site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पीसीआरमा देखिएन : स्वास्थ्य मन्त्रालय
Sarbottam CementSarbottam Cement

काठमाडौ । कोरोना भाइरसको आशंकामा बुधबार (आज) सम्ममा पीसीआर र आरडीटीमा १९ हजार ४३२ जनाको  नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआरबाट परीक्षण सात हजार २४० र र्‍यापिड टेस्ट किटबाट १२ हजार १९० जनाको कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको जानकारी दिए । आज देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा एक सय ३ जना भर्ना भएर उपचाररत रहेका उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“अब ८ जिल्लाबाहेक सबैमा र्‍यापिड टेस्ट किट (आरडीटी) बाट परीक्षण सुरु भइसकेको छ,” उनले भने, “विभिन्न जिल्लामा र्‍यापिड टेस्ट किटबाट कोरोना पोजेटिभ देखिएकाहरूको सबैको पीसीआरमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।”

त्यसैगरी, आज देशैभरका क्वारेन्टाइनमा चार हजार ९०१ जना रहेको मन्त्रालयले जनाएको छ ।

Global Ime bank

हालसम्म नेपालमा कोरोना संक्रमित १६ जना छन् भने १५ जना विभिन्न अस्पतालमा उपचाररत छन्  । एकजना निको भइसकेक मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement