site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लकडाउनले अन्डा निकासी हुन पाएन
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनकमा कारण दाङमा उत्पादित अन्डा निकासी हुन सकेको छैन । 

लकडाउनको असर अन्डा व्यवसायीहरुलाई परेको छ । उत्पादन भएको अन्डा निकासी हुन नसक्दा ठूलो संख्यामा अन्डा मौज्दात (स्टक) छ । दाङबाहिरका जिल्लाहरुमा नै बढी अन्डा खपत हुने भएकाले लकडाउनका कारण अन्डा निर्यात गर्न नसकिएको व्यवसायी मोहन गौतमले बाह्नखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा प्रतिदिन ४ लाख २० हजार वटा लेयर्स कुखुराको अन्डा उत्पादन हुने गर्छ । कुल उत्पादनको १० प्रतिशत अन्डा मात्रै दाङमा खपत हुने गर्दछ । बाँकी ८० प्रतिशत बाहिरी जिल्ला निर्यात हुने गरेको छ । गौतमका अनुसार जिल्लामा उत्पादन हुने अन्डा सुर्खेत, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, पोखरा, नारायणगढ, पाल्पा, काठमाडौं, सल्यान, रुकुममा निर्यात हुने गरेको छ ।

लकडाउनका कारण ढुवानीका साधन चल्न नपाउँदा अन्डा निर्यात हुन नसकेको हो । अन्डा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत ‘पास’ व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement