site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा घुम्ती सेवाबाट प्रदान
Sarbottam CementSarbottam Cement

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले अति आवश्यकीय वस्तु घुम्ती सेवाबाट प्रदान गर्न सुरु गरेको छ ।

लकडाउनको अवधिमा अत्यन्त निम्‍न आय भएका तथा सामान्य आय स्तर भएका उपभोक्ताहरुको समस्यालाई मध्यनजर गदै घर-घरमा सामग्री पुर्‍याउन थालेको हो । अति आवश्यक वस्तुहरुको वर्गीकरण गरी चामल दाल, नुन, तेल, ग्यास, तरकारी एवं फलफूल र ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि उपजहरुलाई खेर जान नदिन यस प्रकारका सेवा दिन थालेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रकारको सेवा प्रदान गर्ने क्रममा सेवाप्रदान गरिने सामग्रीहरुको मूल्यमा कुनै वृद्धि नगरिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । यस प्रकारको सेवा हाल घोराही उप महानगरपालिका १४ र १५ का विभिन्‍न क्षेत्रमा र केही दिनपछि घोराहीका सबै वडामा प्रदान गरिने संघले जनाएको छ ।

यस सेवाको लागि अहिले १२ वटा पिकअप भ्यान सञ्‍चालन गरिने संघका कोषाध्यक्ष सुशील पोख्रेलले जानकारी दिए । सेवा प्रदान गरिने अवधिभर परिचालन हुने स्वयंसेवक तथा कर्मचारीहरुलाई मास्क, पञ्‍जा र स्यानिटाइजरलगायत सुरक्षा सामग्रीहरु प्रदान गरिनुको साथै उपभोक्ताहरुलाई पनि आवश्यकताअनुसार मास्क, पञ्‍जा, स्यानिटाइजरसमेत सुपथ मुल्यमा प्रदान गरिने संघका महासचिव कार्कीले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC