site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घोराहीमा छाक टार्न समस्या भएका श्रमिकलाई रोजगारी

दाङ । घोराही उपमहानगरपालिकाले लकडाउनका कारण छाक टार्ने समस्यामा परेका श्रमिकहरुलाई रोजगार दिने भएको छ । उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दैनिक छाक टार्न समस्या परेका श्रमिक वर्गलाई रोजगारी दिने र दैनिक ज्याला नगद नै उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरको ७९ औं कार्यपालिका बैठकले लकडाउन लम्बिदै जाँदा श्रमिकहरु मारमा परेको र छाक बस्ने अवस्थामा पुगेको भन्दै भौतिक दूरी कायम गर्दै काम गर्ने र दैनिक ५ सय १७ रुपैयाँ ज्याला दिने निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

करिब ३ हजार घर परिवारलाई अहिले खाद्यान्‍न राहत स्वरुप वितरण गरिएको र लकडाउन लम्बिँदै जाँदा विकल्पकोरुपमा रोजगारीको कार्यक्रम सृजना गरिएको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

कोरोना संक्रमणबाट बच्‍न भौतिक दुरीलाई कायम गर्दै नाला सफाई, सडक मर्मत, पर्खाल निर्माण, सरसफाई लगाएतका काममा लगाउने र दैनिक ज्यादा दिइने छ । 

चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वीकृत आयोजनामध्ये प्रत्येक वडामा न्युनतम एक आयोजना पर्ने गरी स्वीकृत आयोजना मध्यबाटै प्राथमिकता अनुसारका आयोजना छनौट गरी निकासा भएको बजेटकै सीमा भित्र रही आयोजना संचालन गर्ने उपमहानगरले निर्णय गरेको हो ।  

चालु आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्‍चालन गर्न ६१ लाख ३० हजार रुपैयाँ बजेट आएको छ । राहत वितरणले धान्न नसक्ने देखिए पछि भौतिक दुरी कायम गर्दै काम दिने र दैनिक ज्याला दिने निर्णय भएको उपमहानगरको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १९:४४
प्रतिक्रिया दिनुहोस्