site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रोबर्ट प्याटिनसन विश्वकै सुन्दर पुरुष
Sarbottam CementSarbottam Cement

एजेन्सी । ट्वाइलाइट अभिनेता रोबर्ट प्याटिनसन विश्वका सबैभन्दा सुन्दर पुरुष घोषित भएका छन् । उनलाई एक वैज्ञानिक अनुसन्धानका आधारमा विश्वकै सुन्दर पुरुषको उपाधि दिइएको हो । 

‘गोल्डेन रेसियो अफ ब्युटी फाई’ नामक अनुसन्धानले व्यक्तिको शारीरिक बनावटका आधारमा ‘सुन्दर अनुहार’ मापन गर्छ । ३३ वर्षीय अभिनेता प्याटिनसनको अनुहार अरू अभिनेताको तुलनमा ९२.१५ प्रतिशत मिल्न गएको बताइएको हो । 

फेसियल कस्मेटिक सर्जन डा. जुलियन डी सिल्भियाले अनुहारका सबै अंग मापन र अरू अभिनेतासँग तुलनापछि प्याटिनसन विजेता भएका थिए । “उनी सबै विधामा उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । तर ओठ केही पातलो र समतल भएका कारण यो विधामा भने औसतमा परे,” डा. सिल्भियाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

 

त्यस्तै यो लिस्टको दोस्रो स्थानमा अभिनेता हेनरी क्याविलल पर्न सफल भएका छन् । गोल्डेन रेसियो रेटिङका आधारमा उनको अनुहारले ९१.६४ प्रतिशत पाएका हुन् । त्यस्तै ९१.०८ प्रतिशतका साथ ब्राडली कुपर तेस्रोमा र ९०ं५१ र ८९.९१ प्रतिशतका साथ ब्राड पिट र जर्ज क्लुनी चौथो र पाँचौ स्थानमा परेका छन् ।

भने ह्यू ज्याकम्यान (८९.६४), डेभिड बेकहम (८८.९६), इद्रिस एल्बा (८८.०१), कानिएइ वेस्ट (८७.९४) र रायन गोस्लि (८७.४८) प्रतिशतले क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दसौं स्थानमा पर्न सफल भएका छन् । विश्वका सुन्दर महिलामा भने ९४.३५ प्रतिशतले बेला हदिद पहिलो स्थानमा छिन् । (डेलिमेल डटकम)


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय