देश

काठमाडौं । हिजो (बुधबार) बिहान गएको भूकम्पबाट धनकुटा र पर्वतमा धनमाल नष्ट भएको छ ।
धनकुटा नगरपालिका २ पैदले बस्ने पृथसिंह दाहालको कच्ची घर भूकम्पको कारण बुधबार बिहान ढलेर ४० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ । प्रहरीका अनुसार भूकम्पबाट घर ढल्दा अन्नपात, लत्ताकपडा र काठहरु समेत गरी उक्त रकमबराबरको धनमाल नष्ट भएको हो ।
यस्तै पर्वतको कुश्मा नगरपालिका १, पाङका नारायण सुवेदीको कच्ची घरको पछाडिको भित्ता छानोसहित भूकम्पको धक्काले भत्किएको छ । यसबाट करिब ५ लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । -प्रतिकात्मक तस्बिर
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७ १३:१०
प्रतिक्रिया दिनुहोस्