site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनस्वास्थ्यका उपाय बढी महत्त्वपूर्ण

कोरोनाभाइरसको संक्रमण सुरु भएसँगै विश्वमा जनस्वास्थ्य र अर्थतन्त्रमध्ये केलाई प्राथमिकता दिने भन्ने विवाद हुँदैआएको छ । कुनै देशको सरकारले एउटालाई र कुनै देशका सरकारले अर्कोलाई प्राथमिकता दिएको देखिन्छ । उदाहरणका लागि अमेरिकाको सरकारले जनस्वास्थ्यभन्दा देशको अर्थतन्त्र रोज्यो । फलस्वरुप ६ महिनापछि पनि संक्रमण र मृत्युका अमेरिका विश्वमै अगिल्लो स्थानमा छ । भारत र नेपालका सरकारले जनस्वास्थ्यलाई बढी प्रथमिकता दिए । जनस्वास्थ्यका उपाय संक्रमण रोक्न सुरुमा प्रभावकारी देखिए पनि दिगो भएनन् । त्यसमाथि अर्थतन्त्र पनि ओरालो लागेर जनताको गुजारमा समेत समस्या देखियो । 

यसैले जनस्वास्थ्य ठूलो कि अर्थतन्त्र भन्ने प्रश्न नै बेतुकको हुनपुग्यो । किनभने जीवन र अर्थतन्त्र दुवै एक अर्कासँग जोडिएका छन् । त्यसैले यी दुईको सन्तुलन भएमात्र भ्याक्सिन पत्ता नलगाएसम्म कम प्रभाव सहेर जनजीवन सहज हुन सक्छ । यो सन्तुलनको  हासिल गर्न जनस्वास्थ्यका विधिहरूको प्रमुख भूमिका हुन्छ । 

कोरोना संक्रमण नियन्त्रणका लागी जनस्वाथ्यका विधि 

Prabhu Bank
Agni Group
NIC Asia

व्यक्तिगत स्तरमा 

–साबुनपानी वा स्यानिटाइजरले पटकपटक हात धुने 

Global Ime bank

–अरू व्यक्तिसँग कम्तीमा पनि १  मिटरभन्दा बढीको दूरी राख्ने 

–घरबाट बाहिर निस्किँदा सधैँ मास्क लगाउने 

सामुदायिक स्तरमा

–भिडभाड नगर्ने 

–समुदायमा संक्रमण पहिचान र परीक्षण गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने 

सरकारी स्तरमा

–सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गर्ने 

–परीक्षणको पहुँच र दायरा बढाउने

–समुदायको मनोबल बढाउन समयसमयमा जनतासँग संवाद गर्ने र जनस्वास्थ्यका उपाय अपनाउन अनुरोध गर्ने

–भ्रम हटाउने र कोरोनासम्बन्धी नियम कानुन लागू गर्ने

जनस्वास्थ्यका उपाय लागतका तुलनामा लाभदायी हुन्छन् र देशको स्वास्थ्य सेवा प्रणालीमा पर्ने भार कम गर्न मद्दत पुग्छ । जापान, कोरिया, ताइवान, न्युजिल्यान्ड, डेनमार्क जस्ता मुलुकले जनस्वास्थ्य र अर्थतन्त्रबीच सन्तुलन बनाउन सकेका छन् । नेपाल, भारतमा ४ महिना जति पूर्ण बन्दाबन्दी रह्यो भने यी देशमा थोरै समयमात्र ।

तर, उनीहरूले बन्दाबन्दीकोे समय मा परीक्षणको प्रबन्ध मिलाएर त्यसको दाएरा बढाए । सरकार र जनताबीच सहयोग भयो । जनता र सरकारले जनस्वास्थ्यका उपाय अपनाउँदै विश्व स्वास्थ्य संगठनले भनेजस्तै नयाँ सामान्य (न्यु नर्मल) जीवन शैली अपनाए । त्यसैकारण अरू मुलुक कोभिड—१९ को संक्रमण र अर्थतन्त्रको ह्राससँग लडिरहेका छन् भने ती देशमा कम असर परेको छ । यस्तै जनस्वास्थ्यका उपायलाई प्राथमिकता दिएका युरोपेली मुलुकमा पनि जनजीवन सामान्य हुन थालेको छ ।

मास्क बारेमा तथ्यहरु 

मास्कले भाइरसलाई नाक र मुखबाट निस्किन रोकेर मद्दत गर्छ । अनुसन्धानकर्ताका अनुसार ८० प्रतिशत मानिसले मास्क लगाउने होे कडा बन्दाबन्दी भन्दा पनि बढी प्रभावकारीरूपमा कोरोना भाइरस फैलाउन रोक्न सक्छ । मास्क लगाउन सकारात्मक देखिएका देशमा कोरोनाको कारण मर्नेको संख्या कम पाइएकोे छ ।  

साबुन पानीले हात धुने  

साबुन पानीले हात धुदाँ वा स्यानिटाइर प्रयोग गर्दा हातमा रहेका कीटाणु मर्छन् र शरीरभित्र पुग्न पाउँदैनन् । हातले बेलाबेलामा मुख, नाक, आँखा छुने हामी सबैको बानी हुन्छ । त्यसकारण हात धुने र स्यानिटाइर प्रयोग गर्नाले किटाणुको संक्रमणको शृंखला रोक्न सकिन्छ । यसले रोग फैलिन नदिन मद्दत गर्छ ।

सामाजिक (भौतिक) दूरी 

विश्व स्वास्थ्य संगठनका अनुसार सामजिक दूरी भन्नाले अर्को व्यक्तिसँग कम्तीमा पनि ६ फिट वा २ मिटरको दूरी राख्ने र भिडभाड नगर्ने हो । एक मिटरभन्दा कमको दूरीमा बस्दा रोग लाग्ने जोखिम १२ प्रतिशत बढ्छ भने कम्तीमा पनि एक मिटर र सोभन्दा बढी दूरीमा २.६५ प्रतिशतले मात्र बढ्ने सम्भावना हुन्छ । 

सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) 

कुनै पनि संक्रिमत वा शङ्का लागेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाउने प्रक्रिया कन्ट्याक्ट ट्रेसिङ हो । अरू सरुवा रोगहरु टीबी, एचआईभी एड्स, इबोला, सार्स जस्ता रोग नियन्त्रणमा यो विधि प्रयोग हुदैँ आएको छ । यसले संक्रमण शृंखला टुटाउन मद्दत गर्छ । संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको समयमै पहिचान गरी परीक्षण गर्न सके संक्रमण फैलन नदिन र उपचारमा समेत सहयोग पुग्छ । ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अनुमानअनुसार कन्ट्याक्ट ट्रेसिङको संख्या थप्दा भाइरसको विस्तारमा १.२ बाट ०.८ सम्म घटाउन सक्ने उल्लेख छ । मोबाइल अपले ट्रेसिङको पहुँच जम्मा २० प्रतिशत रहे पनि यसले संक्रमण संख्या १७ प्रतिशतले घटाउन सकेको छ । पुरानो विधिको टे«सिङबाट २.५ प्रतिशतले मात्र संक्रमण घटाउन सकेको देखिन्छ । 

देशको अर्थतन्त्र बचाउन संक्रमणबाट हुने मृत्यु दर घटाउन बन्दाबन्दीभन्दा जनस्वास्थ्यका उपाय अपनाएर अगाडि बढ्नु बुद्धिमानी हुनेछ । कम्तीमा भ्याक्सिन नआउन्जेल जनजीवनमा कम असर पारेर संक्रमण रोक्न जनताको पनि ठूलो भूमिका हुने देखिन्छ ।

(जनस्वास्थ्यमा स्नातकोत्तर विद्यार्थी )
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement