site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतलाई के भयो ? 

यही प्रश्न अचेल मेरा मनमा निरन्तर उठिरहन्छ । अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले काश्मीरमा दमन, बढ्दो हिन्दु प्रभुत्ववाद, नयाँ कानुनहरूविरुद्ध व्यापक विरोध प्रदर्शन, महिलाहरूमाथि अत्याचार र यस्तै यस्तै समाचार दिइरहेका छन् । कुनै बेला विश्वमै तीव्र गतिमा बढ्दै गरेको खुला बजार, उदार लोकतन्त्रका रूपमा दुनियाँले प्रशंसा गर्ने भारत अहिले हिंसा, असहिष्णुता, अनुदार अधिनायकवादलाई निम्त्याउन लागेजस्तो देखिएको छ ।

समाचारहरू सत्य हुन् र तिनले चित्रण गर्ने तस्बिर राम्रो छैन । परन्तु, भारतका शुभचिन्तकहरूले मुलुकप्रति आशा मार्नु भने हुँदैन । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार विरुद्ध कुनै राजनीतिक दलको आह्वानविना स्वःस्फूर्तरूपमा विरोध प्रदर्शनमा उत्रिएका युवाको समर्थनमा लोकतान्त्रिक विपक्षले प्रतिवाद गरिरहेको छ । भारतमा लोकतन्त्रको जरा गहिरोसँग गाडिएको छ मुलुकका कैयौं स्वतन्त्र संस्था र राजनीतिकरूपमा सचेत नागरिकलाई नढालीकन यो सजिलै समाप्त हुनेछैन । 

भारतको वर्तमान दशा भारतीय राजनीतिमा तीन दशकमा हुर्केको प्रवृत्तिको प्रतिफल हो । आठौं पटक त कसो सफल नहोला ! 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो, गहिरो जरा गाडेको लोकतन्त्रको सामाजिक प्रभाव परेको छ । धेरै पर्यवेक्षकहरूले देखेजस्तै सन् १९४७ मा स्वतन्त्रता हुँदा रोपिएको दुर्बल लोकतन्त्रले पछाडि पारिएका जात र समुदायको सशक्तीकरणसँगै गहिरो जरा गाडिसकेको छ । सन् १९८९ मा मण्डल आयोगको प्रस्तावको कार्यान्वयनले सरकारी सेवा, विश्वविद्यालयहरूमा कुनै बेला अछुत मानिने दलित र जनजाति भारतका आदिवासीलाई जस्तै अन्य पछाडि परेको वर्गलाई पनि आरक्षण वा कोटा दिँदा पहिले दमन गरिएकाहरू सशक्त राजनीतिक शक्ति हुन पुगेका छन् । राजनीतिक सशक्तीकरणको तीन पुस्ताले सामान्य शिक्षा पाएका हिन्दी मातृभाषा भएका र साना सहरका वासिन्दाले सहरका अंग्रेजीभाषी सम्भ्रान्तहरूको प्रभुत्व समाप्त पारे जस्ले उदार धर्मनिरपेक्षतालाई भारतको प्रमुख मान्यताका रूपमा स्थापना गरेका थिए । अहिले शासनमा बेग्लै प्रकारको मानसिकता व्याप्त छ । 

दोस्रो, सांस्कृतिक विश्वव्यापीकरणका विरुद्ध प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा टर्की र अमेरिकामा जस्तै धर्मनिरपेक्ष सहरीया सम्भ्रान्तहरूविरुद्ध उनीहरूको पश्चिमी जीवन शैली र आफूलाई विश्व नागरिक ठान्ने धारणाविरुद्ध बढ्दो असन्तुष्टि प्रकट भएको छ । भारतको सामाजिक परम्परावाद फिल्म र टेलिभिजनमा चित्रण गरिएको सामाजिक र नैतिक मूल्यको पतनबाट झस्केको छ । परम्परावादीहरू महिलाहरूलाई घरबाहिर काममा जान दिन, जिन्स र अन्य गैरभारतीय पहिरन लगाउन दिन, पश्चिमको काम गर्ने समयमा कल सेन्टरहरूमा काम गरेर राति अबेर घर फर्केको र स्थानीय सामाजिक प्रथाको बन्देजबाट आफूलाई स्वतन्त्र बनाएको देख्न  चाहँदैनन् ।

Global Ime bank

तेस्रो, राजनीतिक भित्रिया वर्गविरुद्ध विद्रोह भएको छ । राज्यमा हालिमुहाली गर्ने राजधानीको मुटुमा रहेको ‘ल्युटिएन्स दिल्ली’ वासी ठूला र शक्तिशालीहरूलाई तिनका आलोचकहरूले भ्रष्ट, स्वार्थी, अदक्ष र परिवर्तन विरोधी वर्गका रूपमा हेरे । एक्काइसौं शताब्दीको पहिलो दशकमा तिनले अपनाएका उदारवाद, धर्मनिरपेक्षता, राजनीतिक ‘भित्रिया चलखेल’ र दोस्रो स्तरको शासनलगायतका विरुद्ध बढ्दो अस्वीकार देखियो । यस भावनालाई सबैभन्दा पहिले सन् २०११ को आन्दोलनमा गान्धीवादी नेता अन्ना हजारेले प्रयोग गरे । मुलुक भ्रष्ट शासक वर्गबाट मुक्त हुनुपर्छ भन्ने प्रदर्शनकारीहरूको मागले सन् २०१४ मा मोदीको विजयमा महत्त्वपूर्ण योगदान गरेको थियो ।

चौथो, सन् १९९१ पछि विश्व बजारको यथार्थको प्रतिक्रियामा भएको भारतको राज्य संरक्षित अर्थतन्त्रको उदारीकरणले धनाढ्य व्यवसायी समुदायको शक्ति बढायो जुन समुदाय थप अवरोधहरू हटाउन व्यग्र थियो र बिचौलियाहरू समाप्त होउन् भन्ने चाहन्थ्यो र त्यसका लागि राजनीतिक परिवर्तन ल्याउन लगानी गर्न तत्पर थियो । मोदी र भारतीय जनता पार्टीले यसको फाइदा उठाए कम्तीमा पुँजीवादी नवकुवेरहरूबाट उदार चन्दाका रूपमा । 

पाँचौं, विश्वभर विगत चौथाइ शताब्दीमा फैलिएको बढ्दो धार्मिकताले हिन्दुत्व पुनरुत्थानवादमा आफ्नो सहयात्री भेट्यो । आशिंकरूपमा यो साउदी अरेबियाको लगानीमा बनेका चहकिला मस्जिदहरूको वाहबी÷सलाफी धर्मशास्त्रको उत्तेजक प्रचारबाट पनि बढेको थियो । भारतीय मुसलमानहरूले पनि आफूलाई सजगतापूर्वक विश्व मुस्लिम समुदायसँग पहिचान जोड्न थाले भने इस्लामलाई पनि उनीहरू हिन्दुबाट स्पष्टरूपमा फरक देखाउने गरी पुनःपरिभाषित गर्न थाले । 

अर्कातिर, रामायण, महाभारतजस्ता महाकाव्यको टेलिभिजन शृंखलाको लोकप्रियताले हिन्दु जागरकण बढाउन मद्दत गर्यो, ‘मुस्लिम तुष्टीकरण’को चर्चा बढ्यो र सर्वोच्च अदालतले सम्बन्ध विच्छेद गरिएकी मुस्लिम महिलालाई पालनपोषण खर्च दिनुपर्नेजस्ता निर्णय गर्न थाल्यो, भारतीय जनता पार्टीको नेतृत्वमा सोह्रौं शताब्दीो बाबरी मस्जिद हटाउने अभियान लोकप्रिय भयो । अधिकांश हिन्दुहरू बाबरी मस्जिद भएको ठाउँ हिन्दु देवता रामको जन्मभूमि भएको विश्वास गर्छन् । यी सबैबाट हिन्दु प्रभुत्ववादी खाकी कट्टुधारी राष्ट्रिय स्वयंसेवक संघको विस्तारलाई सहयोग पुग्यो । यसले असंगठित हिन्दु असन्तुष्टिलाई स्पष्ट अवधारणा दिएर संगठित बनाउन मद्दत गर्यो । सन् १९८० को दशकको मध्यदेखि भारतीय जनता पार्टीको विस्तार राष्ट्रिय स्वयंसेवक संघकै पदचिह्नमा भयो । 

छैटौं, मुस्लिम पाकिस्तानले भारतमा आतंकलाई उक्साउने, लगानी गर्ने र फैलाउने अभियान चलाएकै बेला हिन्दु चेतना जागरण सुरु भयो । काश्मीरमा सेनालाई समर्थनले सैनिक आमक्रमणको बाटो खोल्यो । सन् १९९९ को कारगिलमा एउटा थुम्को कब्जा गर्ने पाकिस्तानी फौजको प्रयास छोटो रक्तरञ्जित युद्धपछि विफल भएको थियो । पाकिस्तानप्रतिको बढ्दो वैरभाव र शान्ति स्थापना गर्ने पटकपटकका प्रयास विफल भएपछि हिन्दुहरूमा उनीहरूलाई लक्षित गरिएको विश्वास झन् बलियो भयो ।  

सातौं, भारत ६५ प्रतिशत जनसंख्या ३५ वर्ष मुनिको भएको संसारकै कान्छो प्रमुख मुलुक हो । युवा भारतीयहरू परिवर्तन र प्रगतिका लागि व्यग्र छन् र पुरानो राजनीतिबाट दिक्क भएका छन् । विशेषगरी सन् १९८९ देखि २०१४ सम्म शासन गर्ने राजनीतिक गठबन्धनको भद्रगोलबाट वाक्क भएका थिए । उनीहरू भारत आत्मविश्वासयुक्त, आक्रामक र विश्वमा राज गर्न तयार होस् भन्ने चाहन्छन् । मोदीको दम्भी आत्मविश्वासमा यही इच्छा ध्वनित हुन्छ ।

अन्त्यमा, ट्विटर, फेसबुक, ह्वाटसएपजस्ता सामाजिक सञ्चार मुख्य प्रभावशाली तथा पूर्वाग्रहको पुनःप्रशोधन गर्ने सर्वव्यापी मञ्च हुन पुगेका छन् । सामाजिक सञ्चार माध्यमहरूले व्यक्तिले पहिले व्यक्त गर्ने आँटै नगरेको तर अब सहजजस्तो हुन पुगेको अन्धविश्वास र पूर्वाग्रहलाई पनि प्रकट हुने अवसर दिन्छ । एक्कासि, असहिष्णु कट्टरता र मुसलमानप्रतिको शत्रुता उदाहरणीय बन्न पुग्यो भने पहिले नागरिक भद्रतामा लुकेको कट्टरता चुनावी सम्पत्ति बन्यो ।  

यी सबै त्यति बेला मूर्त हुन पुगे जब मोदीजस्तो सन्देशबाहक भेटिए । हिन्दुत्वको  निर्विवाद पहिचान भएका कडा र दक्ष गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी र कुशल प्रशासन अमीत शाहले आर्थिक विकासको नेतृत्व गर्ने सन्देश कुशल अभियान व्यवस्थापकहरूले प्रस्तुत गरे । भारत मोदीको सन्देश लिन तयार भइसकेको थियो र सन् २०१४ र २०१९ को भारतीय जनता पार्टीको विजय यसैको परिणाम हो । त्यसको प्रथिफल त हामी अहिले भोगिरहेकै छौँ तर माथिका आठ तत्त्वहरूले हामी त्यहाँ कसरी पुग्यौँ भन्ने व्याख्या गर्छन् । 

(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)  

(भारतीय लोकसभाका सदस्य ) 

Copyright: Project Syndicate, 2020.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय