site stats
बाह्रखरी :: Baahrakhari
देश
गोंगबुमा सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान भएको छ ।

एक उच्च प्रहरी अधिकारीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

Argakhachi Cement Island Ad

ती अधिकारीले भने, “शवको सनाखत भएको छ । बाँकी अनुसन्धान जारी छ । अहिले विस्तृतमा भन्‍न सकिने अवस्था छैन । छिटै निष्कर्षमा पुग्छौं ।”

हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।

प्रतिकात्मक तस्बिर ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:३०
प्रतिक्रिया दिनुहोस्