site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महासंकटमा केन्द्रीय कमान्ड 

नेपाललगायत सम्पूर्ण विश्व हाल कोभिड – २०१९ नामक महामारी नियन्त्रणमा प्रयासरत छ । यसका लागि नेपाल सरकारले उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र निर्माण गरी कोभिड –२०१९ विरुद्ध प्रतिकार्य गरिरहेको छ । स्रोत साधनको कमी हुँदाहुँदै पनि हालसम्म नेपालको प्रतिकार्य प्रगति अन्य मुलुकको दाँजोमा राम्रो छ । तर, समय समयमा सरोकारवालाहरुबीच समन्वयको कमी, सही सूचनाको अभाव आदिजस्ता समस्या भएको सुनिन्छ । 

महाविपदको अवस्थामा आवश्यक पर्ने संकट संचारका विश्वव्यापी अभ्यास प्रभावकारी तवरले प्रयोग भएको देखिएको छैन ।

उच्चस्तरीय संयन्त्रकै आवश्यकता छैन भन्नेसम्म सुनिएको छ । तर, आपतकालीन अवस्थामा कस्तो नेतृत्व हुनुपर्छ भन्ने विषयमा गरिएको अध्ययनहरुद्वारा प्रतिपादित सिद्धान्त, महासंकटकालीन अभ्यास र विभिन्न राष्ट्रहरुले अख्तियार गरेको कोभिड महामारी प्रतिकार्य हेर्दा यस्तो उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र त्यो केन्द्रीय कमान्डअनुसार नै चल्नुपर्छ भन्ने बुझिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वविख्यात अमेरिकी मनोवैज्ञानिक तथा लेखक डानियल गोलम्यानका अनुसार नेतृत्व शैली छ प्रकारको हुन्छ । त्यसमध्ये ‘कोयर्स’ वा ‘कमान्ड’ (जबरजस्ती वा आदेश) शैली पनि पर्छ जसले तत्काल आदेश पालन गर्न भन्छ । उनका अनुशार यो शैली संकटको समयमा प्रयोग गर्नु उपयुक्त हुन्छ । परिस्थितिगत नेतृत्व सिद्धान्तका जन्मदाता मनोवैज्ञानिक तथा लेखकद्वय पाउल हर्सी र केन ब्लेनचार्डका अनुसार नेतृत्वले परिस्थितिअनुसार परिचालित हुनुपर्छ । 

आफूसँग कार्य गर्ने टोलीका सदस्यहरुको क्षमताअनुसार निर्देशन दिने वा अधिकार दिने गर्नुपर्छ । समग्रमा विपद वा संकटको समयमा प्रदर्शन गरिने नेतृत्व शैली अन्य अवस्थाभन्दा भिन्न हुन्छ । 

Global Ime bank

सिंगापुर सरकारले महामारीविरुद्ध प्रतिकार्य गर्न सन् २००३ मा विभिन्न सरकारी निकायहरु सम्मिलित उच्चस्तरीय कार्यदल निर्माण गरेको थियो जुन २००९ मा एचवानएनवान र २०१६ मा जीका भाइरसविवरुद्ध परिचालित गरियो । सिंगापुरका प्रधानमन्त्री आफ्ना दुई मन्त्रीहरु संयोजक रहेको उच्चस्तरीय कार्यदलसँग कोभिडविरुद्ध सक्रिय छन् । उनको सक्रियताले सिंगापुरमा सरकारी निर्णयप्रति विश्वासको वातावरण निर्माण भएको मानिन्छ । सिंगापुरले सामाजिक दूरी उल्लङ्घन गर्नेलाई कठोर जरिवाना र पारदर्शी सूचना सम्प्रेषण गर्ने रणनीति लिएको छ ।   

दक्षिण कोरियाका प्रधानमन्त्रीले सबै मन्त्रालय, प्रादेशिक तथा स्थानीय सरकार सम्मिलित टास्क फोर्स निर्माण गरेका छन् ।  संघदेखि स्थानीय सरकारलाई सम्मिलित गर्ने यो एकीकृत रणनीतिले सफलतापूर्वक कार्य गरिरहेको छ । 

उदाहरणका लागि यो कार्यदलले कुनै प्रदेशमा अस्पतालमा बिरामीको लागि बेड उपलब्ध नभएमा अन्य कुनै प्रदेशमा खाली रहेको बेड उपलब्ध गराइदिन्छ । दक्षिण कोरियाका प्रधानमन्त्रीका अनुसार कोभिडविरुद्ध उनको सरकारको सफलताको कारक गति, पारदर्शिता, नवीनता तथा स्वेच्छिक नागरिक सहभागिता हो । 

ताइवानका प्रधानमन्त्रीले परिस्थितिगत नेतृत्व सिद्धान्त पछ्याउँदै कोभिडविरुद्धको राष्ट्रिय संयन्त्रको नेतृत्व महामारी विशेषज्ञ उपरास्ट्रपतिले गर्ने घोषणा गरे । ताइवानको सफलताका मुख्य तत्त्वहरुमा पारदर्शिता, सूचना वितरण, विशेषज्ञसहितको टोली, अन्तरसांगठनिक सहकार्य र सरकारी प्रयोगशाला, अस्पताल र चिकित्सा सुविधा प्रदायकहरुसँगको समन्वय पर्छन् ।

उदाहरणका लागि ताइवानले राष्ट्रिय स्वास्थ्य बिमा प्रशासन तथा राष्ट्रिय अध्यागमन विभागको डाटा एकीकृत गरेर अस्पताल, क्लिनिक, तथा फार्मेसीहरुलाई बिरामीहरुको यात्रा विवरण सूचना प्रणालीमा पहुँच दियो । फलस्वरूप, उक्त संस्थाहरुलाई कोभिडका बिरामीहरु ठम्याउन मद्दत पुग्यो । 

यस्तै रणनीति भियतनामले पनि लिएको देखिन्छ जसको सफलतामा स्पष्ट सूचना सम्प्रेषण तथा प्रविधिमा आधारित भाइरस सम्बन्धी सरकार–नागरिक शिक्षा सहकार्य पर्छन् । एकल पार्टी राज्य भियतनामको कोभिडविरुद्धको कम लागतको रणनीति अहिले अन्तर्रास्ट्रिय स्तरमा चर्चाको विषय भएको छ ।  

न्युजिल्यान्डका प्रधानमन्त्रीले कोभिडविरुद्ध संवेदनशील तर कठोर नीति अख्तियार गरेकी छिन् । 

बालबालिकालाई भाइरसका कारणले इस्टर मनाउन नसकिने भन्ने दुःखको खबर दिने तर बन्दाबंदी उल्लङ्घन गर्नेहरुलाई सख्त कारबाही गर्ने नीति लिएकी छिन् । परिवारसहित समुन्द्री किनार डुल्न जाने आफ्ना स्वस्थ मन्त्रीलाई घटुवा गरिन् । 

कोभिडविरुद्ध लडाइँको समयमा गरिने व्यवहार प्रदर्शन गरिरहेकी उनको सरकारलाई अप्रिल ६ तारिखमा भएको मत सर्भेक्षणले ८८ प्रतिशत समर्थन रहेको देखाएको छ ।   उल्लेखित राष्ट्रहरुले कोभिडविरुद्ध गरेको प्रतिकार्यमा उक्त राष्ट्रहरुको नेतृत्व स्वयम् संलग्न हुने र उनीहरु माझ भाइरससम्बन्धी उच्च स्तरको चेतना प्रमुख कारक रहेको बुझिन्छ । 

यसका साथै सम्बन्धित विशेषज्ञको संग्लनता, पारदर्शी सूचना सम्प्रेषण, सूचना तथा संचार प्रविधिको प्रयोग, एकीकृत सहकार्य, प्रभावकारी अन्तरसंगठन तथा स्थानीय सरकार समन्वय एवं स्वःस्फूर्त नागरिक सहभागिता सफलताका कारक देखिन्छन् । 

अपारदर्शी सूचना सम्प्रेषणका कारणले पहिलो चरणमा चीनले अख्तियार गरेको रणनीति असफल भयो ।  पछि चीनका राष्ट्रपति स्वयम् संलग्न रहेको रणनीति हाल सफल भएको मानिन्छ ।  विभिन्न रास्ट्रहरुले कोभिडप्रति गरेको प्रयासहरुबाट यस्तो महामारीमा सरकार प्रमुख वा उपप्रमुख वा मन्त्रीस्तरको संयोजनमा उच्चस्तरीय संयन्त्र आवश्यक छ र केन्द्रीय कमान्डअनुसार नै चल्नुपर्छ भन्ने देखिन्छ ।

जापानको महामारी प्रतिकार्य उत्साहजनक नरहेको अवस्थामा नोबेल पुरस्कार बिजेता इम्युनोलोजिस्ट तासुको होन्जोले महामारीलाई लडाइँको संज्ञा दिँदै सरकारले यस्तो अवस्थामा विज्ञान र नीतिको बलियो सम्बन्ध बनाई सामाजिक प्रणालीलाई नियन्त्रणमा लिएर महामारी प्रतिकार्य दृढ अधिकारका साथ केन्द्रीय स्तरबाटै गर्नुपर्ने औँल्याएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिवले हालको महामारीको जोखिम दोस्रो विश्व युद्धपछिको सबैभन्दा खराब संकट भनेका छन् ।  उनका अनुसार यो जोखिमले विश्वमा स्वास्थ्य खतरा तथा आर्थिक संकट बढ्नुका साथै अस्थिरता, अशान्ति तथा द्वन्द्व चर्किने सम्भावना रहन्छ ।  तसर्थ, नेपालले पनि हाल गरिरहेको महामारी प्रतिकार्य अभ्यास थप प्रभावकारी बनाउँदै कोभिडविरुद्ध छिमेकी राष्ट्रहरु, सार्कलगायत अन्य क्षेत्रीय संगठनहरु तथा अन्तर्रास्ट्रिय संस्थाहरुसँगको सहकार्यमा साझा प्रतिकार रणनीति अख्तियार गर्न उपयुक्त हुन्छ । 

यसका साथै नेपालको कोभिडविरुद्धको लडाइँमा सम्बन्धित विशेषज्ञ, राजनीतिक दल तथा नागरिक समाजको हातेमालोले रामवाणको काम गर्नेछ ।             

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement