site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिका र चीनको अर्थतन्त्र पहिलाभन्दा बलियो हुने छ

कोरानाभाइरस (कोभिड १९) को संक्रमण चीनको वुहानमा सुरु भएलगत्तै यसको रोकथाम गर्ने तयारीमा लाग्ने देश राम्रो व्यवस्थापन गरेर ठूलो मानविय क्षति हुनबाट जोगिए । तर, धेरैले बेलैमा जोखिमको आंकलन गर्न सकेनन् । आफ्नोे जनस्वास्थ्य पद्धतिप्रति बढी विश्वास र महामारीको जोखिमलाई कम आकलन गर्ने कैयौं विकसित देश अहिले संकटमा छन् । यो भाइरस ‘चाईनिज’लाई मात्र लाग्छ भन्ने बुझाइका कारण अहिले युरोपका केही देश र अमेरिकाले भयावह अवस्थाको समाना गर्नुपरेको छ ।

नेपाल पनि संक्रमण रोक्ने तयारी गर्नुभन्दा  ‘पशुपतिनाथ छँदैछन्’ भनेर बसेको देश हो । जे होस्, यस्ता महामारी रोक्न लडिरहेका विश्वका सबै देशले भविष्यमा देशलाई जोगाउन पूर्ण योजनाका साथ पूर्वाधार तयार गर्न जरुरी भएको पाठ भने सिकेका छन् । 

चीनमा कोभिड – १९ भाइरस संक्रमण सार्वजनकि भएपछिका दिनमा अमेरिकाले हवाइ आवतजावत  रोक लगायो र ढुक्क हुने प्रयास गरेको थियो । तर, अरू आन्तरिक तयारीमा जुटेन । फलस्वरूप, क्रमिक रुपमा कोभिड –१९को संक्रमण फैलिँदै गयो । तर, यसमा अमेरिकी सरकारमात्र दोषी भने छैन । अधिकाश अमेरिकीमा म आफूबाहेक अरू सबैलाई कोरोनाभाइरस लाग्नसक्छ भन्ने बुझाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जनस्वास्थ्य व्यवस्थापनमा अमेरिका विश्वमै अब्बल छ भन्ने भ्रममा ढुक्क हुनुपनि संक्रमण फैलिनुको अर्को कारण बन्यो । अमेरिका स्वास्थ्य क्षेत्रमा पनि अग्रणी छ । यसमा सत्यता पनि छ । तर यस रोगबाट लड्ने औषधि विश्वमा कसैसँग पनि थिएन भन्ने बिर्सने गल्ती भयो । रोग लागेका मानिसमा प्रारम्भमा कुनै पनि लक्षण नदेखिनु र मानिसबाट मानिसमा सजिलै सर्ने यस भाइरसलाई त्यति गम्भीर रुपमा पनि लिइएन ।  

अर्को अति महत्त्वपूर्ण पक्ष यसको उपचार प्रक्रियामा अनभिज्ञता पनि हो ।  किनभने यो नयाँ र पहिलोपटक विश्वले एकैसाथ सामना गर्नु परेको नौलो प्रकृतिको भाइरस थियो । जनसाधारणको  लापरवाही पनि यो महामारी फैलनुको अर्को मुख्य कारण रह्यो । सरकारले आग्रह गरेको ‘लकडाउन’ अवज्ञा गरी सार्वजनिक स्थानमा जाने र न्यूनतम सरसफाइसम्म नगरिएकोमा ध्यान नदिने गरेको उदाहरण अझै जताततै देख्न सकिन्छ ।

Global Ime bank

महामारी फैलिएका स्थान र त्यहाँको रहनसहनलगायतको गहिरो अध्ययन गर्नु जरुरी छ । चीन र दक्षिण कोरियाले गरेको महामारीको व्यवस्थापन सूक्ष्मरुपमा अध्ययन पनि गर्नु आवश्यक छ । साधन र स्रोतमा कमजोर नेपालले अहिलैबाट यस्ता तयारी थाल्नुपर्छ । 

वुहान र न्यु योर्क काठमाडौंजस्तै सानो क्षेत्रफलमा घना वसोबास भएका सहर हुन् । व्यस्तताका कारण त्यहाँका बासिन्दाको नेपालीको जस्तो साथी र आफन्तहरुसँग सम्पर्क कम भए पनि सार्वजनिक सवारीका प्रयोगकर्ताको संख्या ठूलो छ । हामी कहाँ पनि सार्वजनिक यातायातमा अत्याधिक भिड हुने गर्छ । साथै आफन्त, साथीभाइमा निकट सम्पर्कको संस्कृतिका कारण एक अर्कालाई रोग सजिलै सार्ने समूहमा पर्छौँं । 

कल्पना गरौँ ! यो महामारी वुहान, इटाली, स्पेन र न्युयोर्कमा जस्तै नेपालमा आएको भए ? 

कोराना संक्रमण सुरु भएको करिब तीन महिनाभन्दा बढी भइसक्यो । नेपालको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म न्यूनतम स्वास्थ्य समान जुटाउन पनि सकेन । के जनस्वास्थ्य विज्ञहरुले नेपालका जिम्मेवार व्यक्तिलाई यसबारेमा आवश्यक सरसल्लाह दिएनन् होला र ? राष्ट्रिय टेलिभिजनबाट गैरआवासीय नेपाली संघले जहाजभर अहिलेका लागि आवश्यक स्वास्थ्य समान निशुल्क उपलब्ध गराउछौँ भनिरहेका छन् । राज्यलाई चाहिने समानको सूची दिएर कुन दिन लिन आऊँ किन भन्न सक्तैन नेपाल सरकार ? यसविपरीत सरकार आफ्नै देशलाई व्यवस्थापन गर्न नसकेको छिमेकीसँग सहयोग याचना गरिरहेको छ । 

नेपाली नागरिकको दबाब बढ्दै गएपछि लकडाउन गराउन बाध्य सरकारले १७ प्रकारका स्वास्थ्य सामग्रीको आपूर्ति गरेको बताइए पनि त्यो गुणस्तरहीन र अपर्याप्त भएको बताइएका छ । साथै, खरिद प्रक्रियापनि विवादमा आयो । परराष्ट्र र स्वास्थ्य मन्त्रालयले विश्वभर रहेका नेपाली दूतावासलाई अत्यावश्यक स्वास्थ्य सामग्री खोज्न भन्यो त ?  वा कुनै नेपाली दूतावास र अवैतनिक वाणिज्यदूतहरुले अत्यावश्यक समान म रहेको देशमा उपलब्ध छ खरिद गरौँ भनेर पत्राचार गरे ?

अझ महत्वपूर्ण त निजी क्षेत्रबाट संचालित अस्पतालहरूसँग राज्यले सहकार्य गर्न खोजेन । समुचित सहकार्य भएको भए र आवश्यक  स्रोत साधन उपलव्ध गराइएको भए अहिलेसम्म लाखौं नागरिकको कोभिड – १९ परीक्षण भइसकेको हुने थियो । सरकारी हेलचेक्य्राइँ र झन्झटिलो प्रक्रियाका कारण निजी अस्पताल निस्क्रियजस्तै रहे । 
विश्व महामारीबाट थलिएको बेला चीन सरकारले निजी कम्पनीलाई स्वास्थ्य सामग्री उत्पादनमा लाग्न प्रेरित गर्यो । अहिले अन्य वस्तुको निर्यातको कमीलाई स्वास्थ्य समग्रीमार्फत पूरा गरेको छ । यता अमेरिका एकैपटक महामारी र अर्थ व्यवस्था पुनः गतिवान् बनाउन नयाँ सहुलिय कार्यक्रमहरु ल्याइरहेको छ । राष्ट्रपतिको अति छिटो निर्णय गर्ने क्षमताका कारण यस महामारीबाट मुक्ति पाएपछि अमेरिका र चीनको अर्थतन्त्र पहिलाभन्दा गतिशील र बलियो भएर आउनेछ । किनभने, यी दुवै राष्ट्रले निजी क्षेत्रलाई चोर होइन अर्थतन्त्रको मेरुदण्ड मानेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement