site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्रीको सकस
Sarbottam CementSarbottam Cement

अर्थमन्त्री डा. युवराज खतिवडाले तीन महिना यता दर्जनभन्दा बढी सार्वजनिक कार्यक्रममा भाषण गरे । सहकारीदेखि दातृ निकायले आयोजना गरेका कार्यक्रममा पुगे । संयोग, अर्थमन्त्री फेर्ने चर्चा सुरु भएदेखि खतिवडाको भाषण गर्ने क्रम पनि बढेको छ । तर, ती भाषणमा उनले अर्थतन्त्रमा तरंग ल्याउने कुनै पनि कुरा बोलेनन् । न उनका भाषणमा कुनै नयाँ पन नै छ । प्रायः सबैले सुन्दै आएका परम्परागत कुरा राखेकाले अर्थमन्त्रीले दिएका अभिव्यक्ति चर्चाको विषय नै बनेनन् । बन्न सकेनन् ।  

दुई वर्षअघि अर्थमन्त्री नियुक्त हुँदा देशले विज्ञ अर्थमन्त्री पाएको भन्दै सरकारको प्रशंसा भएको थियो । खतिवडाको अर्थमन्त्रीमा नियुक्तीलाई प्रशंसा गर्नेहरु धेरै थिए । तर, उनको करिब दुई वर्षको काम देखेपछि प्रशंसकहरु निराश भएका छन् । प्रधानमन्त्री केपी ओलीको जति पनि उदार र नयाँ सोच अर्थमन्त्री खतिवडामा देखिएन ।

प्रधानमन्त्रीको भावनालाई अर्थमन्त्रीले अझ बढाउन सकेको भए देशको अर्थतन्त्रमा विगत दुई वर्षमा तरंग आउन सक्थ्यो । यो मौका पूर्ण बहुमत भएको बलियो सरकारले गुमाउन पुग्यो । विपक्षी पार्टी कमजोर (निकम्मा नै) परेकाले मात्र सरकारलाई सजिलो भएको हो । अर्थशास्त्रीहरु बोल्दा यो सरकारलाई कतै दुखिहाल्छ कि भनेर सत्य कुरा भन्न  सकिरहेका छैनन् । यसले गर्दा पनि अर्थमन्त्रीले आफ्नो कमजोरी देखिँदै गएको चाल नपाएका होलान् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले एक वर्षअघि नै सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको कार्यक्रममा स्पष्टरुपमा भनेका थिए – तपाइँहरुले कि गरेर देखाउनुहोस्, संस्था सुधार गर्नु होस्, होइन भने तपाईँहरुलाई पनि सरकारले हेर्छ भन्ने नसोच्नुहोस् । यसको स्पष्ट सन्देश थियो वायुसेवा निगममा सुधार गर, होइन भने सरकारी तवरबाटै यो गरिनेछ जागिरको ग्यारेन्टी सरकारले लिँदैन । यो अभिव्यक्ति तरंग ल्याउने खालको थियो । ल्यायो पनि ।

प्रधानमन्त्रीले केही महिनाअघि पनि समान्य भाषामा देशको अर्थतन्त्र, विकासका वारेमा प्रशंसायोग्य अभिव्यक्ति दिएका थिए । उनका अभिव्यक्ति सरल  र उदार थिए । ठेक्का लिने तर समयमा काम गर्ने ठेकदारको विषयमा उनले बोले । निजी क्षेत्रलाई उत्साहित किन बनाउन सकिएन् भन्नेबारेमा असन्तुष्टि व्यक्त गरे । केही दिनअघि पनि प्रधानमन्त्रीले उद्यमी व्यवसायीलाई निजी क्षेत्रका केही समस्या भए सरकार त्यो हटाउन तयार रहेको बताएका थिए । प्रधानमन्त्रीको यस भनाइले मात्र पनि निजी क्षेत्र उत्साहित भएको थियो । 

Global Ime bank

परन्तु, आर्थिक विषयमा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओली जति पनि उदार भएर अभिव्यक्ति दिन सकेनन् । प्रधानमन्त्रीको भावनालाई अगाडि बढाउन सकेका छैनन् । अर्थमन्त्री नियुक्त भएलगत्तै एउटा सार्वजनिक कार्यक्रममा एक जना वक्ताले आर्थिक मामिलामा उदार हुन डा. खतिवडालाई सुझाव दिएका थिए । तर, त्यहीँ भएका अर्थमन्त्री डा खतिवडाले यसलाई गलतरुपमा लिई आफ्नो बोल्ने पालोमा उदार हुनुको अर्थ नांगो हुनु होइन भने । उदारको अर्थ नांगो हुनु होइन यो सबैलाई थाहा छ तर नांगो हुँदा पनि लुगा गम्म छ भन्नु त भएन नि ! आफूसँग पीठोसमेत नभएका अर्थमन्त्रीले मैले चामलपनि विक्री गर्न सकिनसमेत भने ।

राजस्व संकलन बजेटको अपेक्षाअनुसार नहुने भएपछि लक्ष्य कम गरियो, सरकारी खर्च पनि बजेटमा राखिएभन्दा कम हुने भएपछि अर्थ मन्त्रालयले बजेटनै संशोधन गरेको छ । आयात घटेको छ, रेमिट्यान्स वृद्धिदर पहिलेभन्दा कम छ । तर, अर्थमन्त्रीले नांगो भएर आर्थिक वृद्धिदर भने बजेटको लक्ष्यअनुसार ८ प्रतिशत भन्दा बढी हुन्छ भन्ने दाबी गरिरहेका छन् । बजेटका कतिपय कार्यक्रम पूरा नहुने तर आर्थिक बृद्धिदर उच्च हुन त कसरी संभव हुन्छ ? कि त दबाब दिएर तथ्यांक तोडमोड गर्नु पर्यो । योजना आयोग र केन्द्रीय तथ्यांक विभाग सचेत भएन भने यो अवस्था पनि आउन सक्छ ।  

अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर, योजना आयोगका उपाध्यक्षलगायतले अर्थतन्त्र हामीले गर्दा विस्तार भइरहेको हो वा चलिरहेको छ भन्ने भ्रम नलिए हुन्छ । देशको अर्थतन्त्र विदेशमा काम गर्न जाने ४० लाखभन्दा बढी युवाले पठाएको रेमिट्यान्सले चलायमान भइरहेको हो । रेमिट्यान्स वृद्धि अलिकति कम हुँदा अहिले अर्थमन्त्रमा उकुसमुकुसको अवस्था आइसकेको छ ।

रेमिट्यान्स २० प्रतिशत जति घट्ने हो भने को कति पानीमा रहेछन् त्यो यथार्थ देखिन्छ । भाग्यवश त्यो अवस्था अहिलेसम्म आएको छैन । रेमिट्यान्सबाट पैसा आइरहेको छ र देशभित्र दलाल अर्थतन्त्र चलिरहेको छ । अहिलेको यथार्थ यही हो । यही भएर जग्गा दलाल, विदेशमा कामदार पठाउने दलाल, सरकारी निकायमा नियुक्त गर्ने दलाल, विद्यार्थी पठाउने दलाल, ठेक्का पट्टा मिलाउने दलाल, अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउने दलाल यस्तै यस्तैहरू मालामाल भइरहेका छन् । अनि ४० लाख नेपाली विदेशमा काम गर्छन् । कर्मचारी प्रशासनको कब्जामा रहेको सरकारी संयन्त्र निजी क्षेत्रलाई हतोत्साहित गरिरहेको छ । यसमा जानेर नजानेर सरकारका कतिपय पदाधिकारीहरु पनि मिलिरहेका छन्।

यती समूहलाई विभिन्न क्षेत्रका जमिन उपयोग गर्न दिइयो । यसमा प्रधानमन्त्री ओलीमाथि पनि औंला उठ्यो । निजी क्षेत्रले कुनै जमिनको उत्पादनशील काममा लगाउँछ भने त्यसको विरोध गर्नुपर्ने कुनै कारण छैन । लुक्लाबाट हिँड्दा एक दिन लाग्ने कोन्दे डाडामा सरकारी जमिनमा यति ग्रूपले सानो रिसोर्ट बनायो हेटिकप्टरबाट पर्यटक लग्यो । त्यसले देशलाई केही बेफाइदा भएको छैन । बरु रोजगारी दिएको छ । विदेशी मुद्रा आर्जन गरेको छ । यसको विरोध गर्नुको खासैै अर्थ छैन । केही सर्तहरु राखेर निजी क्षेत्रलाई सरकारले जमिन वा सम्पत्ति उपयोग गर्न दिँदा फरक पर्दैन । तर, यो व्यवस्था सबैका लागि समान हुनुपर्छ । यो निजी क्षेत्रकै हितको निर्णय हो । तर, अर्थमन्त्रीले कहीँ कतै यसको सैद्धान्तिक बचाउ गरेनन् । 

अमेरिकाले दिएको एमसीसी अन्तर्गतको ५५ अर्ब रुपैयाँ बरावरको अनुदान सहयोगमा यत्रो विवाद भइरहेको छ । बरु संचारमन्त्रीले समय दिएर यसको बचाउ गरे । जुन चर्चित पनि भयो । तर, अर्थमन्त्री एमसीसीका बारेमा मौन बसेका छन् । वैदेशिक सहयोग अर्थमन्त्रालयमार्फत आउने हो । अर्थमन्त्रीले एमसीसीका बारेमा यथार्थ यो हो भन्नुपर्ने हैन ? 

सरकारले ल्याएको योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम विवादमा परेको छ । यसको बचाउ गर्ने कसले ?

जति भाषण गरे पनि अर्थमन्त्रालयले नै आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले दुईवटाभन्दा बढी प्रश्न लिने आँट गरेनन् । पत्रकारका प्रश्नले अर्थमन्त्रीलाई काम गर्न अप्ठ्यारो पर्छ र ? पत्रकारले प्रश्न गरे भने विकास खर्च अझ कम हुने हो र ?  यो होइन भने अर्थमन्त्रीले किन पत्रकारलाई प्रश्न सोध्नसमेत बन्देज लगाए ?

अहिले निजी क्षेत्र निकै हतोत्साहित छ । निजीक्षेत्रको मनोबल बढाउन नयाँ चरणको आर्थिक सुधार कार्यक्रम आवश्यक देखिएको छ । देशलाई यथास्थितिमा राखेर आफू फाइदामा बसिरहने सोचको कर्मचारी प्रशासनमा व्यापक सुधारको खाँचो छ । देशमा कामदारको अभाव हुन थालेको छ तर रोजगारीको खोजीमा युवा विदेशीने क्रम रोकिएको छैन । पछिल्लो समयमा महँगी आकासिएको छ ।

आर्थिक तथ्यांकहरु साप्ताहिक राशिफल जस्ता छन् । साप्ताहिक राशिफलमा आम्दानी बढ्ने तर स्वास्थ्यमा संकट, परिवारमा शान्ति तर खर्च बढ्ने जस्ता वाक्यांश हुन्छन् । अर्थतन्त्रपनि यस्तै छ । आयात घटेको छ, ऊर्जाको माग कम भयो, निजी क्षेत्रलाई जाने कर्जा बृद्धिदर कम छ, निकासी बढेको छ, विदेशी विनिमयको संचितिमा सुधार छ, सरकारी खर्च न्यून । डा. खतिवडा अर्थमन्त्री बन्नुअघि पनि अर्थतन्त्र यस्तै राशिफलको विवरणजस्तो थियो, अहिले पनि त्यस्तै छ । यी अर्थतन्त्र देशको नियन्त्रणमा नहुँदा देखिएका अन्तविरोधी प्रवृत्ति हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय