site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘भगवान्‌को आशीर्वाद, एकैछिनमा वज्रपात !’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर महानगरपालिका २, सानेपामा छ, पूर्वसचिव अर्जुन कार्कीको घर । घरमा कार्कीसहित उनकी श्रीमती मुना, १० वर्षीय छोरा र घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरी थिए ।

विजय दाङका हुन् । उनलाई १०/११ वर्षअघि कार्कीले घरमा ल्याएका थिए । सोमबार बिहान कार्कीकै गाडीमा उनका छोरालाई चालकले युलियन्स स्कुल खुमलटार पुर्‍याए । छोरालाई स्कुल छाडेपछि उनले कार्कीले चढ्ने प्रदेश ३–०१–०२२ च ०७०९ नम्बरको गाडी घरमा ल्याएर छाडे र  आफ्नो घरतिर लागे ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहान ८ बजे कार्की सोही गाडीमा पशुपतिनाथको आशीर्वाद लिन गए । उनी मन्दिरबाट फर्किंदा ११ बजेर २० मिनेट गएको थियो । निधारमा टीका र माला लगाएर फर्किएका कार्की जब घर पुगे अनि श्रीमतीलाई बोलाए ।

कुकुर जोरले भुक्न थाल्यो । कार्की जब घरभित्र पसे, उनले ‘डायनिङ’ टेबुलको छेवैमा झुन्डिरहेको अवस्थामा विजयलाई देखे । उनी आत्तिए । मुनाको खोजी गर्न थाले । खोज्दै जाँदा भान्सामा बेहोस् भएर लडिरहेकी थिइन्, मुना ।

Global Ime bank

त्यसपछि प्रहरीलाई खबर पुग्यो । प्रहरी आयो । कार्की भन्छन्, ‘‘सबैले श्रीमती मुनाको ज्यान गइसकेको बताएपछि म पनि आत्तिएँ । रुन थालें । एक घण्टापछि एकजना चिकित्सकले ज्यान तातो छ भनेपछि अस्पताल लग्यौं । तर उनले संसार छाडिन् ।’’ मुनाको शरीरमा रगत देखिएको र टाउको चोट लागेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक राई बताउँछन् । विजयले नै घरमा कोही नभएको मौकामा मुनाको हत्या गरी आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर अहिले नै घटनाबारे निष्कर्षमा पुग्न नसकिने एसएसपी राईको भनाइ छ ।

विजय विगत १० वर्षदेखि कार्कीकै घरमा कार्यरत थिए । कार्कीका दुई छोरी विदेशमा छन् । ललितपुर प्रहरीका एसएसपी राईले घटनाबारे अनुसन्धान जारी रहेको बताए । पत्नीवियोगमा रहेका कार्कीलाई भेट्न सयौं आफन्त घरमा पुग्ने क्रम जारी छ । कार्कीले भने, ‘‘भगवान् रहेनछन् । भगवान् भएको भए त यस्तो वज्रपात किन हुन्थ्यो । मेरो सारा संसार उजाडियो । जसलाई छोराजस्तै मानेर पालें उसैले यतिसम्म किन गर्‍यो ?’’

कार्कीको घरमा चारवटा सीसीटीभी जडान छन् । परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले घटनास्थललगायत सीसीटीभीको फुटेजको अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटसम्म विजय काममै रहेको देखिएको छ । भान्सामा केलाएको तरकारी राखिएको पनि पाइएको छ । तर हत्यापछि आत्महत्या किन गरे भन्ने खुलेको छैन । एक प्रहरी अधिकारीले भने, ‘‘अहिले हामीले प्रारम्भिक अनुमान मात्रै गरेका हौं । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । घटना के कारणले भयो, गहन रूपमा हेरिरहेका छौं ।’’ प्रहरीले घटनास्थलबाट मोबाइललगायत अन्य सामग्री बरामद गरेर लगेको छ । घरभित्र आफन्तबाहेक अरूलाई जानबाट रोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement