site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गड्डाचौकीबाट नेपाली मजदुर भित्रिन सुरु, व्यवसायी र पत्रकारको पहलमा खाना खुवाइँदै

काठमाडौं । पश्चिमी सीमानाका गड्डाचौकीबाट सोमबारबाट स्थानीय प्रशासनले भारतबाट घर फर्किएका नेपालीलाई प्रवेश खुला गरेको छ ।

छिमेकी मुलुक भारतबाट कोरोना भाइरसको त्रासका कारण घर फर्किने नेपाली लुकिछिपी जथाभावी भित्रिन थालेपछि स्थानीय प्रशासनले सोमबारबाट गड्डाचौकीबाट प्रवेश खुला गरेको हो । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले विभिन्न सीमा नाकाबाट नेपालीहरू भित्रिँदा कोरोना जोखिम बढेको भन्दै गड्डाचौकी नाकाबाट व्यवस्थित ढंगले भारतबाट आउने नेपालीलाई भित्र्याउने निर्णय गरेको थियो ।

स्वास्थ्य परीक्षणका साथै विस्तृत विवरण संकलन गरी स्थायी ठेगाना रहेको स्थानमा क्वारेन्टाइनमा राखिने निर्णय गरेर सोमबारबाट गड्डाचौकीबाट नेपालीलाई भित्रिन दिइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिएका छन् ।

यसअघि भारतबाट आएका नेपालीहरूलाई प्रवेश निषेध गरेपछि कैयौं नागरिक सीमामा अलपत्र परेका थिए भने केही मानिस छुकिछिपी अन्य नाका भएर भित्रिरहेका थिए । स्थानीय प्रशासनले नाका खुला गरेपछि मध्याह्न १२ बजेबाट दिउँसो २ बजेसम्म झन्डै हजार नेपाली कञ्चनपुर प्रवेश गरेका छन् ।

राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज एवं सशस्त्र प्रहरी नायब उपरीक्षक केशव प्याकुरेलले दिउँसो २ बजेसम्म आठ सय बढी नेपाली नागरिक सीमा प्रवेश गरेका जानकारी दिए । स्थानीय प्रशासनले गड्डाचौकी नाका भएर भित्रिने नेपालीलाई सम्बन्धित जिल्लासँगको समन्वयमा सवारीसाधनको व्यवस्था गरेर पठाउने तयारी गरेको बताइएको छ ।

यसैबीच गड्डाचौकी सीमा नाका भएर भित्रिने नेपाली नागरिकलाई महेन्द्रनगरका व्यवसायी र सञ्चारकर्मीले खाना खुवाउने भएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लका अनुसार महेन्द्रनगरका केही व्यवसायी र पत्रकार मिलेर उनीहरूलाई खाना खुवाउन लागिएको हो ।

अध्यक्ष मल्लसँगै व्यवसायीहरू दिनेश मल्ल, उमेश सुनुवार, दीपेन्द्र साउद, ब्रिज चन्द, राजकुमार शर्मा, गणेश चटौत, सुशील श्रेष्ठ, अशोक पाण्डेय, महेश जोशी, बलबहादुर खड्का, राहुल भट्ट र नेपाल पत्रकार महासंघका जिल्ला पूर्वअध्यक्ष लक्ष्मण तिवारी र पत्रकार शेरबहादुर सिंहले रकम उठाएर खाना खुवाउन सुरु गरेको बताइएको छ ।

उनीहरूले भारतमा रहेका नेपालीलाई स्वदेश भित्रिन दिन स्थानीय प्रशासनले नाका बन्द नगर्दासम्म दैनिक खाना खुवाउने बताएका छन् । “जिल्ला प्रशासन कार्यालयले नेपालीका लागि जहिलेसम्म नाका खुला राख्छ तबसम्म हामी खाना खुवाउँछौं,” पूर्वअध्यक्ष तिवारीले बाह्रखरीसँग भने, “हाम्रो अभियानमा सघाउन चाहने महानुभावले सहयोग गर्दा पनि हामीले सहयोग लिने मनस्थिति बनाएका छौं ।”

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro