site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एचआइभी एड्स प्रसारप्रसारमा वार्षिक अर्बौं खर्च
SkywellSkywell

काठमाडौं । नेपालमा वार्षिक एचआईभी एड्स प्रचार प्रसारमा २ अर्ब खर्च हुने गरेको छ । यो रकम सरकार र विभिन्न दातृनिकायको सहयोगमा हुने गरेको हो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले यस वर्ष एचआईभी एड्सका लागि करिब ५५ करोड बजेट विनियोजन गरेको छ । तर, अझै पनि सबै संक्रमित उपचारको पहुँचमा आउन सकेका छैनन् ।

यस वर्ष कुल बजेटको ३० प्रतिशत रकम केन्द्रमा, ३५ प्रतिशत रकम प्रदेशमा र ३५ प्रतिशत स्थानीय तह रहने गरी विनियोजन गरिएको केन्द्रले जनाएको छ । गत वर्ष सरकारले एचआईभी एड्सका लागि ७५ करोड रकम विनियोजन गरेको थियो । 

KFC Island Ad
NIC Asia

त्यसैगरी नेपालमा हाल २९ हजार ९ सय ४४ जनामा एचआईभी संक्रमण रहेको केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । जसमा १७ हजार ७ सय ३२ जना पुरुष र १२ हजार २ सय १२ जना महिला छन् ।

गत वर्ष ३१ हजार २० जना एचआईभी संक्रमित रहेका थिए । जसमा पुरुष १९ हजार २० जना र महिला १२ हजार रहेका थिए । कुल एचआईभी संक्रमितमा ४० प्रतिशत बिरामी एआरभी उपचारको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । एआरभी (एन्टी रेक्ट्रो भाइरल) एचआईभी संक्रमितको आयु लम्ब्याउन प्रयोग गर्ने औषधि हो ।

Royal Enfield Island Ad

सन् २०१७ मा गरिएको अध्ययनमा १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति बढिरहेका थिए । यो उमेर समूहको नेपालको कुल जनसंख्यामध्ये ०.१५ प्रतिशत एचआईभी संक्रमित रहेका थिए भने सन् २०१८ मा त्यो घटेर ०.१४ प्रतिशतमा पुगेको थियो । सन् २००४ मा यो दर ०.५ प्रतिशत रहेको थियो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. भट्टचन ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सरेको बताउँछन् । देशैभर जनचेतना जगाउने, नयाँ बिरामी पत्ता लगाउने र उनीहरूलाई उपचारको पहुँचमा ल्याउँन जोखिममा रहेका संक्रमितहरूको खोजपताल गर्ने काम गरिरहेको केन्द्रका निर्देशक डा.अनुज भट्टचन बताउँछन् ।

“नेपालमा ५८ प्रतिशतले नयाँ संक्रमण दर घटेको छ भने ७१ प्रतिशत बालबालिकामा हुने नयाँ संक्रमणमा कमी आएको छ,” उनले भने, “समाजको डर र संकोचका कारण संक्रमितहरू एआरभी सेवा लिन आउँदैनन्, उनीहरूमा चेतना नहुँदा पहुँचमा पुर्‍याउन समस्या भइरहेको छ ।”

सरकारले सरकारी स्तरबाट नै एचआईभी विभिन्न चेतनामुलक कार्यक्रम साथै नि.शुल्क औषधि वितरण गरिरहेको छ । तर, समाजको डर र संकोचका कारण संक्रमितहरू एआरभी सेवा लिन आउँदैनन्, उनीहरूमा चेतना नहुँदा पहुँचमा पुर्‍याउन समस्या भइरहेको केन्द्रले जनाएको छ । 

विश्वमा नयाँ एचआईभीको संक्रमणदर आठ वर्षमा १६ प्रतिशतले घटेको विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ । जुन तथ्याङकले विश्वमा बालबालिकामा संक्रमणको दर ४१ प्रतिशतले घटेको देखिन्छ । सन् २०१८ सम्ममा विश्वमा ३ करोड ७९ लाख एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro