पाठेघरभित्र बच्चा नबसेर बाहिर बस्नुलाई एक्टोपिक प्रेग्नेन्स भनिन्छ । डिम्बबाहिनी नली ट्युबमा हुन्छ, त्यसको साइज फरक फरक हुन्छ । बच्चा पाठेघर बाहिर ट्युवमा पनि बस्छ र पेटभित्र पनि बस्छ । कमन भनेको ट्युवमा बस्छ । ९० प्रतिशत ट्युवमा बच्चा बस्ने सम्भावना हुन्छ तर त्यस्तो गर्भ एक–डेढ महिनामा नै फुट्छ । एन्टोपिक पनि ट्युवमा भएको ट्युवल एन्टोपिक ९० प्रतिशत हुन्छ भने एण्डोमिनल भन्छ । त्यो भनेको ट्युवभन्दा बाहिर पेटमा नै बस्छ । यो १.५ प्रतिशत हुन्छ । त्यस्तै बाँकी ०.५ प्रतिशत ओभरी कि पाठेघरको मुखको (सर्भिक्स) पार्टमा बस्छ । यो जति पाठेघरभित्र बस्नुपर्ने त्यो नभएर बाहिर नै बस्छ ।
ट्युव सानो हुन्छ, बच्चा बढ्दै गएपछि ठाउँ बढ्दैन । ठाउँ नहुँदा अनि फुट्छ । पेटमा नै बच्चा बस्यो भनेचाहिँ बच्चा ठूलो हुन पाउँछ । त्यो एकदमै थोरैको हुन्छ । यदि त्यस्तो बच्चा बस्यो भने जन्मिने चान्स १.५ प्रतिशत हुन्छ । तर सर्जरी गरेर मात्रै त्यो सफल हुन्छ । गर्भ बसेको छ भने बेलाबेलामा मेडिकल ट्रिटमेन्ट गर्नुपर्छ ।
लक्षण
कारण नै थाहा नभई त्यस्तो समस्या हुन्छ ।
बिरामीहरु डेढ महिनाजतिको समयमा महिनावारी रोकियो भनेर आउँछन्,
तल्लो पेट दुखेर, धेरै रगत बग्यो (ब्लिडिङ) भयो भनेर ।
कारण
इन्फेक्सन (संक्रमण) भयो भने स्मुथ बाटो नभएपछि शुक्रकिट जहाँ जानुपर्ने हो, त्यहाँ पुग्न वा जान पाउँदैन, त्यसले मुखमा नै बस्छ ।
इन्डोमेट्रियोसिस हुँदा पनि हुन्छ । त्यो समयमा ट्युव टाँसिएर नर्मल पोजिसनमा बस्दैन । त्यो बेला पनि बच्चा पाठेघरमा नबसेर अरु नै ठाउँमा बस्ने सम्भावना हुन्छ ।
पेट वा तल्लो पेटको अप्रेशन गरेको छ भने ट्युव टाँसिएको हुन्छ, नर्मल हुँदैन । त्यसैले गर्दा ट्युवमा नै बस्छ । ट्युवले जुन पाठेघरमा ल्याउनुपर्ने हो, त्यो मुभ गर्न सक्दैन ।
फुटेपछि के हुन्छ ?
बच्चा बसेर पनि फुटिसकेको रहेछ भने बेहोस हुने
कसैलाई चक्कर लाग्ने
बेला बेलामा फेन्ट हुने, बान्ता आउने
प्रेसर कम हुने
त्यो समयमा ब्लिडिङ भइराख्छ । इमर्जेन्सी अप्रेशन गरेर बचाउन सकिन्छ तर उपचार नभए बढी ब्लिडिङ भएर मृत्युसमेत हुन्छ ।
कसरी थाहा हुन्छ ?
महिनावारी रोकिएपछि सबैले एकपटक जचाउँछन्, त्यो समयमा वा सुरुमा नै अल्ट्रासाउन्ड गरेर बच्चा कहाँ बसेको छ, थाहा हुन्छ । त्यो माध्यमबाट थाहा हुन्छ र माथि उल्लेख गरिएको कारण देखा पर्यो भने पनि बच्चा पाठेघरमा नबसेको हुन सक्छ ।
पाठेघर बाहिर बस्ने कारण
फर्टिलायसन (गर्भाधान) हुने ट्युवमा बच्चा बस्छ । सुरुमा ट्युवबाट पाठेघरमा आउने हो । तर त्यो ट्युवबाट पाठेघरमा आउने बाटोमा कहीँ समस्या भाये भने त्यही ट्युवमा बस्छ ।
पाठेघर आउन नसकेर भित्रै ब्याक हुन्छ, त्यो समयमा पेटभित्र बच्चा बस्छ । पेटमा जाने २ खालको हुन्छ । ट्युवमा गर्भाधान हुने र पछि पाठेघरमा बस्नुको सट्टा व्याक फ्लो भएर पेटमा बस्ने हो । अर्को भनेको पेटमा नै गर्भाधान हुने र बस्ने हुन्छ ।
एकपटक एक्टोपिक भएको छ भने पछि पनि त्यस्तो हुने चान्स हुन्छ । तर एक पटक एक्टोपिक भयो भन्दैमा बच्चा नै पाउन सकिँदैन भन्ने होइन । यदि अप्रेशन नै गर्नुपरे पनि एउटा ट्युव हुन्छ । ट्युव र ओभरी दुईवटा हुने भएकाले ट्युव एउटा निकालेपनि बच्चा बस्छ ।
जटिलता
मुत्यु नै हुने
रगत चढाउनुपर्ने
इमर्जेन्सी अप्रेशन गर्नुपर्ने
अर्को पटक पनि एक्टोपिक हुने चान्स हुने
उपचार
लक्षणको जाँच गरेर, अल्ट्रासाउन्ड गरेर, विरामीलाई जाँचेर र ब्लडमा विटाएसिजी गरेर ।
एक्टोपिक भएको छ भने विटाएसिजी कम बढ्छ । गर्भवति हुँदा जति बढ्नुपर्ने हो, त्यो नबढ्ने हुन्छ तर बच्चा जति बढ्यो त्यति नै (विटाएसिजी) बढ्नुपर्छ ।
औषधिले सुकाएर, अप्रेशन गरेर, मेडिकल ट्रिटमेन्ट गरेर ।
अप्रेशन गर्दा ट्युवलाई प्रिजर्भ गर्ने गर्नुपर्छ । बच्चा पाउनको लागि ट्युव चाहिन्छ, २ तिर ट्युब हुन्छ । एउटा ट्युव बाँचेपनि बच्चा जन्मिने हुन्छ तर यदि फुटेको छैन भने मात्रै जोगाउन सकिन्छ । फुटिसकेको छ भने एउटा ट्युव जोगिँदैन ।
अप्रेशन दुई खालको हुन्छ । अप्रेशन भनेको पेट चिरेर र अर्को भनेको पेटमा प्वाल पारेर गर्ने शल्यक्रिया (दुर्विन ल्याप्रोस्कोपी) गरिन्छ । दुई खालकै उपचार विधि प्रयोग गर्न जुनसुकै समयमा हुँदैन । समय भयो र सबै कुराको सेटअप भयो भने त्यो गर्न सकिन्छ । ल्याप्रोस्कोपिले टेष्ट, ट्रिटमेन्ट र डायग्नोसिस गर्ने हुन्छ ।
(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा. बरालसँग बाह्रखरीकर्मी यसिमा महले गरेको कुराकानीमा आधारित)