site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेपाल भ्रमण वर्ष २०२०’ बारे निजी क्षेत्र के भन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । भ्रमण वर्ष शुभारम्भ भएको घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजे दशरथ रंगशालामा आयोजना हुने विशेष कार्यक्रमबाट गर्दैछिन् । भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न देशका पर्यटन मन्त्रीले शुभकामना दिनेछन् । 

होटल एसोसिएसन अफ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स् (नाट्टा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा नेपाल), नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्यसहित पर्यटन व्यवसायीको नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा लिइएको प्रतिक्रिया 

विभुती चन्द ठाकुर, अध्यक्ष, पाटा नेपाल

KFC Island Ad
Dabur Nepal
NIC Asia


यस अभियानमार्फत् सरकारले निजी क्षेत्रलाई एउटा मौका दिएको छ । त्यो मौकालाई हामीले सफलता दिलाउन तन, मन र धनले सकेसम्म लागि पर्छौं, लागि परेका पनि छौं । यसलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ । जे जति सकिन्छ, हामी कोशिस गर्छौं । केही व्यक्तिहरू २० लाख पर्यटक पुग्न सक्दैन भनेर आलोचना गरिरहेका पनि छन् ।

त्यस्ता साथीहरूलाई मेरो आग्रह छ, हामीले एउटा मौका पाएका छौं, के÷कति सक्छौं, गरौं । भोलि २० लाख नै पुगेन तर १८ लाख पुग्यो भने पनि त हाम्रो सफलता हुन्छ । १२ लाखबाट एकै वर्षमा १८ लाख पुग्यो भने त्यो पनि त सफलता हो ।

Royal Enfield Island Ad

यो अभियानमा कोही पनि नकारात्मक हुनुहुँदैन । पूर्वाधार बन्दै गर्छन्, हामीले पर्यटक ल्याउने हो, सबै लागौं । पर्यटक कसरी ल्याउने भन्ने निजी क्षेत्रको आ–आफ्नै योजना हुन्छन् । पाटा नेपालका तर्फबाट फेबु्रअरी २२ देखि २६ सम्म नेपाल, भारत र चीनका बीचमा एक्स्पो गर्दैछौं । यी तीन देशमध्ये नेपाल बीचमा रहेकाले पनि हाम्रो भूमिका महत्त्वपूर्ण छ ।

पर्यटकको संख्याको मात्रै कुरा गर्ने हो भने भारत र चीनबाट नै धेरै आउने देखिन्छ । पाटाले धेरै खर्च गर्ने चिनियाँ पर्यटक ल्याउन कोसिस गर्दैछ । जनवरी, फेबु्रअरी चिनियाँ पर्यटकका लागि सही समय छ । 

यस्तै जुन १२ देखि १५ सम्म हिमालयन ट्राभल मार्ट गर्दै छौं । यो पटक विगतका वर्षमा भन्दा व्यापक तरिकाले कार्यक्रम गर्दैछौं । कोशिस नगरी बस्ने हो भने कहीं पनि पुगिँदैन, कोशिस गरौं अवश्य पनि सफलता पाइएला ।

विनायक शाह, प्रथम उपाध्यक्ष, हान


नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महेत्सवका रूपमा लिएका छौं । निकै सम्भावना भएर पनि देशले पर्यटनबाट धेरै फाइदा लिन सकिरहेको छैन, यस सन्दर्भमा भ्रमण वर्ष सफदायी हुने अपेक्षा गरेका छौं । पर्यटनले मुलुकको आर्थिक समृद्धिमा धेरै काम गर्न सक्छ । त्यसैले पनि हामी यो अभियान सफल बनाउन लागि परेका छौं ।

पर्यटन सबैलाई समेट्न सक्ने क्षेत्र हो । सबैले आफ्नो महोत्सवका रूपमा मनाउनुपर्छ, सफलताका लागि सबै लाग्नुपर्छ । नेपाल आउने पर्यटकको ५०÷६० प्रतिशत समय त होटलमै बिताउँछन् त्यसैले हामीले दिने सेवा सुविधाप्रति हामी सजग छौं र अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिन तयार छौं ।

हामीले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिन सकेनौं भने उनीहरू किन नेपाल आउने ? अन्यत्र पनि जान सक्छन् नि ! त्यसैले हामीले होटलको ‘स्ट्यान्डर्ड मेन्टेन’ पनि गरेका छौं ।

२० लाख पर्यटक ल्याउन कुनै समस्या छैन । तर, पूर्वाधार छैन । हवाई, सडक सञ्जालसहित पूर्वाधार राम्रो बनाउने अति आवश्यक छ । सरकारले २०२० देखि २०३० सम्मलाई पर्यटन दशकका रूपमा मनाउने भनिसकेको सन्दर्भमा हामी पर्यटन व्यवसायी पनि सोही अनुुसार अगाडि बढिरहेका छौं ।

पूर्वाधार एक÷दुई वर्षमा तयार हुन सक्दैन, तर अब पूर्वाधारमा ध्यान दिनैपर्छ । त्यसैले पर्यटनमा नयाँ सोच विकास भएको छ । आजबाट यो अभियान सुरु हुँदैछ यसले ऊर्जा दिने छ र यो ऊर्जालाई दशकसम्म बढाउनु जरुरी छ । भ्रमण वर्ष २०२० सफल बनाउन निजी क्षेत्रले पनि अठोट लिएको छ, यो अठोटलाई बढाउँदै लैजानुपर्छ ।  

सीएन पाण्डे, अध्यक्ष, नाट्टा


भ्रमण वर्ष नेपाल सरकारले घोषणा गरे पनि हामी निजी क्षेत्रको कार्यक्रम हो । यसबाट धेरै लाभ हामीले नै लिने हुँदा यसलाई अत्यन्त सकारात्मक रूपमा लिएका छौं । यसलाई भव्य रूपमा सम्पन्न गर्न र घोषित लक्ष्य पूरा गर्न हाम्रो अधिकतम प्रयास रहन्छ । नाटाले भ्रमण वर्षलार्ई लक्षित गरी देश विदेशमा विभिन्न कार्यक्रम पनि गर्‍यौं । 

विमानस्थल, सम्मेलन केन्द्रहरू, विमानको सरकारले व्यवस्था गरिदियोस् बाँकी सबै हामी गर्छौं भनेर सहयात्रा गरेर अगाडि बढिरहेका छौं । आज पनि छुट्टै र्‍याली गरी भ्रमण वर्षको उद्घाटनमा जाँदै छौं । हिजो अस्ति पनि भ्रमण वर्षसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिसकेका छौं । यो अभियानलाई अत्यन्त सकारात्मक रूपमा लिएका छौं । 

यसलाई सफल बनाउन सरकारले दुई वटा विषयमा ध्यान दिनुपर्छ । एक, स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्न नीतिगत रूपमा केही समस्या छन्, ती समस्या समाधान गरिदिनुपर्छ । अर्को, ठूला पूर्वाधारमा सरकारले लगानी गरिदिनुपर्छ ।

खुमबहादुर सुवेदी, अध्यक्ष, टान


हामी एकदमै उत्साहित छौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन टान उच्च मनोबलका साथ अघि बढेको छ । टानले यो अभियानलाई सफल बनाउन सरकारसँग सहकार्य पनि गरिरहेको छ । पर्यटन आर्थिक समृद्धिको आधार हो भन्ने सन्देश भ्रमण वर्ष पनि दिनेछ । यो सबैको अभियान हो ।

यो अभियान सफल बनाउन सकियो भने पर्यटन क्षेत्रसहित समग्र विकासका लागि महत्त्वपूर्ण हुनेछ । प्रधानमन्त्रीले राख्नुभएको समृद्धिको योजनालाई आत्मसाथ गर्दै भ्रमण वर्ष सफल बनाउन उत्साहका साथ हामी लागि परेका छौं । यो अवसर हो, यसलाई उम्कन दिन हुँदैन । 

सुमन पाण्डे, पर्यटन व्यवसायी


पर्यटन भनेको क्रमिक रूपमा प्रवद्र्धन भइरहने पर्ने क्षेत्र हो । यस सिलसिलामा विभिन्न चरणमा राष्ट्रिय कार्यक्रमका रूपमा घोषणा गरेर भ्रमण वर्ष मनाएका छौं । सन् १९९८ मा भिजिट नेपाल एयर, सन् २०११ मा नेपाल पर्यटन वर्ष मनायौं र सन् २०२० लाई फेरि नेपाल भ्रमण वर्ष मनाउँदा यसले पर्यटक बढोत्तरीका लागि सहयोग पुर्‍याउँछ भने अर्को परिस्थितिमा पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मुल खम्बाका रूपमा पहिचान गराउन पनि मद्दत गर्छ । त्यसैले यस्ता कार्यक्रम भइरहनु पर्छ ।

निजी क्षेत्रका हिसाबले हामी निकै उत्साहित छौं र राज्यले गरेको काममा काँधमा काँध मिलाएर अगाडि बढ्छौं । 

पर्यटकीय गतिविधिसम्बन्धी विभिन्न प्रडक्ट परिचालन गर्दै आजको युवापुस्ताले पनि आकर्षण महसुस गर्न सक्ने गरी विकसित गर्दै लैजानेमा हामी प्रतिबद्ध छौं । एकातिर पर्यटकलाई

नम्बरमा हेरेका छौं भने ती पर्यटकको प्रतिदिनको आय पनि बढाउँदै लैजाने र पर्यटन व्यवसायीलाई आयात विस्थापनको प्रमुख माध्यमको रूपमा स्थापित गराउन पहल गर्छौं ।

योगेन्द्र शाक्य, राष्ट्रिय संयोजक, पर्यटन वर्ष २०११


पर्यटनलाई अगाडि बढाउने, नयाँ दिशा देखाउने अवसर हो । सन् २०११ मा नेपाल पर्यटन वर्ष सुरु गर्दा अवस्था खराब थियो । राजनीतिक अस्थिरता, बन्द हड्ताल जस्ता कारण निकै अप्ठ्यारो अवस्थामा पनि अभियान चलाएका थियौं । तर, अहिलेको अवस्था सबै ठिक छ ।

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आउने चरणमा छन् । सन् २०११ मा पनि यस्तो अभियान चलाउँदा ८० प्रतिशत सफलता मिलेको थियो, अहिलेको अवस्थामा धेरै आशावादी छौं । यो अभियान हो, अभियानकै रूपमा बुझ्नुपर्छ । पर्यटनमा नयाँ सोचाई दिने सबैलाई सँगसँगै हिंडाउनु आवश्यक छ ।

पर्यटनका लागि होटल वा कुनै एउटा क्षेत्रले दिएको सेवाले मात्रै पुग्दैन । सडकमा भेट्ने प्रत्येक व्यक्तिको पनि यसमा योगदान हुन्छ, हुनुपर्छ । पर्यटनलाई कसरी सबैको आत्मानुभूति गराउन सकिन्छ, त्यसतर्फ पनि लाग्‍नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro