site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पूर्वमन्त्रीको खेती-किसानी
Sarbottam CementSarbottam Cement

दाङ । पूर्वमन्त्री लोकेन्द्र विष्टले तुलसीपुर-घोराही खण्डको बिजौरीमा ३ बिघा ५ कठ्ठामा १५ वर्षका लागि भाडामा लिएर ड्रागन फ्रुटको खेती गरेका छन् । यो सिउँडी प्रजातिको बिरुवा हो । रातिमा मात्रै फुल्ने हुँदा यसलाई ‘क्विन अफ नाइट’ रातकी रानी पनि भन्ने गरिन्छ । गत वर्षदेखि उनले खेती सुरु गरेका थिए ।

९ महिनाको अवधिमा उनले लगाएको ड्रागन फ्रुट ३ महिनामा केही थोरै मात्रामा फलेको उनले बताए । ‘केही फल्यो झन्डै एक दर्जन जति, त्यो हामीले चाख्यौं,’विष्टले भने, ‘हामी त्यसबाट निकै उत्साही छौं । यो असारमा यसले राम्रो फल दिने आशा छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वमन्त्री विष्टको फर्ममा ड्रागन फ्रुटको बोटहरु निकै आकर्षक ढंगले हुर्किएका छन् । कहिलै यो खेती जिल्लामा नदेखेकाहरुले पहिलोपटक त्यो देख्दा आश्चर्य मानेर हेर्ने गरेको विष्टले बताए । उनले ड्रागन फ्रूटका लागि झन्डै ३ हजार ५ सय जति मोटरसाइकलका पुराना टायर पनि प्रयोगमा ल्याएका छन् । त्यसलाई क्यापका रुपमा प्रयोग गरिएको छ ।

Global Ime bank

उनले ड्रागन फ्रुटको नर्सरीसमेत तयार पारेका छन् । त्यसबाट उनले राम्रो आम्दानी गरिरहेका छन् । एउटा बेर्नालाई दुईदेखि तीन सयसम्ममा बिक्री गर्दै आएका छन् । पूर्वमन्त्री विष्टको फार्ममा बाँकेको नेपालगन्ज, रोल्पालगायत जिल्लाबाट ड्रागन फ्रुटको बेर्ना किन्न मानिसहरु आउँछन् । उनको फर्ममा एभोकाडोको बिरुवा प्रतिबिरुवा ५ सय रुपैयाँमा खरिद गर्न पाइन्छ । उनले मुन्तला, सावर, सर्पगन्धा, कुरिलो, टाटे सिमी, केपिलो मेलनजस्ता बोटबिरुवा नर्सरीमा हुर्काइरहेका छन् ।

यसअघि दाङलगायत बाहिरी जिल्लामा समेत कालो चामलको खेती गरी चर्चा बटुलेका पूर्वमन्त्री विष्टले यसपटक कुनै प्रयोगविहीन बनेको नांगो डाँडोमा ड्रागन फ्रुटको बोटहरु झुलाएर सबैलाई चकित पारिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement