site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घनश्यामको नियात्रा लेखनयात्रा
SkywellSkywell

निरन्तर नियात्रा लेखनमा लागेका अग्रज लेखक हुन्– घनश्याम राजकर्णिकार । मुलुककै जेठो पाउरोटी उद्योग ‘कृष्ण पाउरोटी’का हर्ताकर्ता पनि हुन् उनी । तर उनको नाम उद्योगी–व्यापारीभन्दा नियात्राकारका रुपमा चर्चित छ । 

त्यसो त, साहित्यकारको लहरमा पर्न उनले निकै सङ्घर्ष गर्नुपर्‍यो । उनी सजिलै लेखक भएनन् । घनश्यामका अनुसार उनले बाहिरभन्दा घरभित्रै सङ्घर्ष गर्नुपरेको थियो । र, त्यही सङ्घर्षको परिणाम थियो उनको नियात्रा लेखन ।   

२०३७ सालमा उनको पहिलो नियात्रा कृति ‘विदेशको यात्रा स्वदेशको सम्झना’ प्रकाशित भयो । यस पुस्तकको प्रकाशनसँगै उनको नाम साहित्यिकवृत्तमा चल्न थाल्यो । नाम ०३७ सालमा चुलिए पनि लेख्न सुरु गरेको उनले २०२४ सालदेखि नै हो । घनश्यामले लेखेको ‘मिलनको क्षण’ शीर्षकको एकाङ्की २०२४ सालमा गोरखापत्रमा प्रकाशित भयो । 

KFC Island Ad
NIC Asia

लेख्ने रहर थियो । विषय भेट्यो कि कोरीहाल्ने लहड पनि थियो । युवा उमेर भएकोले उनले एउटै विधामात्रै भनेनन् । थुप्रै विधामा कलम चलाए । मनमा जे भाव जाग्थ्यो, त्यो कलम अघि लगाएर कागजमा कोर्थे । यसरी उनले कविता लेखे । निबन्ध लेखे । कथा लेखे । यात्रा संस्मरण लेखे । नाटक लेखे । 

तिनताक उनी अर्थशास्त्र विषय लिएर कलेज पढ्दै थिए । त्यसैले कहिलेकाहीँ उनी आर्थिक लेख पनि लेख्थे । पत्रपत्रिकामा प्रकाशन गराउँथे । अर्थात् लेखनमा उनको अगाध रुचि थियो । 

Royal Enfield Island Ad

उनको पूरै परिवार पाउरोटी व्यवसायमा सक्रिय थियो । उनको पिताजीको देहान्त भइसकेको थियो । तीन जना दाजुहरू कृष्ण पाउरोटीको व्यावसायिक कारोबारमा व्यस्त थिए । तर परिवारको कान्छो घनश्यामलाई पढ्नमा धेरै रुचि । त्यसैले उनी पाउरोटी पसल वा व्यवसायमाभन्दा पढाइमा बढी समय दिन्थे । 

उनका दाजुहरू चाहन्थे, भाइले नपढोस् । पसल र उद्योगमा ध्यान देओस् । कृष्ण पाउरोटीका अध्यक्ष घनश्याम राजकर्णिकार भन्छन्, “दाजुहरू मलाई भन्थे– तैंले पढेर के गर्छस् ! बढी भन्दा बढी सचिव होलास् ।’ तर म भने जागिर खाउँला–नखाउँला, तर पढाई पुरा गर्नै पर्छ भन्ने ध्याउन्नमा थिएँ ।” 

घनश्यामको बुझाइमा व्यवसाय राम्ररी सञ्चालन गर्न पनि पढाइ आवश्यक हुन्छ भन्ने थियो । पढ्नु भनेको सभ्य हुनु हो भन्ने उनलाई लाग्थ्यो । खानपानमा सुख भए पनि दाजुहरूको भनाइ र पढ्न नदिने सोचले उनलाई यातना दिन्थ्यो । त्यो नै उनको जीवनको ठूलो दुःख थियो ।

त्यसैले उनी विहान र बेलुकीको केही समय उनका पिताजीले सुरु गरेको व्यवसाय कृष्ण पाउरोटीमा दिन्थे । दिउँसो कलेज जान्थे र भ्याए पुस्तकालयमा गएर साहित्यका पुस्तकहरू पढ्थे ।

यता उनका दाजुहरू भने उनकोे पढाइलाई सहयोग पुर्‍याउनुको साटो अवरोध गर्नतर्फ लागेका थिए । ‘बाच्छोलाई जति हिर्कायो त्यो त्यति नै माथि उफ्रिन्छ’ भन्ने उखान उनमा लागू भइरहेको थियो । अर्थात् घनश्याममाथि दाजुहरू जति कडाइ गर्थे त्यति नै उनी पढाइमा ध्यान दिन थाले । यसरी उनले मास्टर्स सिध्याए ।

घनश्याम भन्छन्, “मेरा दाजुहरूले मप्रति कडा रबैया नराखेको भए सायद पढ्ने थिइनँ कि ! या पढाइ बीचैमा छोड्ने थिएँ ! आजजस्तो लेखक घनश्यामचाहिँ हुने थिइनँ !” 

दाजुहरूका कारण धेरै समय पढाइ र पुस्तकालयलाई दिन थाले उनले । नेसनल लाइब्रेरी थियो त्यसबेला नयाँसडकमा । त्यहाँ गएर भारतीय लेखकहरू गुलसन नन्दा, यशपाल र रानुका हिन्दी उपन्यासहरू पढ्न थाले । 

घनश्याम गुलसन नन्दाको नाम लिँदै हाँसे । भने, “मैले उपन्यासको नाउँ बिर्सिएँ । तर त्यो उपन्यासमा दाइहरूले भाइलाई दुःख दिएको कथा थियो । मलाई लाग्यो यी गुलसन नन्दाले मेरो कथा नै त्यस उपन्यासमा उतारेका हुन् !”

यसरी उपन्यास र अन्य साहित्यका किताब पढ्ने बानी नै लाग्यो । यहीँबाट उनी पनि साहित्यतिर आकर्षित हुँदैगए । लेखनतिर मोडिँदै गए । किताब पढ्दा उनलाई त्यसको इमानदार पात्रले साह्रै प्रभावित बनाउँथ्यो । त्यसले आफूलाई परिवर्तित गर्न मद्दत पुगेको उनी बताउँछन् । घनश्यामका अनुसार साहित्यले उनलाई सधैं मार्गनिर्देश गरेको छ । आजको घनश्याम राजकर्णिकार बनाउने त्यही पुस्तक भएको उनी स्वीकार्छन् । 

उनलाई लाग्छ, दुःखले नै मानिसलाई तिखार्छ । क्षमतावान् बनाउँछ । उनी आज पनि आफ्ना नातीनातिनाहरूलाई दःुखसँग नआत्तिन र त्यसबाट केही सिक्ने प्रेरणा लिन भनिरहन्छन् ।
बेलाबेलामा कविता–कथा लेख्दै आएका उनको एकाङ्की गोरखापत्रमा छापिएपछि उनी आश्चर्यचकित भए । कसैलाई भनेका थिएनन् । खुसीको सीमा नै रहेन । उनले आफ्नै उक्त नाटक दसौं पटक पढे ।

त्यसपछि उनले अरु लेखहरू लेख्न थाले । लेखन निरन्तर अगाडि बढ्दै गयो । कुनै विधा नसमाएकोले मनमा जे भाव जाग्थ्यो, त्यसै विषयमा उनको कलम चल्थ्यो । यसरी धेरै लेखहरू उनको प्रकाशित भयो ।

२०२८-०२९ सालतिर आफ्ना लेखरचनाहरू समेटेर किताब निकाल्ने सोचका साथ जोरगणेश प्रेस पुगे । उनीसँग ‘केही चिन्तन केही मन्थन’ किताबको पाण्डुलिपि थियो । त्यस प्रेसका प्रबन्धक रहेछन् साहित्यकार माधवलाल कर्माचार्य ।

कर्माचार्यलाई उनले आफूले किताब छाप्न खोजेको बताए । पाण्डुलिपि उनका छापिएका रचनाहरूको सँगालो थियो । केही समयपछि त्यो किताब प्रकाशित भयो । तर कर्माचार्यले घनश्यामलाई पहिलो किताब प्रकाशन गर्दा नै सुझाव दिएका थिए, ‘‘तिम्रो यात्रा संस्मरण राम्रो छ । यात्रा लेखनतिर आफूलाई केन्द्रित गर । एउटै विधामा मात्रै कलम चलाउ ।’’

उनले पनि सोचे– धेरै डुङ्गामा खुट्टा राख्दा राम्रो हुन्न । पहिचानका लागि एउटा मात्रै विधा ठीक हुन्छ । यही सोच्दै उनले यात्रा साहित्यलाई आफ्नो मूल लेखन बनाए । त्यसको दुई वर्षपछि उनले ‘विदेशको यात्रा स्वदेशको सम्झना’ नियात्रासङ्ग्रह प्रकाशनमा ल्याए । र, त्यही पुस्तकले घनश्याम राजकर्णिकारलाई नियात्राकारका रुपमा नेपाली साहित्यमा स्थापित गर्‍यो । 

यो किताब जन्मिनुको कथा सुनाए घनश्यामले । २०२८ सालमा नेपाल औद्योगिक विकास निगम (एनआइडीसी) बाट उद्योगहरूमा लगानी हुँदैथ्यो । कृष्ण पाउरोटीले पनि जर्मनबाट नयाँनयाँ मेसिन मगाउन एनआईडीसीबाट ऋण लियो । 

त्यसैबेला घनश्यामले पाउरोटी बनाउने तालिमको स्कलरसिप पनि पाए । उनी जर्मनी गए । र, त्यहाँ उनले पाउरोटी उद्योगका लागि आवश्यक विभिन्न तालिम लिए । मौकाको सदुपयोग गर्दै युरोपका धेरै ठाउँ घुम्दै गए । 

त्यो भ्रमणका बेला उनले ‘डायरी मेन्टेन’ गर्दैगए । माधवलाल कर्माचार्यले ‘तिम्रो नियात्रा लेखन राम्रो छ’ भनेकोले उनले यात्राका विभिन्न सन्दर्भ र रमाइला प्रसङ्ग डायरीमा टिप्दै गए ।

घनश्याम भन्छन्, “मैले विदेशी लेखकका किताबहरू पनि पढेँ । ती किताबमा कतिपय लेखकले आफ्ना कमीकमजोरी खुलेरै लेखेको पाएँ । कतिपय किताबमा यौनका कुरा पनि लेखिएका थिए । त्यसैले मैले पनि युरोपको नाइटलाइफ त्यो किताबमा पस्कने आँट गरेँ । उक्त पुस्तकका लागि नियात्रा लेख्दा मैले आफ्नो देशलाई सधैं केन्द्रमा राखेर ।”

यसरी २०३७ सालमा ‘विदेशको यात्रा स्वदेशको सम्झना’ प्रकाशित भयो । यसले घनश्यामलाई साहित्यिक वृत्तमा फरक परिचय पनि दियो । उनका नियात्रा पत्रपत्रिकामा माग्न थालियो । फलतः नियात्रा लेखनको क्रम निरन्तर अगाडि बढ्यो । उनको त्यही पहिलो नियात्रा कृति ‘विदेशको यात्रा स्वदेशको सम्झना’को छैठौ संस्करण प्रकाशित भइसकेको छ । 

उनका अरु चार वटा नियात्रा कृति पनि प्रकाशित भइसकेको छ । जसमा  ‘यात्रा अमेरिकाको माया नेपालको’, ‘बौद्ध तीर्थयात्रा– नालन्दादेखि लुम्बिनीसम्म’, ‘यात्राको लहरीमा हिउँफूलकी रानी’, ‘देश प्रदेशको भ्रमण’ गरी पाँच पुस्तक छन् । 

अन्त्यमा उनले भनेँ, “हालै मात्र मेरा प्रकाशित नियात्रहरूमध्येका केहीलाई समेटर एउटा अर्को सङ्ग्रह आएको छ– घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा ।’’
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro