site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काठमाडौंमा साढे १४ किलो नक्कली सुन र पेस्तोल फालेर भाग्‍ने तीनजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको कमलादीमा १५ किलो धातुमध्ये आधा किलो सुन, साढे १४ नक्कली सुन र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन् ।

तीनैजना पूर्वी-नवलरपासीबाट पक्राउ परेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा.६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीनजना छन् । उनीहरु (तीनजना) सँगै एकजना ट्याक्सी चालक पनि पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार ट्याक्सी चालक भने उपत्यका बाहिरबाट बिरामी लिएर काठमाडौं आएको र फर्किने क्रममा उनीहरुलाई भाडामा लगेको खुलेको छ । उनीहरु पूर्व नवलपरासीबाट भारततर्फ भाग्ने योजनामा थिए । पक्राउ परेका सबैलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०९:२०
प्रतिक्रिया दिनुहोस्