site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रिय सभा : दाङमा तीन सदस्यका लागि ३०५ जनाले मतदान गर्ने, तयारी पूरा
Sarbottam CementSarbottam Cement

दाङ । राष्ट्रिय सभा सदस्यका लागि दाङमा बिहीबार हुन लागेको मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । फागनुबाट रिक्त हुन लागेका १९ जना सदस्य मध्ये १८ पदका लागि हुन लागेको निर्वाचनमा प्रदेश ५ मा ३ सदस्यका लागि ३०५ जनाले मतदान गर्ने भएका छन् । 

घोराहीको कर्मचारी मिलन केन्द्र घोराहीमा निर्धारण गरिएको क र ख मतदान केन्द्रमा बिहान १० बजेबाट शुरु हुने निर्वाचनका लागि सबै खटन-पटनसँगै सबै निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन् भने 'ख' मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । 'क' मतदान केन्द्रमा प्रदेश ५ का ८७ जना प्रदेश सभा सदस्य मतदाता रहेका छन्  भने ख मतदान केन्द्रमा प्रदेश भरका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता रहेका छन् । 

तीन सदस्यका लागि नौजनाको उमेदवारी परेको छ । कुल ३ जना सदस्यका लागि प्रमुख सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस, जनमोर्चा, रापजा, संघीय समाजवादी पार्टीलगायत दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । 

Global Ime bank

'क' मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा गजेन्द्रबहादुर एमसीलाई र 'ख' मतदान केन्द्रमा सुशील देवकोटालाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । एक मतदान केन्द्रमा मतदान अधिकृतसहित ८ जनाका दरले दुई वटै मतदान केन्द्रमा १६ जना खटिएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

बिहीबार बिहान ८ बजेबाट मतदान केन्द्रमा मतदाताको विवरण रुजु गरी सबै प्रकृया सकाएर १० बजेबाट मतदान सुरु गरिने भएको छ । मतदान अपरान्ह ४ बजेसम्म चल्ने उनले बताए । मतदाताले मतदान गर्न ४ बजेभित्र मतदाता परिचय पत्र वा फोटोसहितको परिचय खुल्ने परिचय पत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।

अहिले मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय