site stats
बाह्रखरी :: Baahrakhari
देश
४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्‍ने बल्खुका ४ व्यापारी पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको बल्खुस्थित तरकारी बजारका चारजना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । आज बिहान मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले बल्खुलगायत विभिन्‍न तरकारी बजारको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्याजको मूल्य एकैदिन किलोमा ५० रुपैयाँले बढ्यो

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १२:४५
प्रतिक्रिया दिनुहोस्