site stats
बाह्रखरी :: Baahrakhari
देश
एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि, संक्रमित ४१ पुगे 

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण भएका थप १० जना पुष्टि गरिएका छन् । मंगलबार परीक्षण गरिएका कोरोना संक्रमितमध्ये १० जनामा पोजेटिभ पुष्टि भएको बताइएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई जना र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना गरी एकै दिन १० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि मंगलबार दिउँसो एक जना र त्यसपछि आठ जना र केही समयअघि एकजना गरी १० जनामा कोरोना संक्रमण पुष्टि गरिएको हो ।

यसअघि कोरोना संक्रमण गरिएका नौ जना उदयपुरका पुरुष रहेका बताइएको थियो । 

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ थियो । नेपालमा हाल कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । 

हालसम्म कोरोना संक्रमणको उपचारपछि पाँच जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

थप एकजनामा कोरोना पुष्टि, अन्यको धरानमा परीक्षण हुँदै 

थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

थप १ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४१ पुग्यो

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १९:२१
प्रतिक्रिया दिनुहोस्