site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना कहर : ठूला व्यवसायीलाई सकस, सानालाई अवसर 

विश्वव्यापी कोरोना संक्रमणका कारण नेपालमा बन्दाबन्दी (लकडाउन) भएको तीन महिना पुग्ने बेला भइसक्यो । स्वास्थ्य सेवा, खाद्यान्न विक्री, खेतीपाती, विकास निर्माणका केही कामबाहेक सबै ठप्प छन् । देशको अर्थतन्त्रमा योगदान दिने उद्योग कलकारखानालगायतका व्यवसायमा यसको असर व्यापक रुपमा परेको छ । अझ यसको असर बिस्तारै थप देखिँदै जानेछ ।

यसबाट रोजगारी, राजस्व, उत्पादन, आपूर्तिलगायतमा प्रत्यक्ष असर परिसकेको छ भने अप्रत्यक्ष प्रभाव पनि पर्न थालेको छ । विशेष गरेर कोरोनाको असर संगठितरुपमा संचालनमा आएका ठूला व्यवसायमा परेको छ जसले धेरै मात्रामा राजस्व तिर्नुका साथै ठूलो संख्यामा रोजगारी पनि दिएका थिए । त्यस्ता व्यवसायको प्रभाव अर्थतन्त्रमा प्रत्यक्ष रुपमा देखिन्छ । बन्दाबन्दी (लकडाउन)का कारण व्यवसाय ठप्प भए पनि कर्मचारीलाई तलब दिनुपर्ने, ब्याज तिर्न बैंकबाट ताकेता आएको, सामानहरुको आपूर्ति ठप्प भएकोलगायतका कारणले ठूला व्यवसाय निरन्तर मारमा छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

हाल खाद्यान्न र स्वास्थ्य क्षेत्रबाहेकका सबै उद्योगहरु शिथिल छन् । त्यस्ता व्यवसायीहरु कहिले लकडाउन खुकुलो होला र व्यवसाय सहज होला भन्ने पर्खाइमा छन् । लकडाउनको एक दिनको  समय पनि उनीहरुका लागि  वर्षौंजस्तोे हुन्छ । लामो समयदेखिको व्यवसायमा लाखौं, करोडाैं रुपियांँको लगानी त्यसमाथि बैंकको ब्याज, किस्ता, स्टाफ, कर्मचारीको व्यवस्थापन, बन्द भए पनि दैनिक चालु खर्चको पहाडले त थिचिरहेको छ । भोलि के हुन्छ भन्ने अवस्था पनि अनिश्चित नै छ । यतिबेला  साना खुद्रे व्यवसाय, मध्यमस्तरका व्यापारीहरुले विकल्प रोजीसकेका छन् । विकल्प नरोजेकाले पनि खोज्ने तयारीमा छन् । 

यस्तो महामारीको असर विश्वले हिजोकहिल्यै भोगेको थिएन । प्लेग, औलो, स्वाइन फ्लु, सार्सजस्ता केही रोगहरु महामारीका रूपमा आए पनि एक्काइसौं शताब्दीमा तिनले यस्तो विध्वंस गर्न पाएनन् । कोरोना भाइरस निकै शक्तिशाली भइदियो । विश्वका प्रभावशाली तथा शक्ति राष्ट्रहरु समेत यसको चपेटामा परे । विश्वमा कतिपय पूर्वराष्ट्रपति, पूर्वमन्त्री, मन्त्री, धनाढ्य व्यक्तिले कोरोनाकै कारण मृत्युवरण गर्नुपर्यो । कोरोनाका अगाडि उनीहरुको केही सीप लागेन ।  विश्वकै इतिहासमा यसरी कुनै भाइरसका कारण यति धेरै लामो समय सारा संयन्त्र ठप्प भएको पनि यो पहिलो पटक हो । यसले मानवीय क्षति त पुर्यायो नै आर्थिक क्षेत्रलाई पनि ध्वस्त बनाइदियो । थलिएको विश्वको अर्थतन्त्र उठ्न अब वर्षौं लाग्ने निश्चित छ । 

Global Ime bank

समपत्तिको आडमा हैकम चलाउने धनाढ्य, पुँजीपति, उद्योगपति पनि कोरोनाको कहरका कारण हार मान्न थालेका छन् । उनीहरुलाई आफ्नो उद्योग धन्दा, व्यवसाय  निल्नु न ओकल्नु भएको छ । न त उनीहरु सडकमा आएर अन्य ससना व्यवसाय गर्न सक्छन् नत जादूको छडी घुमाएर उकासिनै सक्छन् । लकडाउन खकुलो भए पनि पहिलेको अवस्थामा आउन उनीहरुले वर्षौं कुनुपर्ने हुनसक्छ ।

यस्तो विषम परिस्थितिले कतिपय साना व्यवसायलाई भने खासै प्रभाव पार्न नसकेको वा कतिपयलाई त झन् राम्रो अवसर दिएको पनि देखिएको छ । ठूलो व्यवसायको ठूलै खर्च, ठूलै कारोबार र ठूलै आम्दानी र ठूलै चिन्ता हुन्छ भने साना व्यवसायीको सानै खर्च, सानै कारोबार, सानै आम्दानी र चिन्ता पनि कम नै हुन्छ । 

मध्यम तथा निम्न वर्गका लागि यो कहर क्षणिक चिन्ता र संर्घष भए पनि उनीहरुलाई आफ्नो परिवार पाल्न त्यति चिन्ता छैन । ठेला, डोका, रिक्सामा तरकारी र फलफूल डुलाए पनि उनीहरुको पेट सजिलै भरिन्छ । आफ्नै करेसाबारी गोडमेल गरे पनि केही दिनको लागि अनाज फलाउन सक्छन । उनीहरुले आफूलाई खुसी तुल्याउन सक्छन् । परिवारलाई सुख दिन सक्छन् । उनीहरुको लागि विकल्पका बाटो  धेरै छन् । तर ठूला व्यवसायीको लागि विकल्प खोज्न त्यति सजिलो छैन । 

यस्तो महामारी वर्षैपिच्छे  नयांँ नयाँ रुप लिएर नआउला पनि भन्न सकिँदैन । यसअघि पनि पूर्वतयारी कसैले गरेका थिएनन् । अर्थतन्त्र नै सखाप पार्ने गरी आएको यो महामारीले अझै विश्वलाई कति गिजोल्ने हो अनुमान गर्न पनि गाह्रो छ । त्यसैले अब हरेक महामारीलाई हरेक चुनौतीलाई एउटा पाठको रुपमा लिन नसके विश्वका मै हुंँ भन्ने व्यक्तिका लागि पनि बांँच्नलाई सकस नै पर्नेछ । यस्तो अवस्थामा सरकारले ठूला व्यवसायीहरुलाई सक्दो सहुलियतको घोषणा गरी उनीहरुलाई धराशायी हुनबाट जोगाउनु पर्छ भने साना उद्यमीहरुलाई पनि फस्टाउन मौका दिनु जरुरी छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement