site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड – १९का सन्दर्भमा नेपाल

कोरोनाभाइरस (कोभिड–१९) विश्वभर फैलिएपछि उत्पन्न भयावह स्थिति नियन्त्रणमा लिने भरमग्दुर प्रयास हुँदाहुँदै पनि संक्रमितहरुको संख्या अनियन्त्रितरूपमा बढिरहेको छ र चैत्र १७ सम्म यसबाट संक्रमितको संख्या सात लाख २१ हजार नाघेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ३४ हजार पुगेको छ । 

विश्वभरी संपूर्ण यातायात प्रायः ठप्प छ । संक्रमित मुलुकहरुले ‘पूर्ण लकडाउन’ र ‘आंशिक लकडाउन’ को अभ्यास थालिसकेका छन् । छिमेकी भारतले ‘जनता कफ्र्युको’ अभ्यास ग¥यो र त्यसमा सफलता पाएपछि उत्साहित भएर देशभर ‘लकडाउन’को अभूतपूर्व अभ्यासको चरणमा प्रवेश गर्‍यो । 

चीनको वुहानबाट सन् २०२० जनवरीमा देखापरेको कोरोनाभाइरस अहिले एसियाबाट युरोप, अमेरिका र उच्चस्तरको जनस्वास्थ्य व्यवस्था मानिने स्क्यान्डिनेवियन मुलुकहरुमा समेत फैलिन थालेको छ । इटाली, स्पेन विशेष चपेटामा परेका छन् । त्यतिमात्र नभई ‘एटलान्टिक’ र ‘प्यासिफिक’ महासागर पारी सुरक्षित मानिएकोे अमेरिकामा यस संक्रमणबाट बच्न सकेन । त्यहाँ दुई साता अघिसम्म संक्रमित मानिसको संख्या १० हजारमात्र  रहेकोमा चैत्र १७ गतेसम्म  एक लाख ३२ हजार संक्रमित भैसकेका छन् । संक्रमितको संख्या न्यु योर्क सहरमा मात्र ५८ हजार पुगेको छ । इटालीको स्थिति सबैभन्दा दयनीय भएको छ । अमेरिकाको तुलनामा एउटा सानो राज्यजस्तोे मुलुक इटालीमा मात्रै संक्रमित ९८ हजार पुग्नु र मृतक संख्या अमेरिकाको भन्दा बढि हुनुले सवैलाई आश्चर्यमा पारेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इटालीपछि क्षेत्रफल र जनसंख्याको हिसाबमा सानो मुलुक स्पेनमा संक्रमित संख्या ८० हजार नाघी सकेको छ  र मृत्यु हुनेको संख्या ८ हजार पुग्न लागेको छ । त्यहाँकी राजकुमारी मारिया टेरेसा वारेवोन पुरमा (८६ वर्ष) को निधन भैसकेको छ । 

चीनको संक्रमित जनसंख्या ८१ हजारमात्र छ भने मृत्यु हुनेको संख्या ३ हजार ३ सयमात्र छ । यसबाट चीनले लगभग कोरोना फैलावटमा नियन्त्रण पाइसकेजस्तो देखिएको छ । त्यसै अनुभवका आधारमा चीनले अमेरिका र इटालीमा प्राविधिक सहितको टोली पठाउने बचन दिएको छ र इटालीमा त संक्रमितहरुको परीक्षण थालिसकेको जनाइएको छ । नेपाललाई पनि चीनले हरप्रकारको सहयोग गर्ने वचन दिइरहेको छ । 

Global Ime bank

छिमेकी भारतमा जनसंख्या र क्षेत्रफलको अनुपातमा संक्रमित र मृतक संख्या कम भए पनि समयमा नै सजगता अपनाउन प्रभावकारी पहल प्रारम्भ गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लकडाउन’ लाई ‘जनता कफ्र्यु’ को संज्ञा दिए । अहिले मुलुकभरी ‘लकडाउन’ लागू गरे । सबैभन्दा धेरै मानिस ओसारपसार गर्ने रेल सेवा दस दिनका लागि पूरै बन्द गरे । त्यहाँ १२ हजार ५०० यात्रुवाहक रेल चल्छन् र त्यसमा १४ लाख कर्मचारी काम गर्छन् । भारतले सबै अन्तर्राष्ट्रिय उडान, मेट्रो रेल र लामो दूरीका बस नचलाउने निर्णय गरिसकेको छ । यसरी भारतले “जनता कफ्र्यु कोभिड –१९ विरुद्धको लामो संघर्षको सुरुवात हो भन्ने प्रधानमन्त्री  मोदीको अपिललाई ग्रहण गरेको छ ।

पाकिस्तानमा संक्रमित संख्या बढी १ हजार ५१७ पुगेको छ भने मृतक १४ पुगेको छ । संक्रमित र जनसंख्या अनुपातमा पाकिस्तानमा बढी देखिन्छ । जे भए पनि दक्षिण एसियामा यतिखेरै प्रयत्न भयो भने बढी क्षति हुन पाउनेछैन ।  

यसैबीच ‘दक्षिण एसियाली सहयोग संगठन (सार्क)’ का सदस्य राष्ट्रहरुले कोभिड –१९ महामारीविरुद्ध लड्न आपतकालीन कोषको घोषणा गरेका छन् । उक्त घोषणा सार्क राष्ट्रहरुका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच चैत्र दुई गते साँझ भएको भिडियो कन्फरेन्समा गरिएको हो । प्रधानमन्त्री मोदीले सो कोषका लागि एक करोड अमेरिकी डलर दिने घोषणा गरे । साथै सार्क स्तरीय महामारी रोकथाम संरचनाको दह्रो प्रस्तावसमेत गरेका छन् । त्यसमा सहमतिसमेत जुटिसकेको छ । नेपाल सरकारले तत्कालै कोरोना रोकथामका लागि के गर्दैछ ? र गर्ने सोच राख्दैछ ? यसतर्फ सम्बन्धित सबैको ध्यान जानु जरुरी छ ।

नोवल कोरोना भाइरस चीनमा फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन सकिन्छ भन्ने आत्मविश्वासका साथ चीन जुधेको थियो । अमेरिकामा समेत संक्रमण भएको भेटिएपछि त्यहाँका स्वास्थ्य संस्थाहरु कोरोनाको चुनौती सामना गर्न कस्सिएका हुन् । तर, कोरोना विस्तारलाई रोक्ने प्रभावकारी उपाय भने खोजी र अनुसन्धानमा नै सीमित छ । कोरोनाले बेलायतमा राजकुमार चाल्र्स र त्यहाँका प्रधानमन्त्रीलाई समेत छुन पुगेको छ । इटालीमा त अस्तव्यस्तता नै पैदा गरेको छ र संत्रास विश्वभरी फैलिएको छ । यस प्रकोपले नेपाललाई भने छोएको मात्रै छ तर संभावित खतरा टरेको छैन । 

चीनबाट भेन्टिलेटर, मेडिकल किट, मास्क ल्याइएको छ । चीनले औपचारिकरुपमै नेपाललाई चाहिने सामग्री सहयोग उपलब्ध गराउने बचनसमेत दिएको छ । सरकारले चीन र भारत दुवैसँग सहयोगको अपेक्षा राखी सकेको छ र यस भाइरसविरुद्ध लड्न अन्य मित्र राष्ट्रहरुसँग पनि सहयोगको आग्रह गरिएको छ । तर, नेपालले अरुसँग निर्भर रहने सहयोगको अपेक्षा मात्र गरेर हुँदैन । अब यसै संकटसँगै नेपालभित्रै सरकारबाट हुनसक्ने उपायको खोजी तीव्रता साथ हुनुपर्ने बेला आएको छ ।

यसैगरी आयुर्वेदीय उपचार पद्धति र प्राकृतिक चिकित्साका लागि ख्याति प्राप्त डा. ऋषि कोइरालासँगको सम्पर्कबाट थाहा भयो प्रतिरोध क्षमता बढाउने औषधि उहाँकै उत्पादन केन्द्रमा तयार भइसकेको छ तर वितरणमा आउन बाँकी  छ । उनले चीनको कुनमिन सहरका डाक्टर साथीहरुको आग्रहमा केही औषधिसमेत त्यहाँ पठाएको थाहा भयो । यसबाट के अनुमान गर्न सकिन्छ भने विज्ञहरु, उच्च स्तरका वैद्य, कविराजहरुले समेत स्वःस्फूर्त ढंगले यसबारे सोचेका छन् । काठमाडौं उपत्यका र जुम्लामा केही यस्ता वैद्य परिवार छन् जो पुस्तौंदेखि हिमाली जडिबुटीसमेतको अत्युत्तम प्रयोग गर्दै आएका छन् । कुनैकुनै त मल्लकालीन तथा बाइसीचौविसी राजाका पालादेखि लालमोहर पाएका र निरन्तर उपचारमा लागेका परिवार पनि छन् भन्ने सुनिन्छ । 

नेपाल सरकारको एउटा महत्त्वपूर्ण संस्था छ – सिंहदरवार वैद्यखाना । त्यहाँ बनेका उच्चकोटीका आयुर्वेदीय औषधि दरबारमा पठाइन्थ्यो । ती तुलनात्मक हिसावले धेरै महँगा थिए र ढिलो असर हुन्थ्यो । त्यसै कारण सर्वसाधारणको प्रयोजनमा धेरै आउन सकेन । राणकालसम्म सर्वसाधारणका लागि यिनै औषधि अन्तिम उपाय थिए । यस्ता सरकारी र  निजी वैद्यखानाहरुबाट कतिपयको चमत्कारिक उपचार भए पनि प्रचारमा छैनन् । संभवतः इतिहासमा यो एउटा यस्तो अवसर आएको छ कोरोना रोकथाम र उपचारको नेपालबाटै समाधानको केही लक्षण पाइयो भने त्यसले विश्वव्यापी प्रभाव छोड्नेछ । 

चीनका तर्फबाट केही समयअघि नेपाल र चीनबीच परम्परागत उपचार पद्धतिको ज्ञान, आदानप्रदानको प्रस्ताव आएको थियो । भारतसँग त आयुर्वेदीय पद्धतिको स्तर विकासमा धेरै पहिलेबाटै सहयोग प्राप्त भएको हो । नरदेवी क्याम्पसका उच्च स्तरको पढाइका लागि भारत सरकारका तर्फबाट विज्ञ पठाउँदा वनारस हिन्दु विश्वविद्यालयका ख्याति प्राप्त डाक्टर कोलोम्बो प्लानअन्तर्गत पठाइएको थियो । 

नेपालले नोवल कोरोना भाइरस ( कोभिड–१९) को संक्रमणको संत्रासबाट विश्वलाई उद्धार गर्न यस घडीमा केही गर्न सक्छ ? सोच्नेमात्र हैन प्रयास गर्ने घडी आएको छ । के सरकार यस प्रकारको सोचाइमा पुगेको छ ?

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement