site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरिया जान पाउने बिदामा आएका की नयाँ कामदार पनि ?  
Tiktok banner adTiktok banner ad

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ईपीएसमार्फत दक्षिण कोरिया कामदार लैजान दिने निर्णय गरेको छ । सरकारको निर्णयपछि कस्ता कामदार कोरिया जान पाउने हुन् त ?  सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दुई देशबीचको आपसी सल्लाह र सहमतिका आधारमा नेपाली कामदार लैजान अनुमति दिने निर्णय भएको बताएका थिए । 

कोरोनाको संक्रमण नेपालमा फैलिनुअघि बिदामा नेपाल आएका श्रमिकले आफूहरुको बिदा अवधि सकिन लागेको भन्दै सरकारलाई कोरिया जान पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए । सोहीअनुसार सरकारले यस्तो निर्णय गरेको हुन सक्ने बताइएको छ ।
 
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरिया पठाउन दिने सरकारको निर्णय सञ्चारमाध्यमबाट मात्रै सुनेको र यसबारे थप जानकारी आएपछि मात्रै भन्न सकिने बताए । कोरोनाअघि बिदामा नेपाल आएका श्रमिकलाई मात्रै पठाउन दिने निर्णय भएको हुन सक्ने उनले बताए । 

चार वर्ष अवधिका लागि कोरिया रोजगारीमा गएका १ सय ४९ नेपाली श्रमिक हाल बिदामा नेपालमै छन् । 

उनीहरुले आफूहरुको बिदाको अवधि सकिएकाले कोरिया पठाइदिन पहल गर्न आफूलाई पनि भनेको र सरकारलाई पनि भनेकाले त्यस्तो निर्णय भएको हुन सक्ने उनले बताए । 

विभागका अनुसार यसवर्ष करिब ७ हजार नेपाली श्रमिक रोजगारीका लागि ईपीएसबाट कोरिया जान छनौट भइसकेका छन् । तर, उनीहरुको औपचारिक प्रक्रिया नै सुरु भएको छैन । त्यसैले पनि बिदामा आएकालाई मात्रै कोरिया पठाउन खोजिएको हुन सक्ने अधिकारीको भनाई छ । 

छनौटमा परेपछि औपचारिक प्रक्रिया नै सुरु नभएकाले नयाँलाई तत्काल पठाउन पनि गाह्रो हुने इपीएस कार्यालयका एक अधिकारीले बताए । 

गत मार्चमा १ सय ६५ जनालाई पठाउने तयारी भए पनि कोरोनाका कारणबीचमै प्रक्रिया रोकिएको थियो । यसअघि सरकारले दक्षिण कोरियामा कोरोनाभाइरसको प्रकोप बढ्दै गएपछि फागुन १८ गतेदेखि कामदार पठाउन रोकेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro