site stats
बाह्रखरी :: Baahrakhari
देश
थप १ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४१ पुग्यो

काठमाडौं । नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ जनाको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि मंगलबार दिउँसो एक जना र केही समअघि आठ जना गरी आजै ९ जनामा कोरोना संक्रमण पुष्टि गरिएको थियो । 

यसअघि कोरोना संक्रमण गरिएका नौ जना उदयपुरका पुरुष रहेका बताइएको थियो । 

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ थियो । नेपालमा हाल कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । 

हालसम्म कोरोना संक्रमणको उपचारपछि पाँच जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

थप एकजनामा कोरोना पुष्टि, अन्यको धरानमा परीक्षण हुँदै 

थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्