site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जिल्ला सभापति भेलाबाट पौडेल उत्साही, महामन्त्रीले भने - निर्णय नसच्याए अर्को कदम !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट जिल्ला सभापतिहरुको भेलाबाट उत्साही भएको बताएका छन् । बुधबार सम्पन्‍न भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले असन्तुष्ट जिल्ला सभापतिहरुले लिएको अडानबाट आफू उत्साहित भएको बताएका हुन् ।

उनले भने, "हाम्रो मागमा जिल्ला सभापतिहरुले समर्थन जनाउनु भयो । त्यसले हामी थप उत्साहित भएका छौं ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पौडेल समूहले पुस ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु खारेज गर्न माग गरेको थियो । उक्त एजेण्डालाई ४३ जिल्लाका सभापतिहरुले समर्थन गर्दै पौडेलले बोलाएको भेलामा सहभागी सोमबार काठमाडौं आएका थिए । 

भेलालाई सम्बोधन गर्दै महामन्त्री शशांक कोइरालाले सभापति देउवा पुस ११ गते गरेका निर्णय सच्याउन तयार रहेको प्रतिक्रिया दिएका हुन् । सभापतिले निर्णय नसच्याए के गर्ने भन्‍ने सञ्‍चारकर्मीको प्रश्‍नमा उनले भने, "निर्णय नसच्याए हामी फेरि सोच्छौं र अर्को कदम चाल्छौं ।" 

उनले अर्को कदम के हुने भन्‍ने विषयमा भने स्पष्ट पारेनन् । 

सभापति देउवाले पौडेलले बोलाएको भेलामा सहभागी जिल्ला सभापतिहरुलाई बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा बोलाएर लन्‍च पार्टी दिने भएका छन् । 

यो पनि, 

देउवाविरुद्ध ४३ जिल्ला सभापति काठमाडौंमा, भन्छन्- ‘केन्द्रीय समितिको निर्णय मान्दैनौं’

निर्णय सच्याउन देउवा तयार ! महत भन्छन् : नेविसंघमा ४९ र विभागमा ४० प्रतिशत पौडेललाई दिन तयार छौं

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १७:५३
प्रतिक्रिया दिनुहोस्