site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
देशैभरका अस्पतालका आइसोलेसनमा ८५ जना भर्ना 
Sarbottam CementSarbottam Cement

काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा ८५ भर्ना भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उपत्यककामा १५ जना र उपत्यका बाहिर ७० जना अस्पतालमा उपचाररत छन् ।

कोरोना भाइरसको आशंकामा हालसम्म देशैभर पीसीआर प्रविधिबाट पाँच हजार १८४ जनाको नमुना संकलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले गत २४ घण्टामा देशैभर ६२८ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको जानकारी दिएका हुन् । उनले चार हजार २० जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आशंकामा नमुना परीक्षण भएको बताए । 

त्यसैगरी, आज देशैभरका क्वारेन्टाइनमा सात हजार ७ सय ७५ जना रहेका उनले जानकारी दिए । 

Global Ime bank

गए राति कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जका तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूको वीरगंन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकोे प्रवक्ता डा. देवकोटाले बताए । ती कोरोना संक्रमितको सम्पर्कमा रहेका र स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रणका महाशाखाको टोली वीरगंन्ज गएर कार्य सुरु गरिसकेको उनले जानकारी दिए ।

गत २४ घण्टामा मन्त्रालयको कोरोना भाइरस संक्रमण शंका लागेका बिरामी पत्ता लगाउने मोबाइल एपमा १७  जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा २०६ जना पुगेका छन् । मन्त्रालयले जारी गरेको दुई कल सेन्टर १११५ र ११३३ मा तीन हजार १३६ वटा कलको गुनासो सम्बोधन गरिएको जनाएको छ ।

र्‍यापिट टेस्ट किटबाट हालसम्म तीन हजार ३२१ जनाको नमुना परीक्षण भइसकेको छ । यो किट सातै प्रदेशमा प्रयोग भइरहेका छ भने टेस्ट पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ । दार्चुलका ६ स्थानबाट ४६० वटा नमुना संकलन गरिएको छ भने ती नमुना पीसीआर प्रविधिबाट  परीक्षण गरिने बताइएको छ ।

नेपालमा हालसम्म १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने एक जना निको भइसकेका छन् । बाँकी ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement