site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रोध भाइरसको नियन्त्रण

चीन र भारतको बीचमा रहेको सानो हिमाली राजतन्त्र भुटान पर्यटकको केन्द्रमात्र होइन । यो देशले कुल राष्ट्रिय खुसी (ग्रस नेसनल ह्यापिनेस)को सुरु गर्‍यो र यस सूचकले अन्य देशले आर्थिक अवस्था देखाउन प्रयोग गर्ने कुल राष्ट्रिय आयभन्दा सही र व्यापक अर्थ राख्ने भुटानको दाबी छ ।

परन्तु, कोभिड–१९ महामारीले संसारभर बेरोजगारी वृद्धि गर्ने जुन घन्टी बजाएको छ त्यसले गर्दा अब कुल राष्ट्रिय क्रोध (ग्रस नेसनल एन्गर) नामक तेस्रो सूचक पनि बनाउनुपर्ने देखिन्छ । जसरी पृथ्वीको कम्पन मापन गर्न रिक्टर स्केलको प्रयोग गरिन्छ त्यसैगरी मानिसभित्रको क्रोधको कम्पन मापन गर्ने सूचक किन नबनाउने ? क्रोध कम्पन मापन गर्न सकियो भने सरकारले जनताको क्रोध भड्किनुभन्दा पहिले कुनै निर्णय लिनसक्छ । उन्नाइसौं शताब्दीका इटलीका राजनेता क्यामिलो क्याभोरले भनेजस्तै – “समयमै गरिएको सुधारले विद्रोहको भावना निकै कम गर्नसक्छ ।”

लाग्छ, भारतीय निबन्धकार पन्कज मिश्राको २०१७ को पुस्तक “एज अफ एन्गर” हाम्रो दिमागमा पसेको छ । तर, क्रोध दक्षिणी गोलाद्र्धको चरित्रमात्र रहेन, यो अब विश्वव्यापी बनिसकेको छ । अमेरिकामा प्रहरी नियन्त्रणमा परिसकेका निहत्था जर्ज फ्लोइडलाई क्रूरतापूर्वक मारेको र अरु तीन प्रहरी केही नगरी संवेदनहीन दर्शक बनेको घटनाले डरलाग्दो विरोधको रुप लिएको छ । अमेरिकाको पचासै राष्ट्रमा अत्यन्त क्रुद्ध जनसमूह अब संस्थागतरुपमै  जातीय  अधिकारको यस्तो दुरुपयोग र यस्तो अन्यायको निरन्तरता सहन चाहँदैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महामारीको अचानक आउनसक्ने दोस्रो लहरको जोखिमलाई थाती राखेर संसारका धेरै देश महामारीको उच्चतम बिन्दुबाट बिस्तारै ओर्लँदै छन् । तर, सामाजिक, आर्थिक तथा राजनीतिक क्रोधको उच्चतम बिन्दु अझै देखिनै छ र यस्तो अवस्थामा फ्रान्सजस्तो देश अरुभन्दा अत्यन्त जोखिममा देखिन्छन् ।

एउटै मान्छेमा शक्तिको केन्द्रीकरण जति बढ्दै जान्छ खतरा पनि उत्तिनै बढछ । उदाहरणका लागि संयुक्त अधिराज्य बेलायतमा महारानीको प्रतीकात्मक शक्ति र प्रधानमन्त्रीले प्रयोग गर्ने यथार्थ शक्तिबीच विभेद छ । तर, यसविपरित फ्रान्समा दुवै शक्ति राष्ट्रपतिमा निहित हुन्छ । यसले गर्दा फ्रान्सका राष्ट्रपति शक्तिशाली त हुन्छन् तर त्यस बापत् जोखिममा पनि हुन्छन् । 

Global Ime bank

अझ भन्नुपर्दा, जति राज्य र यसका प्रतिनिधिप्रतिको विगतको नकारात्मकता थपिन्छ (फ्रान्सको सन्दर्भमा भन्दा ‘यलो भेस्ट मुभमेन्ट’) त्यसबेला डर र अपमानको नतिजा क्रोधमा बदलिन्छ । 

कोभिड–१९ को जमानामा क्रोधको प्राथमिक स्रोत संक्रमण बढ्ने संभावनामा देखिएको असमानता हो । हो, सबैको नजरमा वृद्ध उमेरको व्यक्तिमा यसको असर डरलाग्दो हुन्छ भन्ने सोच छ, जुन सही पनि हो । तर, जब सरकारमा भएका तथा तुलनात्मकरुपमा सुरक्षित बसेका व्यक्तिहरू संक्रमणको खतरामा भएका व्यक्तिलाई धेरै डराउनु पर्दैन भन्छन् तब तिनको इमान र क्षमतामा प्रश्न उठ्छ । अनि रोष बढ्छ । 

फ्रान्समा अहिले भइरहेको “मास्कको विवाद”ले यस विषयको सशक्त चित्रण गर्छ । कसरी घरमै बसेर टेबलमा काम गर्ने एक व्यक्ति भौतिकरुपमा अगाडि बसेर काम गर्ने व्यक्तिलाई रोगसँग बढी डराएको भन्छन् ? केही धनी र शक्तिशाली व्यक्तिमा पनि कोभिड–१९ सरेको र केहीको मृत्युपनि भएको छ । तथापि, ती व्यक्तिमा न्यायिक सोचको प्रादुर्भाव भएको छैन । 

अहिलेजस्तो अपवादपूर्ण समयमा जनतालाई काममा बढी समय देऊ भन्नु आफैँमा लज्जाजनक सुनिन्छ । सन् १९९८ मा एसियामा देखिएको भयंकर आर्थिक र वित्तीय मन्दीको समयमा दक्षिण कोरियाली कामदारले पहिलेभन्दा धेरै घन्टा काम गरे (जुनबेला फ्रान्स भने साताको ३५ घन्टामात्रै काम गर्ने प्रक्रियामा जाँदै थियो) । तर, आपसी अविश्वास र असमान प्रतिबद्धताको समयमा केही कामदारलाई मात्र धेरै काम गराउन गाह्रो हुन्छ । 

त्यस्तै, सामूहिक जिम्मेवारीबाट काम हुन्छ भन्नुपनि त्यतिकै प्रत्युदपादक हुनजान्छ । किनभने सबैको भविष्य एक समान छैन र आपसी भाइचारा पनि अत्यन्तै दूर्बल भएको अवस्था छ । जनताको रोष महामारीभन्दा पुरानै भएको अवस्थामा असमझदारी झन् बढ्न गएको छ । 

साँच्चै, अहिलेको क्रोधको दोस्रो प्रमुख कारण भनेको जनताको रोष र डरको संयुक्त असर हो र त्यसमा आजको रिस थपिएपछि त्यसले हिजोको खाटा बसिसकेको आवेशको घाउ उधिनेको छ । डर र अपमानले थिचिएको व्यक्तिलाई अत्यन्त क्रोधित हुने अवस्था आउन गाह्रो हुँदैन ।

तर, अर्कोतिर खुसी भने सधैँ अथ्र्याउन सकिँदैन । कतिपय अवस्थामा यो प्राकृतिक नै हुन्छ र कतिपय अवस्थामा व्यक्तिको निजी गुणमा भरपर्छ (तर धनी र स्वस्थ्य व्यक्ति खुसी हुन सहज हुनेमा भने शंका छैन ) ।

रिस भने अथ्र्याउन सकिनेमात्र होइन, यसले बलिको बोका पनि खोज्छ । कोरोनाभाइरसकै उदाहरण हेरौँ, यो केहीमा टाँसिन चाहन्छ र कतिपय राजनीतिक नेता अरूभन्दा बढी जोखिममा देखिन्छन् । 

बेलायत र फ्रान्स यस विषयमा रोचक तुलना हुनसक्छन् । धेरै बेलायती जनताको विचारमा प्रधानमन्त्री बोरिस जोन्सनले महामारीलाई उपयुक्त ढंगले व्यवस्थापन गर्न सकेनन् तैपनि कतिपयले उनलाई अझै मन पराउँछन् । जोन्सन आफैँ संक्रमित भएरमात्रै मन पराइएको होइन ।

हुनत, आफँैमा अन्यायपूर्ण होला तर सत्य हो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले बढो गाह्रोसँग बुझे कि जनरोष उत्पन्न भएपछि तर्कको कुनै स्थान हुँदैन । (वास्तवमा जोन्सनको समर्थन पनि घटेको छ किनभने उनले आफ्ना खास सल्लाहकार डोमिनिक कमिंग्सलाई जागीरबाट निकालेनन् । ती व्यक्तिले लकडाउनको उल्लंघन गर्दै पूरै देश घुमेकोमा मतदाता रिसाएका थिए ।)

कोभिड–१९का कारण देखिएको त्रासको वातावरण अब यो रोगको भ्याक्सिन पत्तो नलागुन्जेल रहन्छ र अब क्रोधको पारो बिस्तारै बढ्दैछ । यस्तो अवस्थामा सरकार र जनताबीचको वातावरणमा एउटै विषयले अलि शीतल बनायो । त्यो भनेको करमा छुट र केही आर्थिक सुविधाको प्याकेज हो ।

महामारीको पहिलो चरण प्रचारवादी (पपुलिस्ट)का लागि खराब रह्यो । किनभने, त्यस्ता नेता भएको देशमा भाइरसको प्रभाव सबैभन्दा कडा भयो । तर, क्रोधको बढ्दो पारो समयमै सफलतापूर्वक सम्बोधन गर्न सकिएन भने दोस्रो आर्थिक चरणले क्रोधको पुनरागमन गराउन सक्छ । 

(विशेष सल्लाहकार, इन्स्टिच्युट मोगेन, पेरिस, फ्रान्स ।) 
Copyright: Project Syndicate, 2020.


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement