site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ललितपुरमहानगरले स्थानीय मदिराबाट सेनिटाइजर बनाउँदै

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा रिचा गुप्ता स्थानीय रुपमा पाइने रक्सीबाट कसरी स्यानिटाइजर बनाउन सकिन्छ भनेर ललितपुर महानगरपालिकामा महिलाहरुलाई सिकाउँदै छिन् ।

उनलाई सहयोग गर्दै छन् डाक्टर सजनलाल स्याउला । स्याउला नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत हुन् । नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ को त्राससँगै बजारमा उपभोक्ताहरुलाई मास्क तथा स्यानिटाइजर पाउन मुस्किल भए पछाडि ललितपुर महानगरका कर्मचारीले कसरी स्यानिटाइजर बनाउन सकिन्छ भनेर नास्टका उपकुलति सुनीलबाबु श्रेष्ठलाई सम्पर्क गरे ।

“भोलि स्थानीय मदिरा लिएर नास्टमा आउनू हामी स्यानिटाइजर बनाएर देखाउँछौं,” नास्टका उपकुलपति श्रेष्ठले भने ।

त्यसो भनेको भोलिपल्ट महानगरका प्रवक्ता राजु महर्जन र अन्य कर्मचारी स्थानीय मदिरा बोकेर नास्ट पुगे । महर्जन भन्छन्, “सुरुमा त उहाँहरुको कुरा पत्याएको नै थिएनौं, त्यहाँ पुगेर रक्सीबाट स्यानिटाइजर बनाएको देखिसके पछाडि भने नपत्याउने कुरै भएन ।

उपकुलपतिले नै राजु महर्जनको भेट सजनलाल स्याउलासँग गराइदिए । राजु भन्छन्, “स्याउलाले पहिलेदेखि नै स्थानीय रक्सीबाट स्यानिटाइजर बनाएर प्रयोग गर्न सुरु गरिसक्नुभएको रहेछ ।”
राजुले थप स्यानिटाइजर बनाउन के गर्नु पर्छ भरेर सोधे । भोलि स्थानीय मदिरा लिएर आउनुस् भनेर स्याउलाले रजुलाई भने ।

भोलिपल्ट नै राजु ७ लिटर रक्सी बोकेर महागर पुगे । त्यही रक्सीबाट बनेको स्यानिटाइजर विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मान्यताअनुसार छ/छैन जाँच गर्‍यो । डब्ल्यूएचओको मान्यताअनुसारै स्यानिटाइजर बनेपछि महानगरले स्थानीयलाई स्यानिटाइजर बनाउने तालिम दिँदै छ ।

“कोरोनाबाट बच्न पूर्वसावधानीस्वरुप प्रयोग गरिने स्यानीटाइजरको अभाव नहोस् भन्नका लागि ललितपुर महानगरपालीकाको नेतृत्वमा स्यानीटाइजर उत्पादन तालिम दिइन लागीएको हो” ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए ।  

भिडियो: सुनील प्रधान

 

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro