site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोराना महामारीमा बाल अधिकार 

कोरोना भाइरसका कारण नेपालको अवस्था भयावह छ । कलकारखाना, उद्योग, व्यपार व्यवसाय, शैक्षिक संस्था ठप्प छन् । लामो समयदेखि शैक्षिक सस्था बन्द हुँदा बालबालिकाको वर्तमान र भविष्य नै अन्योलमा छ । शैक्षिक संस्था बन्द हुँदा बालबालिका घरमै खुम्चिएका छन् । विशेषगरी सहरी तथा सहरोन्मुख क्षेत्रका लाखौं बालबालिका गुम्सिएका भएका छन । स्कुल जान, पढ्न, खेल्न, साथिभाइसँग रमाइलो गर्न रुचाउने नानीहरु कोभिड—१९ का कारण कोठाभित्रै बस्न बाध्य छन् । समपर्क परिवारका सदस्यमा सीमित छ । ‘‘हे भगवान चाँडै विद्यालय खुलाइदेऊ, मम्मीभन्दा त म्याडम नै ठीक’ भन्ने सामाजिक संजालमा आएको एउटा उद्गारबाट घरमा बसिरहेका बालबालिका कति दिक्क भएका छन् भन्ने छनक पाइन्छ ।

कोरोनाले सबैलाई उतिकै तर्साएको छ । यसको चपेटामा निम्न वर्ग परेका छन् । हुनेखाने परिवारका बालबालिकालाई बन्दाबन्दी (लकडाउन)ले धेरै अप्ठेरो भएन होला तर हुँदाखाने परिवारका बालबालिकालाई यसले निकै सताएको छ । थुप्रै दम्पतीले जागिर गुमाएका छन् र त्यसको प्रत्यक्ष असर बालबालिकाको जीवनमा परेको छ । छोराछोरीको उज्ज्वल भविष्यका निम्ति जोहो गरेर राखेको पैसा बन्दाबन्दीको सुरुकै दिनमा सकियो तर बन्दाबन्दी खुलेन बरु थपिँदै गयो । ज्याला मजदुरी गरेर जीविका चलाउने बाबुआमा आज विनाकाम घरमै बस्न बाध्य छन्  । यसले गर्दा खान नपाएर बालबालिकामा कुपोषण हुने खतरा बढ्दो छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कतिपय बालबालिकाको त बाबुआमा दुवै संक्रमित भएर आइसोलेसनमा लगिएको छ । ती बालबालिका कसरी बसेका होलान् ? के खाँदै होलान् ?  यस्तो परिवारको बालबालिकाको पीडा कति कहालीलाग्दो होला ? बिरामी बालबालिकाले उपचार पाएका छैनन् । अझ ज्वरो आएको अवस्थामा त स्वास्थ्यकर्मी नजिकै पर्दैनन् । 
मागेर गुजारा चलाउने सडक बालबालिकाको अवस्था झन् कति कहालीलाग्दो होला ? आफुलाई बालअधिकारकर्मी भन्नेहरु महामारीको बेला कुन दुलोभित्र पसे ? 

चौवन्नां बाल दिवस मनाइसक्दा पनि देशमा बालधिकारको संरक्षण हुनसकेको छैन । बालदिवसको दिन बालअधिकारको संरक्षण गर्न वाचा गर्नेेहरु महामारीको यो कठिन समयमा कतै देखिँदैनन् । कि बालअधिकार नारामा मात्रै हो ?

Global Ime bank

हालको महामारीको अवस्थामा ४४ प्रतिशत जनसंख्या ओगटेका बालबालिकाका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरु, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाले बाल बचाऊ, संरक्षण, विकास र सहभागिताका क्षेत्रमा गरेका कार्यको पुनरावलोकन गर्नु जरुरी छ । सडक तथा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्धार, पुनस्र्थापनाजस्ता केही प्रयासलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर यस्ता कामहरुलाई स्थानीयस्तरसम्म सबैको अपनत्व हुने गरी अभ्यास गराउन आवश्यक छ । सकारात्मक प्रयास भए महामारीको चपेटामा परेका बालबालिकाका लागि असल अभिभावकीय जिम्मेवारी पूरा हुनसक्छ ।  

दैनिक हतारमा विद्यालय जानुपर्ने, धेरै पढ्नुपर्ने, गृहकार्य गर्नुपर्ने, भनेको बेला साथीभाइ भेट्न र रहर लागेअनुसार खेल्न पनि नपाइने समय अहिले छैन  । यसैले बालबालिकासँग बसेर परिवार, इष्टमित्रका विषयमा कुरा गर्ने, पुराना तस्बिर देखाएर आफन्त चिनाउने भूमिका परिवारका पाका सदस्यको हुनुपर्छ । यसैगरी करेसाबारीमा काम गर्नु, बोटबिरुवा चिनाउने, समान्य खनजोत गर्ने काममा पनि बालबालिकालाई लगाउन सकिन्छ  । यसबाहेक आफनो रीतिरिवाजअनुसारको संस्कार बुझाउने र वालबालिकालाई समाजिक परम्परा बुझ्ने काम पनि सघाउन सकिन्छ  । परिवारका सदस्यमा भएको गीत गाउने, खेल्ने वा अन्य सीप र कला बालबालिकालाई सिकाउन सकिन्छ  । साथै बालबालिकाको रुचिअनुसारका   सीप विकासमा पनि सहयोग गर्न सकिन्छ  । बालबालिकामा चित्र बनाउने, गीत कविता लेख्ने, गाउने , विभिन्न यन्त्र बनाउने रुचि जो हुन्छ  ।

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement