site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लिसंखुपाखरको ‘अध्यक्ष उद्यमशील विकास कार्यक्रम’मा नेपाल बैंकको साथ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लिसंखुपाखर गाउँपालिकाले सञ्चालन गर्न लागेको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रममा नेपाल बैंकले सहकार्य गरेको छ ।

कार्यक्रमले गाउँपालिकाका बासिन्दालाई व्यावसायिक कृषि, तथा पशुपन्छीमा आधारित उद्यम व्यवसाय, वन (जडीबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रवर्द्धनमा आधारित उद्यम व्यवसाय, उत्पादनमूलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामूलक उद्यम व्यवसायलगायत पहिचान गरिएका क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकलाई उद्यम व्यवसायमा आकर्षित गर्न सहयोग गरिने भएको छ । यस्तै गाउँपालिकाका बासिन्दालाई स्वरोजगार, व्यावसायिक एवं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान गरी गाँउपालिकाको विशेषतामा आधारित लघु, घरेलु, साना एवं मझौला व्यवसायको विकास एवं प्रवर्द्धनमा पनि सहयोग हुने बताइएको छ ।

सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालले हस्ताक्षर गरे ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्