site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुतीको कपडाबाट मास्क बनाउँदै ललितपुर महानगरपालिका, एक प्याकेटको ३५ रुपैयाँ
SkywellSkywell

काठमाडौं । रीना महर्जन सुतीको कपडा काट्दै छन्। कोही महिलाहरु लुगा सिलाउने मेसिनबाट मास्क सिलाउँदै छन् भने कोही सिलाइ सकेको मास्कमा आइरन लगाउँदै प्याकिङ गर्नमा व्यस्त छन् । यो दृश्य हो, ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाको ।

ललितपुर महानगरका  ६० जना भन्दा धेरै महिलाहरु मास्क बनाउने तालिममा लिइसकेका छन् । उनीहरुले आआफ्नो वडामा गएर कपडाबाट बनाउन सिकाउने छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबल कोरोनाभाइरस अर्थात कोभिड–१९ को त्राससँगै बजारमा उपभोक्ताहरुलाई मास्क पाउन मुस्किल भएपछि महानगरले तालिम दिन थालेको हो ।

KFC Island Ad
NIC Asia

केही समयअघि १० रुपैयाँमा किन्दै आएको ‘सर्जीकल मास्क’ मास्क अहिले ५० रुपैयाँमा किन्नुपर्ने र कतिपय अवस्थामा त्यो पनि पाउन छाडेको उपभोक्ताहरुको गुनासो छ । नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ ।  तर चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन ।

“कोरोनाबाट बच्न पूर्वसावधानीस्वरुप प्रयोग गरिने मास्क र स्यानिटाइजरको अभाव नहोस् भनेर ललितपुर महानगरपालिकाको नेतृत्वमा मास्क र स्यानिटाइजर उत्पादन तालिम दिइएको हो,” महानगरका प्रवक्ता राजु महर्जनले बताए ।  

Royal Enfield Island Ad

ललितपुर महानगरले प्रत्येक वर्ष महिलाहरुलाई सिलाइ-बुनाइको तालिम दिँदै आएको छ ।

नारी दिवसको दिन देखी सुरु भएको उक्त तालिम आइतबार सकिएको छ । प्रत्येक वडाबाट दुइ-दुइ जनाले लिएका र उनीहरु महानगररको २९ वटै वडामा गएर मास्क बनाउन सिकाउने छन् । एकजना महिलाले एक घण्टामा १० वटाभन्दा बढी मास्क बनाउन सक्ने र अझ सिलाइ मेसिन इलेक्ट्रिक हुने हो भने एक घण्टामा १० वटाभन्दा बढी बनाउन सक्ने मुख्य प्रशिक्षक कल्पना शाक्यले बताइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro