site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इन्टरनेसनल डेलिगेट्सलाई ‘बुलबुल’ देखाइँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले नेपालमा पनि राम्रा चलचित्र बन्ने थालेको बताएका छन् । ‘साउथ एसियन फिल्म फेस्टिभल’मा विनोद निर्देशित नेपाली कथानक चलचित्र ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेपछि फ्रान्सेली राजदूत लेजेले निदेर्शकलाई बोलाएर बधाई तथा धन्यवाद दिएका हुन् । 

बुधबार चलचित्र निर्देशक पौडेल र नायिका स्वस्तिमा खड्कालाई बोलाएर उनले ‘बुलबुल’को प्रशंसा गर्दै नेपालमा पनि राम्रा चलचित्र बन्न थालेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“राजदूत फंसोआ जाविये लेजेले नेपाली चलचित्र पनि राम्रो बन्न थालेको बताउनु भयो,” निर्देशक पौडेलले भने, “उहाँले नेपाली कला साहित्य अन्तर्राष्ट्रिय जगतमा पु¥याउन चलचित्रको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले बुलबुल जतिको चलचित्र नेपालमा रहेका फ्रान्सेली नागरिकले हेर्ने हो भने नेपाली चलचित्रप्रति राम्रो धारणा बन्ने उहाँले बताउनु भयो ।”
 
राजदूत लेजेले आफूसँग इन्टरनेसनल डेलिगेट्सहरुलाई आफ्नै निवासमा ‘बुलबुल’को प्राइभेट स्क्रिनिङ गर्नका लागि चलचित्र मागेको निर्देशक पौडेलले जानकारी दिए । 

‘साउथ एसियन फिल्म फेस्टिभल’मा विनोद निर्देशित नेपाली कथानक चलचित्र ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेको थियो । जनवरी २८ देखि फेब्रुअरी २ सम्म फ्रान्सको पेरिसमा भएको  फेस्टिभलमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक पौडेल सहभागी भएका थिए ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय