site stats
बाह्रखरी :: Baahrakhari
खेल
राखेप कर्मचारी थापालाई कोरोना संक्रमण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमााडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सामान्य लक्षण देखिएपछि थापाले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए । 

सोको रिपोर्ट पोजेटिभ आएको थापाले पुष्टि गरेका छन् । संक्रमण पुष्टि भएपछि थापाले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत आग्रह गरेका छन् । थापा कलंकीस्थित निवासमा ‘होम आइसोलेसन’ मा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १७:३१
प्रतिक्रिया दिनुहोस्