site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 राष्ट्रिय एकता कायम गर्न पूर्वसभामुख महराको आग्रह

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन् ।

महराले बुधवार विज्ञप्ती जारी गरी अहिलेको विश्वम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताएका छन् । 

Argakhachi Cement Island Ad

"हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो, मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश बनेका छन्," विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महराले दलहरुबीच आन्तरिक एकता कायम गरि संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न अपिल गरेका छन् । हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएको उल्लेख गर्दै उनले मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्‍चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश बनेको समेत वताएका छन् । 

नेपालको शान्तिप्रकृया पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका महरालाई राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र समन्वयकारी भूमिका निभाउने नेताको रुपमा चिनिन्छ । 

तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीबाट गठन गरिएका सबै वार्ता टोलीमा महरा समावेश थिए । नेपालको १० वर्षे जनयुद्धलाई सहमतिकै माध्यमबाट शान्तिप्रकृयामा अवतरण गर्नमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्