राजनीति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने युवकमाथि कुटपिट भएको छ ।
जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कुटपिट गरेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउने बेला जुगलले तिरुवालाई अगाडि र पछाडिबाट लातले हानेका हुन् ।
तिरुवाले अर्का एकजनाले पनि हातपात गरेका थिए । तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६ १७:३३
प्रतिक्रिया दिनुहोस्