site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा थारु संग्राहलय निर्माण सुरु

दाङ । दाङमा थारु सङग्रालय निर्माण गर्न थालिएको छ । लोप हुँदै गइरहेको थारु जातिको इतिहास झल्कने गरी दंगीशरण गाउँपालिका -३ चखौरामा थारु सङग्रालय निर्माण गर्न थालिएको हो । थारु जातिको संस्कृति, परम्परा र इतिहास झल्कने गरी निर्माण थालिएको थारु संग्रालयलाई प्रदेश सरकारले सहयोग गरेको छ ।

अहिले थारु संस्कृतिसँग जोडिएका ठूला भौतिक निर्माणका कामहरु भइरहेका छन् । थारु भूमिमा नै निर्माण थालिएको थारु संग्रालयमा इतिहास बोकेका थारु संस्कृति, थारु म्युजिएम, थारु होम स्टेलगायतका सबै कुरा समेटिने संग्रालय निर्माणका अगुवा एवं प्रदेश नम्बर ५ का सांसद डिल्ली बहादुर चौधरीले जानकारी दिए । 

Argakhachi Cement Island Ad

“यहाँ सम्पूर्ण थारु जातिहरुको इतिहास झल्काउने गरी काम भइरहेको छ । ऐतिहासिक थारु संस्कृति, थारु परिकार, थारु होम स्टे र थारु म्युजियमसमेत समेटी थारु संग्रालय हुने छ,” उनले भने,  “यो थारुहरुको पहिचान हो ।”

थारु जातिको इतिहास बोकेका यस्ता संग्रालयले लोप हुँदै गएको थारु जातिको पहिचानलाई जीवन्त राख्‍न सहयोग पुर्‍याउने थारु अगुवाहरु बताउछन् ।  

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १९:४६
प्रतिक्रिया दिनुहोस्