site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टिमुर पकेट क्षेत्रमा “टिमुर वर्ष”कार्यक्रम सुरू
Sarbottam CementSarbottam Cement

दाङ । दाङको उत्तरतर्फका छरिएर रहेका बस्ती खाली हुन थालेको र स्थानीयलाई स्वरोजगार बनाई उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धकोकिला मालागेडी रोप्ने कार्यक्रम सुरू गरिएको छ ।

डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षलाई “टिमुर वर्ष” सुरू गरेको छ । यो कार्यक्रम अन्तर्गत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामिण बस्तिमा एक लाख टिमुरका विरुवा उत्पादन सुरू गरिएको छ । मसला बनाउन उपयोगी मानिने टिमुर बहुवर्षे जडिबुटी भएको र यसको बजार मूल्य महंगो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा बिरुवा उत्पादन शुरु गरिएको छ । तीन वटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादन समेत शुरु गरिएको छ ।

“दुवै बहुवर्ष, बहुउपयोगी जडिवुटी हुन”-डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले भने-“केहि वर्षमै हामी दाङको उत्तरी भेगमा ५ लाख टिमुरका बिरुवा लगाउने गरी योजना बनाएका छौं ।”

Global Ime bank

विस्तृत अध्ययनपछि टिमुर रोपन कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख ज्ञवालीले बताए ।

उनका अनुसार टिमुरका बिरुवा उत्पादन, ढुवानी र रोपनसम्म प्रतिवटा बिरुवाका लागि १८ रुपैया छुट्टाइएको छ । किसानले ठूलो मात्रामा उत्पादन गर्ने टिमुर र मालागेडीको बजार खोज्ने, उचित मूल्य कायम गर्ने र सहज तरीकाले निकासीका लागि समेत डिभिजन वन कार्यालयले सहजीकरण गर्ने गरी योजना बनाइएको कार्यालयले जनाएको छ ।

दाङको उत्तरी भेगमा पर्ने बंगलाचुली गाउँपालिका, घोराही र तुल्सीपुर उपमहानगरपालिकाका उत्तरी गाउँमा अहिले पनि किसानले आफ्नो र वनमा प्राकृतिक रुपमै टिमुर उत्पादन गर्दै समेत आइरहेका छन् । माथिल्लो क्षेत्रलाई टिमुरको पकेट क्षेत्र बनाई दिर्घकालिन स्वरोजगारी उत्पादनका लागि काम थालिएको डिभिजन वन कार्यालयको भनाई छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement