site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीलाई चिठी– एकपटक त कवि मनले जनतालाई सम्झनुस् ! 

प्रिय प्रधानमन्त्री जी

यसपटक चिठी लेख्ने मन थिएन । यसभन्दा अगाडि कोरोना कहरकै बारेमा प्रधानमन्त्रीलाई तीन ओटा चिठी लेखिसकेको थिएँ। सुनेको छु तपाईँ ट्वीटर तथा अन्य सामाजिक संजालमा धेरै सक्रिय हुनुहुन्छ । तपाईँले कतै भन्नु भएको थियो - "यस्तो बिरामी प्रधानमन्त्री अठार घन्टा खटेर काम कसरी गर्छ भनेर सोच्न पनि सकिन्छ नि ।" अहिले त त्यसै पनि बन्दाबन्दी छ । निश्चय नै तपाईँले सूचना र बौद्धिक प्रणालीको भरपूर फाइदा लिनुभएकै होला । बौद्धिक विलासमा रमाउने तपाईँका कति सल्लाहकारहरू पनि होलान् । उनीहरूले पनि पढ्लान र तपाईँलाई भन्लान् कि !

तपाईँले धेरैपटक सम्बोधन गर्नुभयो हामी जनताका नाममा । पछिल्ला सम्बोधनहरू मलाई पटक्कै मन परेनन् । तपाईँले सम्बोधन नगरेकै बेस थियो । तीन दिनपछि गणतन्त्र दिवस भएका बेलामा तपाईँले सम्बोधन गरिदिनु कति उपयुक्त भयोहोला ? फेरि गणतन्त्र दिवसमा तपाईँको दुई पेज लामो वक्तव्य आयो । यस्ता कतिपय कुराहरू अगाडि नै लेखेको थिएँ । बरू तपाईँ अन्य कतिपय देशमा जस्तै कोरोना केन्द्रित भएर कम्तीमा सातामा एकदिन प्रेसलाई जानकारी दिने गर्नुस् । केही गर्न नसके न्यु योर्कका गभर्नर एन्डुय्रु क्योमो रोए जसरी रोएर पनि जनताको मन जित्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मलाई त सुरूमा लागेको थियो तपाईँले विषय विज्ञलाई (पार्टीको आबद्धता नहेरी) समेटेर कुनै संयन्त्र बनाउनु हुन्छ अथवा निकम्मा मन्त्री नै परिवर्तन गर्नुहुन्छ ।

तपाईले त उल्टै पत्रकारलाई नै "यस्तो अभ्यास संसारमा कहाँ छ ?" भनेर प्रतिप्रश्न गर्नुभएको थियो एउटा अन्तर्वार्तामा । त्यो अलि अगाडिकै कुरा । अहिले परिस्थिति धेरै चुनौतीपूर्ण बनिसकेको छ । अझै यस्तो प्रयास गर्न भने नसकिने हैन । निष्पक्ष र निष्कलंक जनताले आशा भरोसा गरेका मान्छेहरू यो देशमा अझै धेरै नै छन् । आवश्यक परेमा तिनहको नामै किट्न पनि सकिन्छ । तपाईलाई पनि थाहा हुनुपर्छ ।

Global Ime bank

कम्तीमा भूमिकाविहीन भएर रोइलो गरिरहेका अन्य पार्टीलाई पनि कुनै भूमिकामा सहभागी गराउँदा जनतामा पनि केही अपेक्षा जाग्थ्यो होला । आखिर सबै नेपाली नै त हुन् । हो, तपाईँ वा तपाईँका निकटस्थहरूले प्रतिप्रश्न गर्न सक्नुहुन्छ - ऊनीहरू भएका भए यस्तो गर्थे त ?

राजनेता हुने अवसर सबैले कहाँ चिन्न सक्छन् ! कसैको लागि यस्तो समय नै कहिल्यै बनिदिँदैन। कसैले सत्ता र शक्तिको उन्मादमा अवसरलाई हेक्का नै राख्दैनन् । कतिपयलाई त यस्ता कुरासँग मतलबै पनि नहुन सक्छ । जस्तो हाम्रो देशमा प्रायः हुने गर्छ । जे होस्, आजका जनता देशको कार्यकारी प्रमुखसँग कम्तीमा संकटको बेला यस्तो अपेक्षा राख्छन् ।

प्रधानमन्त्री जी, अहिलेका तपाईँका मन्त्रीहरूले जनतामा उत्साह भर्ने काम गरेनन् । स्वास्थमन्त्री सुरुमै विवादित बने । त्यसपछि उनी कसैले नरूचाइएको अनुहार बन्न पुगेका छन् । कम्तीमा स्वास्थ मन्त्रालयको नियमित सञ्चारमा यी मन्त्री आउने र जनतासँग एकाकार हुने प्रयास गर्नुपर्थ्यो । उल्टै कस्तो कुरा सुनिएको छ भने उनी शिक्षण अस्पताल महाराजगञ्जमा केही दिनअगाडि आफ्ना एक बिरामी आफन्त भेट्न गएका रहेछन् । एक दुई दिनपछि ती बिरामीलाई कोरोना संक्रमण पुष्टि भएछ । त्यसपछि अहिले उनी होम क्वारेन्टाइनमा छन् रे पन्ध्र दिनको लागि । अचम्म त यस अर्थमा लाग्यो - उनी क्वारेन्टाइनमा बस्ने भएपछि कम्तीमा काठमाडौंमै उपचाररत कोरोना संक्रमित बिरामीलाई भेटेर यसो सान्त्वनासम्म दिएको समाचार प्रसारण गराएर बसेको भए पनि हुने नि ! 

अर्का मन्त्री छन् - कहलिएका विषय विज्ञ अर्थमन्त्री । प्रधानमन्त्रीले पनि ज्यादै मन पराएको मन्त्री रे ! म अर्थतन्त्रका धेरै कुरा त बुझ्दिन तर व्यवस्थापनको विद्यार्थी भएकाले यिनले कम्तीमा यति चाहिँ गर्नुपर्थ्यो भन्ने थोरै थाहा पाउँछु ।

यो समय सारा पूँजीवादी विश्व जनतालाई सहायता बाँडिरहेको छ। यी समाजवादी भनिएका अर्थमन्त्री भने रोजगारी सृजना गर्छु भन्दै ठूला व्यापारी पोस्ने बजेट ल्याइरहेका छन् । भन्छन् - "बाजी मार्न दुई कदम पछाडि हटेको हुँ ।" को सँग ? के सँग ? बाजी मार्न खोजिएको हो बुझिएको छैन ।  हामीले बुझेको आजको दिनमा जनतालाई खाद्यान्न किन्न पैसा चाहिएको छ । बरू, त्यो पैसा कसरी खर्च गर्ने र देशबाहिर जानबाट कसरी रोक्ने ? नियमहरू बनाउन सकिन्छ । त्यसको लागि जनतालाई सिकाउन सकिन्छ । देशभित्रै जति पैसा चल्यो अर्थतन्त्र त्यति चलायमान हुन्छ । यो कुरा मन्त्रीले नबुझेको भन्न मिल्छ र ?  हिजोको दिनमा अन्तर्राष्ट्रिय दातृ संस्थाको परामर्शदाता हो विश्व बैंक, एडीबी आदिको । राष्ट्र बैकको कर्मचारी र त्यसपछि गभर्नर हो । के निमुखा र पीडित जनतालाई बेवास्ता गरेर बजेट बनाऊन कसैले  निर्देशन गरेको हो उहाँलाई ? वा महत्त्वकांक्षा र सनक हो ?

कृषिमा किसानहरूको लागि उत्पादनमा आधारित पुरस्कार प्रणालीको घोषणा गरिएला भन्ने सोचेको थिएँ । तर गरिएन । अर्थमन्त्रीले बजेट पढिरहँदा कृषिमन्त्रीको अनुहार पढ्ने कोसिस गरेको थिएँ । बिचरा विद्रोह गरौँ बल्लबल्ल पाएको मन्त्री पद जान्छ । मन्त्री हुनुअगाडि धेरैका भरोसाका व्यक्ति कृषिमन्त्री अहिले आफैँलाई मारेर हराएजस्ता भएका छन् ।

प्रधानमन्त्री जी, नेपालमा सबैभन्दा धेरै राष्ट्रियताका बारेमा गरिखाने मजदुर र किसानलाई थाहा छ । ऊनीहरू बोलेर देखाउँदैनन् तर काम र व्यवहारले देशको माया गर्छन् । हामीले किसानलाई सोध्नु पर्छ माटोको माया कति हुन्छ भनेर ? मजदुरलाई सोध्नु पर्छ पसिनाको मोल कति हुन्छ भनेर ? गाउँमा बस्नेहरूलाई हेर्नुपर्छ संस्कार, रीतिरिवाज, चाडपर्व, परम्परा र भाषाको माया कस्तो हुन्छ भनेर ? राष्ट्रियता बुझ्न ढुंगामाटोमा खेल्नु पर्छ । पाखापखेराहमा नाच्नुपर्छ। के तपाईँ हामीलाई थाहा छैन र सम्भ्रान्तहरूको देशमा हाम्रा कैयौं हुनेखानेहरूका राष्ट्रियता शरणार्थी शिविरमा कति तुच्छ भएर च्यातिन्छन् भनेर ? विश्वव्यापीकरणको बहानामा सम्पन मुलुकहरूमा राष्ट्रियता बेच्न जहिले पनि तम्तयार हुनेहरूलाई हैन साँच्चिकै आफ्नै कुनाकन्दरामा राष्ट्रियता फलाएर देश बचाउनेहलाई चिन्नुपर्छ । माया गर्नुपर्छ ।शासकले तिनलाई पो सल्लाहकार बनाउनुपर्छ । तपाईहरूले उनीहरूलाई बेवास्ता गरेको त हैन ?

तपाई कविता , कथा र संस्मरण लेख्ने प्रधानमन्त्री हुनुहुन्छ । तपाईँ भावलाई शब्दमा खेलाउन जान्ने प्रधानमन्त्री हुनुहुन्छ । कल्पना गर्नुहुन्छ । भन्नुहुन्छ- "अब मूर्छित भएका सपनाहरू ब्युँझिदै छन्" । साच्चिकै यो मूर्छनामा अब एऊटा सानो सम्बोधन गरिदिनुस् । लामो  पर्दैन । २-४ मिनेटमा कुरा सिद्धिन्छ । कम्तीमा हामी जनतालाई यति भनिदिनुस् :
१. दसलाख विपन्न परिवारलाई तत्कालका लागि प्रतिपरिवार  दस हजार रूपियाँ दिने घोषणा गर्छु ( जम्मा खर्च: दस अर्ब हुन्छ ) ।

२. बैंक खाता नभएका परिवार सबैको निशुल्क बैंक खाता तुरुन्त खोलिदिन सबै बैंकलाई निर्देशन गर्छु ।

३. कोरोना संक्रमितहरूको निशुल्क उपचार गरिनेछ । सरकारी अस्पतालले नभ्याए निजी अस्पतालमा व्यवस्था गरिनेछ ।

४. कोरोना संक्रमित भएर मृत्यु भएमा प्रति मृतकको परिवारलाई रू एक लाख दिइनेछ ।

५. रेल, पानी जहाज, संसद् विकास कोष आदिमा छुट्याइएको रकम यो सालको लागि खारेज गरिएको छ । यी सबै रकममाथि भनिएका बुँदामा खर्च गरिनेछ । रकम नपुग भएमा मन्त्रीहरू, संघीय र प्रदेश सासंदहरूको तलब-भत्ता र कर्मचारीको तलब आदि कट्टा गरेर खर्च गरिनेछ ( नपुग्ने त कुरै छैन तैपनि ) ।

उपप्राध्यापक–त्रिभुवन विश्वविद्यालय

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय