site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना र नेपालमा यसको प्रभाव

कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले गत चैत्र ११ बाट  लकडाउनको आव्हान गरेको थियो | लकडाउनको करिब तीन महिना पार हुँदा पनि कोरोना भाइरस नियन्त्रण हुन सकेको छैन | यसलाई रोकथाम गर्न प्रभावकारी उपाय पनि अहिलेसम्म भेटिएको छैन | लकडाउनले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावको पूर्ण मूल्यांकन हुन भने बाँकी छ | 

गत अषाढ १ गते बाट लकडाउन अलि खुकुलो गरिएसंगै संक्रमणको सङ्ख्या ह्वात्तै बढेको छ | विदेशबाट नेपालीहरु फर्किने क्रम पनि जारिनै छ जसका कारण कोरोना संक्रमण को सङ्ख्या पनि दिनानुदिन बढिरहेको हुनसक्छ ।   विश्वको अर्थतन्त्र नै ओरालो लागेको छ | नेपाली अर्थतन्त्र त झन् विगतदेखि ओरालो लागेको थियो । कोरोना भाइरसका कारढा गम्भीर आर्थिक क्षति भएका एसियाली मुलुकमा नेपाल पनि पर्छ ।  यसबाट नेपालको अर्थतन्त्रमा ठूलै क्षति हुने देखिएको छ | 

गत वर्ष पनि नेपालको अर्थतन्त्र उत्साहवर्धक थएन । कोरोनापछि अर्थतन्त्रमा परेको प्रभाव यस वर्षको आर्थिक वृद्धि दरमा सीमित हुने छैन | आगामी वर्षहरूमा पनि यसको प्रभाव देखिनेछ । अर्थतन्त्रले पुन: गति हासिल गर्न लामो समय लाग्ने देखिन्छ |

Prabhu Bank
Agni Group
NIC Asia

उद्योग, कलकारखाना बिस्तारै खुल्दै गरे पनि पूर्णरूपमा गति नलिँदासम्म श्रमिकहरूको जीवन गुजारामा समस्या रहिरहनेछ | कोरोना संक्रमणपछि विश्वभरको पर्यटन उद्योग लगभग शून्यमा झरेको छ | महामारीका कारण अन्तर्राष्ट्रिय उडान ठप्प भएसँगै भ्रमण वर्ष स्थगित भयो | चालु अर्थिक वर्षका लागि सरकारले छुट्टाएको विकास खर्चको गति पनि सुस्त देखिएको थियो | त्यसमाथि पूंजीगत खर्च धेरै कम भएको छ | पूंजीगत खर्च नहुनु भनेको विकासका गतिविधि पनि नहुनु हो | 

विकास गतिविधि कम भएपछि अपेक्षित राजस्व संकलन हुँदैन । फलस्वरूप,  सरकार सञ्चालनका लागि स्रोत जुटाउन सकस भएको छ | महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सरकारले लएको राजस्व संकलनको लक्ष्य पनि पूरा नहुने देखिन्छ | 

Global Ime bank

रेमिटेन्सका कारणा पनि नेपालको अर्थतन्त्रमा धक्का पुगेको छ | महामारीपछि वैदेशिक रोजगारमा जान चाहनेहरू जान पाएका छैनन् | वैदेशिक रोजगारमा भएकाहरूले पनि रोजगारी गुमाएका छैनन् | अन्तराष्ट्रिय श्रम संगठनका अनुसार खाडीमा मात्र ५० लाख रोजगार प्रभावित हुनेछ | यसमा नेपाली कति पर्ने हुन् भन्न सकिने अवस्था छैन | गत वर्षको सात महिनामा ०.५ प्रतिशतले रेमिटेन्स घटेको राष्ट्रबैंकको तथ्यांक छ | रेमिटेन्स घट्दा थुप्रै परिवार प्रभावित भएको हुनुपर्छ । 

यसबीच मूल्य वृद्धिमा नियन्त्रण हुन नसक्दा सर्वसाधारण महंगीको मारमा परेका छन् । कालोबजारी र महँगी मौलाउँदै गएको छ | बन्दाबन्दीलाई देखारएर व्यापारीले सामानको मनलाग्दी भाउ निर्धारण गरेका छन् | तरकारीजस्तो दैनिक उपभोग्य वस्तुको मूल्यसमेत पसलपिच्छे फरक छ | कृत्रिम अभाव देखाएर सामानको मूल्य बढाइएको देखिन्छ । 

कोभिड -१९ कै कारण विश्वभरका बालबालिका शिक्षाको अधिकारबाट धेरै हदसम्म वञ्चित भएका छन् | उनीहरूको पढाइ अस्तव्यस्त भइरहेको छ | यो वर्षको पढाइ के होला ? कक्षा संचालन कहिलेबाट होला ? यस्ता अनेक प्रश्नले मानसिक यातना दिइरहेको छ |

क्वारन्टिनमा बसेका सबैको पीसीआर टेस्ट तत्काल र अनिवार्य रूपमा नहुँदा, उपयुक्त सावधानी र शारीरिक दूरी कायम गर्न नसक्दा एक व्यक्तिबाट अर्कोमा सर्न थालेको छ । संक्रमितको उपचार नभएकै अवस्थामा मृत्यु हुनु दुःखद अवस्था हो | सामान्य व्यवस्थापनको अभावमा सेवा सुविधा हुँदाहुँदै समयमै कार्यन्वयन नहुँदा कोभिड-१९ संक्रमितको मृत्युपछि मात्र परीक्षण गरिनु लज्जास्पद हो | यसतर्फ सम्बन्धित सरोकारवालाले कमजोरीको जिम्मेवारी लिई अब यस्तो हुन नदिन तत्काल व्यवस्थापन गर्न जरुरी छ | नेपालले यस संक्रमण रोकथाममा समयमै पहिचान, परीक्षण, आइसोलेसन, उपचार र सम्पर्कमा आएका व्यक्तिको पहिचानलाई व्यवस्थितरूपमा अगाडि बढाउनुपर्छ ।   

कोरोना भाइरसले सम्पूर्ण समाजको क्षेत्रलाई प्रभावित पारेको छ | तरकारी बजारदेखि लिएर अन्य संक्रमणको सम्भावना भएका स्थानमा संघीय सरकारले प्रदेश सरकारलाई आवश्यकताअनुसार सिलबन्दी गर्ने आदेश दिइसकेको छ | फलस्वरूप, धनीको सम्पति घट्ने र गरिबको चुल्हो निभ्ने भएको छ । यस्तो अवस्थामा सरकारले विभिन्न सहायता कार्यक्रम ल्याउनुपर्छ । यसका लागि  स्वास्थ्यको ख्याल गरेर घरमै बसी सीपको काम गर्न मिल्नेजस्ता उद्यम तथा कृषि क्षेत्रलाई विशेषा प्रोत्साहन गर्न जरुरी छ | 
        

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement