site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियाको ब्रिसवेनपछि सिड्नी उड्यो (तस्बिरसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा ऐतिहासिक उडान गरेको छ । निगमको विमान आज दिउँसो २ सय ७८ यात्रु लिएर सिड्नीका लागि उडेको छ । 

निगमको सिड्नी उडान यो पहिलोपटक हो । कोरोना भाइरसको संक्रमण रोक्न लागु गरिएको लकडाउनपछि चार्टर्ड नै भएप नि निगमले अस्ट्रेलिया ऐतिहासिक उडान गरेको छ । यसअघि पनि अस्ट्रेलियाकै ब्रिसवेनमा उडान गरेको थियो । 

नेपालस्थित अस्ट्रेलिया दूतावासले गरेको चार्टर विमानमा २ सय ६४ यात्रुसहित १४ बालबच्चा छन् । कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन लगाएसँगै अन्तर्राष्ट्रिय विमान सेवा पनि बन्द छ । यसबीचमा निगमले योसहित अस्ट्रेलिया दुईवटा सीधा उडान गरेको छ, जुन ऐतिहासिक रहेको निगम प्रवक्ता अर्चना खड्काले बताइन् । 

आज उडेको निगमको विमान काठमाडौंबाट मलेसियाको क्वाललम्पुर र क्वाललम्पुरबाट सिड्नी तथा सिड्नीबाट सीधा काठमाडौं अवतरण गर्ने नागरिक उड्डउन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बाह्रखरीलाई जानकारी दिए । 

नेपालस्थित अस्ट्रेलियन दूतावासले नै विमान चार्टर गराएको निगम प्रवक्ता खड्काले बताइन् । विमानमा अस्ट्रेलियाका नागरिक नेपाली विद्यार्थी तथा त्यहीं रोजगारीमा रहेका नेपालीहरु रहेको खड्काले बताइन् ।

आजै अर्को विमान बेइजिङ उड्दै 
यसैबीच निजी क्षेत्रको चार्टरमा निगमको अर्को विमान आजै चीनको बेइजिङ उड्दै छ । कोरोना भाइरसविरुद्ध प्रयोग हुने औषधि तथा उपकरण लिन साँझ ५ बजे बेइजिङ उड्न लागेको खड्काले बताइन् । यी दुवै विमान भोलि काठमाडौं फर्कनेछन् ।

क्याप्सन ::
देश जानका लागि विमानस्थलमा विमान कुर्दै अस्ट्रेलियाका नागरिक । तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी



NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro