा बहुदलको पक्षमा भएको जनआन्दोलन नै पञ्चायती व्यवस्थालाई पतन गरायो । देशमा प्रजातन्त्रको पुनर्वहाली भयो ।

त्यतिबेला पञ्चायतको पक्षमा बोल्नु तत्कालीन समयमा राज्यविप्लवझैँ हुन्थ्यो । देशमा निर्दलीय शासन व्यवस्था थियो । केसी चाहिँ पञ्चायतको पक्षबाट निर्वाचित प्रधानपञ्च ।  नगरपञ्चायतमा उनकै बहुमत । दोस्रो कार्यकालमा केसीसँगै उपप्रधानपञ्चमा नेपाली कांग्रेसबाट तीर्थ श्रेष्ठ निर्वाचित भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनै श्रेष्ठको शब्दमा तत्कालीन पञ्चायती शासनमा पञ्चायती निकायबाटै बहुदलको पक्षमा एक दुर्लभ र क्रान्तिकारी निर्णय गरेको थियो, “बहुदलको पक्षमा लाग्ने भनेर ।”

“अहिले पनि महानगरमा गएर त्यो माइन्यूट पल्टाए थाहा हुन्छ,” उनले भने ।

Global Ime bank

साहित्यकार समेत रहेका श्रेष्ठले आफूले नै प्रधानपञ्च केसीलाई बहुदलको पक्षमा लाग्न भनेको र केसी सहमत भएको बताउँछन् ।

“बहुमत नै पञ्चायती पक्षको थियो । मैले अहिलेको राजनीतिक संकटको समाधान भनेकै बहुदल हो यसको विकल्प छैन । उहाँले के गर्ने त भनेर सोध्नुभयो । मैले एउटै कुरा भनेको थिएँ, सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने एउटा उपाय छ, त्यो के भन्दा नगर पञ्चायतको बैठकबाटै महाराजधिराज समक्ष बहुदल माग गर्ने,” उनी सम्झिन्छन् ।

म उहाँकै निवासमा पुगेर भनेको थिएँ । अहिलेको राजनीतिको एउटै निकास भनेको नै बहुदल हो, राजसंस्था टिकाउन पनि बहुदल चाहिन्छ भनेको थिएँ । उहाँले के गर्ने त भनेर सोध्नुभयो ।

श्रेष्ठले सुझाए, बहुदल मागौँ, त्यो पनि नगरपञ्चायतको बैठकबाटै । केसी सहमत भए ।

हामीले के निर्णय ग¥यौँ भन्दा त्यो बेलाकै शासकीय भाषाको प्रयोग भएको छ, “वर्तमान राजनीतिक संकट समाधानका लागि श्री ५ महाराजधिराज सरकारमा बहुदलीय शासन व्यवस्था बक्स भएमा पोखरा नगर पञ्चायतको यो बैठक शिरोधार्य गर्ने कुरा मौसुफ सरकारमा बिन्ती जाहेर गर्ने,” निर्णय गरायौँ ।

त्यतिबेलाका प्रशासकीय अधिकृतले बैठकको निर्णयमा हस्ताक्षर गर्न मानेनन् । त्यसपछि उपप्रधानपञ्च श्रेष्ठले नै निर्णयमा हस्ताक्षर गरे ।

“उहाँमा कतै न कतै बहुदलप्रतिको झुकाव नभएको भए यतिठुलो निर्णय गराउन सकिने थिएन । बहुदलीय शासन व्यवस्थाको पक्षमा हुनुहुन्थ्यो भन्ने प्रमाण पनि हो । उहाँकै अध्यक्षतामा भएको यो बैठकको निर्णयप्रति तत्कालीन वडा नं. १० र १८ का वडाध्यक्षले चाहिँ असहमति जनाएका थिए,” श्रेष्ठ स्मरण गर्छन् ।

पञ्चायती निकायबाटै बहुदलको पक्षमा गरिएको ठुलो निर्णयको प्रचारप्रसार भने त्यति भएन । कारण, उक्त समाचार राससले प्रकाशन गरेन । अर्कातर्फ, बहुदलको आन्दोलन पनि चर्किँदै गएको थियो, त्यसको त्यसको हप्ता दश दिनमै बहुदलीय शासन व्यवस्था घोषणा भयो ।

“सम्भवतः नेपालमा पञ्चायती निकायबाटै बहुदल मागेको पहिलो निर्णय थियो । उहाँको सहमति भएपछि प्रजातन्त्रप्रतिको उहाँको झुकावको प्रमाण पनि हो,” श्रेष्ठले भने ।

राजनीतिक जीवनमा पञ्चायतको एक कार्यकालको सहयात्रा गरेका श्रेष्ठले केसीलाई भने पहिल्यैदेखि चिन्थे । दुवै पोखराका बासिन्दा भएता पनि उनीहरुको स्मरणीय भेट भने काठमाडौंमा भएको थियो ।

सायद २०३९–४० सालतिरको कुरा हुनुपर्छ । हाल टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय भएको ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय थियो । मेरा अत्यन्त आत्मीय मित्र साहित्यकार विनय रावल त्यहाँ कार्यरत थिए । सूर्यबहादुर केसीजीसँग दोहोरो संवादसहितको पहिलो भेट त्यहाँ भएको थियो । केसीजी आफ्नो निर्माण व्यवसायको सन्दर्भमा त्यहाँ बैंक ग्यारेन्टीको काममा त्यहाँ पुग्नुभएको थियो । कार्यालय समय समाप्त हुन लागेको अवस्था थियो । 

सायद उहाँको काम त्यहीदिन नै सम्पन्न हुनुपर्ने थियो । र काम भइरहेको थिएन । मलाई देखेपछि उहाँले भन्नुभयो, “तपाईँको चिनजानको मान्छे कोही छन्, मैले मेरो साथी छ भने र विनयसँग भेटाइदिएँ । उहाँको काम फत्ते भयो ।”

जसरी पञ्चायतको कार्यकालमा उनीहरुले बहुदलको पक्षमा महत्वपूर्ण निर्णय गराएँ, देशकै कम उमेरका प्रधानपञ्च र उपप्रधानपञ्च हुनुको संयोग पनि मिलेको थियो ।

श्रेष्ठ सम्झिन्छन्, “पहिलो कार्यकालमा उहाँ सायद २७ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उहाँले सहयोगको लागि आग्रह गर्नुभयो । म उहाँको पक्षमा लागें । एक प्रकारले पञ्चायतको चुनावमा कांग्रेस र कम्युनिस्ट दुबै पक्षले कोही खुलेर कोही गोप्यरुपमा उहाँको पक्षमा परिचालित भए । उहाँ प्रधानपञ्च र काजीमान गुरुङ उपप्रधानपञ्चमा निर्वाचित हुनुभयो । त्यस निर्वाचनपछि उहाँको छवि समाजमा उदार, विनम्र र विकासप्रेमीको रुपमा देखिन थाल्यो । त्यसको नेपथ्यमा उहाँको आफ्नो चरित्रबाहेक कारणले पनि काम गरेको थियो ।”

तर, जसले पहिलो कार्यकालमा केसीलाई जिताउन सहयोग गरे, ०४३ सालमा आमनेसामने हुनुप¥यो, फरक राजनीतिक पृष्ठभूमिबाट ।

“२०४३ सालको चैत महिनामा स्थानीय निकायको निर्वाचनको घोषणा भयो । नेपाली कांग्रेसले निर्वाचनमा आफ्ना कार्यकर्ताहरुलाई उमेदवारको रुपमा प्रस्तुत गर्ने निर्णय ग¥यो । त्यसमा गणेशमानजी र गिरिजाप्रसादको धारणा फरक थियो । गणेशमानजी पञ्चायतको आउटपोस्ट क्याप्चर गर्न स्थानीय निकायको निर्वाचनमा भाग लिन लागेको भन्नुहुन्थ्यो भने गिरिजाप्रसाद राजाको विकासको सदिच्छालाई सहयोग गर्न स्थानीय निकायको निर्वाचनमा सहभागी हुन लागेको बताउनुहुन्थ्यो । त्यसका बाबजुद पोखरामा कांग्रेसी कार्यकर्ताहरु निर्वाचनमा सहभागिताको सन्दर्भमा उत्साहित देखिन्थे । म आफू भने सक्रिय राजनीतिबाट आफूलाई टाढा राख्ने मानसिकतामा थिएँ । तर सायद नियतिलाई यो मञ्जुर थिएन । कांग्रेसले पत्रकार केशवराज पराजुलीलाई प्रधानपञ्च र मलाई उपप्रधानपञ्चको उमेदवारको रुपमा प्रस्तुत ग¥यो । अघिल्लो चुनावमा जसलाई सहयोग गरेको हो । अब उसैसँग आमनेसामनेको परिस्थिति बन्यो । चुनाव भयो । केसीजी प्रधानपञ्च र म उपप्रधानपञ्चमा निर्वाचित भयौं । सायद यो जोडी इतिहासमै कान्छोजोडी थियो । त्यतिखेर केसीजी ३० र म २८ वर्षको थिएँ । देखिने गरी हामीसँग युवकोचित उत्साहबाहेक अरु केही समानता थिएन । केसीजी पहिलोपटक प्रधानपञ्च निर्वाचित हुँदा उहाँको राजनीतिक पृष्ठभूमिकाबारे सायद कोही स्पष्ट थिएनन् । दोस्रोपटकको निर्वाचनमा भने उहाँ पञ्चायतको संस्थापन पक्षको उम्मेदवार हुनु भएको थियो,” श्रेष्ठले भने ।

त्यतिबेला निर्वाचित दुई युवाहरुलाई लिएर टिकाटिप्पणी पनि हुने गथ्र्यो । 

“दुवै युवा छन्, विकास निर्माणमा बाधा त पुग्ने होइन,” उनले भने । 

तर, त्यस्तो भएन । पृष्ठभूमि फरक तर विकास निर्माणको कार्यमा एउटै मत भएपछि सल्लाहमै काम हुन थाल्यो ।

श्रेष्ठ भन्छन्, “पोखराको विकासका सम्बन्धमा हाम्रा विचार त्यति फरक नरहेछ । जब यो कुरा हामीले बुझ्यौं । एक अर्कोसँग निरन्तरको छलफल चल्न थाल्यो । त्यस क्रममा महेन्द्रपुल पुनर्निर्माण, तरकारीमा आत्मनिर्भर पोखराको निर्माण, साँघुरा डहरहरुलाई फराकिलो र कालोपत्रे गर्ने योजना, अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता, भानु जयन्तीको अवसरमा खुला कविता प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, रविबाली कार्यक्रम, पोखराका कविहरुको प्रतिनिधि कविता संग्रहको प्रकाशन, विदेशबाट पोखरेली कलाकारहरूले सिर्जना गरेको दृश्यचित्र उपहार प्रदान गर्ने परम्परा, पोखराको पहिलो टाउन प्रोफाइल तयार गर्ने जस्ता विविध कार्य सम्पन्न भए ।”

यी सबै कार्यहरूमा हामी दुईबीच राम्रै समझदारी र सहकार्य रह्यो । उहाँ विकास र निर्माणमा गहिरो अभिरुचि राख्नु हुन्थ्यो । जनतासँग विनम्रतापूर्वक प्रस्तुत हुने उहाँको स्वभाव थियो । कमजोरी नहुने दुनियाँमा को होला ? निश्चय नै उहाँका पनि केही कमजोरी थिए । एउटा सफल उद्यमी र राजनीतिकर्मीका रुपमा उहाँसँग असन्तुष्टहरु पनि होलान् । तर पोखरालाई उजिल्याउन उहाँले गर्नु भएको यत्नको आलोकमा ती धुमिल छन् । 

उहाँ पछि राप्रपामा सक्रिय हुनुभयो र कांग्रेसमा प्रवेश गर्नुभयो । म लामो समयदेखि राजनीतिमा निष्क्रिय छु । 

सूर्यबहादुर केसीको निधनले पोखराले एउटा सफल उद्यमी र विकासप्रेमी नेता गुमाएको छ । उहाँसँग धेरै सम्झना छन् ।

(तीर्थ श्रेष्ठसँगको कुराकानीमा आधारित– तत्कालीन उपप्रधानपञ्च ०४३)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC