site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 चिनियाँ सपना अस्वीकार

विद्रोही चिनियाँ कलाकार एई वेइवेइले आवरण चित्र बनाएको आफ्नो व्यंग्य उपन्यास ‘चाइना ड्रिम’को सुरुमै उपन्यासकार मा जिआनले ‘नाइन्टिन एट्टीफोर’ र ‘एनिमल फार्म’का लेखक जर्ज अर्वेलप्रति आभार प्रकट गरेका छन् । उनी भन्छन् अर्वेलले ‘‘सबै पहिल्यै भनिसके ।’’ 

लन्डनमा निर्वासित जीवन बिताइरहेका माका कृतिहरू चीनमा प्रतिवन्धित छन् । उनले पक्कै पनि अर्वेलले वर्णन गरेको अधिनायकहरूले जनताको सोच्ने शक्तिमै प्रहार गरेपछि उत्पन्न हुने सर्वसत्तावादीे शासनको जोखिमको चर्चा गरेका हुन् । अहिले चीनको जिङजियाङ क्षेत्रमा शासनले करिब दस लाख उइगुर मुसलमानहरूलाई ‘पुनः शिक्षा’ शिविरहरूमा पुनर्जन्म दिइरहेको छ ।

माको पुस्तकको विषय कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) हो । मा लेख्छन् यसले ‘‘चिनियाँ जनताको मस्तिष्कलाई नै कैद गरेको छ र शरीरलाई यातना दिएको छ ।’’ विशेषगरी उनले राष्ट्रपति सी जिनपिङको मौलिक नारा ‘चिनियाँ सपना’लाई व्यंग्य गरेका छन् । उपन्यासमा कम्युनिस्ट पार्टीको अधिकारी सीको सपना ‘विश्वव्यापी’ हुनेछ र चिनियाँ कम्युनिस्ट पार्टी ‘मानव जगतकै शासक दल’ बन्नेछ भन्ने विश्वास गर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

परन्तु, ‘चिनियाँ सपना’ले सिंगो मानव जातिलाई आफ्नो जादूमा लठ्याउनुभन्दा पहिले तिब्बत, सिनजियाङ, हङकङ र ताइवानका लगायत चिनियाँ जनताले स्वीकार गर्नुपर्छ । वास्तविकता स्वीकार गर्न भन्ने एउटा अमेरिकी आहान छ – ‘‘ बिउँझ र कफीको वासना सुँघ ।’’ अचेल हङकङका बासिन्दाहरू बिउँझदा चिनियाँ कम्युनिज्मको वास्तविकता टियर ग्यासको गन्धसँगै आउँछ ।

पाँच महिना यता हङकङ उथलपुथलको अवस्थामा छ सुरुमा शान्तिपूर्ण प्रदर्शन बेलाबखत प्रदर्शनकारी र प्रहरी दुवैतर्फबाट हिंसात्मक हुन थालेको छ । पहिले शंकास्पद अपराधीलाई चीन सुम्पन सक्नेगरी कानुन बनाउने हङकङ सरकारको प्रस्तावविरुद्ध प्रदर्शन केन्द्रित थियो । अरू स्वतन्त्र मुलुकहरूले समेत चीनसँग यस्तै सम्झौता गरेकाले यसबाट कुनै समस्या हुँदैन भन्ने तर्कलाई गम्भीरतापूर्वक लिइएन । हङकङ यसै पनि स्वतन्त्र मुलुक त हैन र यस सहरको विशेष अवस्थाको यो आधारभूत पक्ष हो । हङकङका नागरिकहरू सुपुर्दगी कानुनले उनीहरूलाई विधिको शासनको सुरक्षाबाट वञ्चित गर्नेछ भनेर डराए र त्यसको परिणाम चीन सरकारले ‘शत्रु’ ठानेका व्यक्तिहरूको अपहरणलाई वैधता दिनसक्नेछ भन्ने ठाने । 

Global Ime bank

हङकङ सरकार सुरुमा प्रस्तावित कानुनमा पुनर्विचार गर्न अस्वीकार गर्यो  र दिनहरू बित्दै जाँदा घरको चर्को मूल्य र घट्दो आयजस्ता कारणले असन्तुष्टि पनि बढ्दै गयो । चिन सरकारले सीको नेतृत्वमा हङकङमा दबाब बढाउँदै लगेको र सहरको स्वतन्त्रता र स्वायत्ततासम्बनधमा पहिले जनाएको प्रतिबद्धता उल्लंघन गरेको सामान्य तर सही धारणा व्याप्त छ ।  

यसमाथि शासकहरूले प्रदर्शनकारीसँग तिनको भविष्यका सम्बन्धमा वार्ता गर्ने कुनै प्रयास पनि गरेनन् । सन् २०१४ को लोकतन्त्र समर्थक प्रदर्शनमा हङकङमा राजनीतिक बहस र सहमति निषेध गरेर कडा सार्वजनिक निगरानी बढाइयो ।   

मलाई ती केही असल प्रहरी अधिकारी र तिनको परिवारप्रति सहानुभूति छ जस्ले उचित व्यवहार गरे तर सरकारले गर्नुपर्ने असल र उत्तरदायी कर्तव्ये पनि आफैँले पूरा गर्नुपर्ने आवस्थामा पुगे । दुर्भाग्य, केही अधिकृतहरूले भने असल प्रहरीका मान्यताहरू पालना नगरेको कैयौं मानव अधिकार संगठनहरूले अभिलेख राखेका छन् । एकजना विख्यात शल्य चिकित्सकले ‘द ल्यान्सेट’मा मानवीय मूल्यहरूको उल्लंघनको घटनामा एउटा लेख लेखेका छन् । उनको लेखमा आकस्मिक सेवा प्रदान गर्दा कसरी डाक्टर र नर्सहरूलाई हुलदंगाको अभियोग लगाएर पक्रियो भन्ने वर्णन छ । उनीहरूलाई आतंककारी सरह व्यवहार गरियो, हातमा सिक्रीको हतकडीले पछाडि बाँधेर घुँडा टेकेर निहुरिन लगाइयो । 

आश्चर्य हैन दुःखको विषय हो प्रहरी ज्यादतीले यदाकदा हिंसात्मक प्रतिक्रिया निम्त्याउँछ भन्ने बुझ्न सकिन्छ तर समर्थन गर्न सकिँदैन । करिब ५ हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार गरिएका छन् तर एकजना प्रहरी अधिकृतमात्र हटाइएको छ । 

जुनसम्म पनि प्रतिष्ठित पूर्वप्रधान न्यायाधीशलगायत हङकङका धेरै जना प्रदर्शनको कारण, उनीहरूप्रति प्रहरी कारबाही र प्रदर्शनकारीको व्यवहार अध्ययन गर्न छानबिन आयोग गठन गर्न आग्रह गर्दै थिए । बेइजिङको सीको सरकारबाट नियन्त्रित हङकङकी प्रमुख कार्यकारी क्यारी ल्याम र उनको सरकारले यस्तो आयोग गठन गर्न इन्कार गर्यो । यद्यपि, त्यसो गरिएको भए असन्तुष्टि महिनौ पहिले समाप्त हुनसक्थ्यो । 

चीनका नेताहरू र हङकङमा तिनका मुखपात्रहरूले पटकपटक स्थानीय समुदायको मौन बहुमत प्रदर्शनकारीको विरोधमा रहेको दाबी गर्दै प्रदर्शनका पछाडि ‘विदेशी दुष्ट’ तत्त्वको हात भएको बताउँथे । तर, नभेम्बर २४ मा भएको हङकङको जिल्ला परिषद्को निर्वाचनले भने फरक कथा बतायो । 

अहिलेसम्मकै धेरै जनाले मतदाता नामावलीमा नाम लेखाए भने सहरको इतिहासमा सबैभन्दा धेरै मतदान भयो । लोकतन्त्र पक्षधर शक्तिले ४५२ स्थानमा ३४७ स्थान जितेर चुनावमा प्रचण्ड बहुमत ल्याए । स्वतन्त्र उमेदवारले ४५ स्थानमा जिते ती पनि अधिकांश लोकतन्त्र समर्थक थिए । बेइजिङ समर्थकले ६० स्थानमात्र पाए । चुनावभन्दा पहिले हङकङका सबै १८ जिल्लामा बेइजिङ समर्थकहरूको नियन्त्रण थियो । अहिले १७ जिल्ला लोकतन्त्र समर्थक खेमाको नियन्त्रणमा छन् । यसैले स्थानीय अखबारले चुनाव परिणामलाई ‘सुनामी’ लेखे भनेर आश्चर्य मान्नु पर्दैन ।   

हङकङका नागरिकहरू अरूको लहैलहैमा लागे भन्ने चिनियाँ अधिकारीहरूको लाजमर्दो  आरोप मूर्खतापूर्ण छ । अलि कम मौन बहुमतले आफ्नो धारणा सार्वजनिक गरेको छ । हङकङमा ‘चाइना ड्रिम’का ग्राहक खासै धेरै रहेनछन् ।   

केही पर्यवेक्षकहरू चिनियाँ अधिकारीहरूले अब हङकङमा कानुनको शासन अन्त्य गर्ने, स्वतन्त्र न्यायपालिकाको नियन्त्रण गर्ने, विद्रोह र राज्यद्रोहको कानुन लागु गर्ने र सहरका बालबालिकालाई मानसिकरूपमा बहक्याउने (ब्रेन वास गर्ने) उद्देश्य राख्नेछन् भन्ने विश्वास गर्छन् । र, त्यसो हुन पनि सक्छ ः बेइजिङमा नीतिहरू प्रायः अविश्वास, चिन्ता र अज्ञानबाट प्रेरित भएर निर्माण जो गरिन्छ । 

तैपनि, चिनियाँ नेताहरू बुद्धिमान छन् भने तिनले यो बाटो अस्वीकार गर्नेछन् । यसको सट्टा, तिनले हङकङ सरकारलाई नागरिकहरूसँग संवाद सुरु गर्न दिनेछन् र छानबिन आयोगलाई एक प्रकारको सत्य तथा मेलमिलाप निकायका रूपमा प्रयोग गर्नेछन् । 
हङकङका नागरिक स्वतन्त्र समाजमा कानुनको शासनअन्तर्गत रहिरहन चाहन्छन् । उनीहरूको सपना त्यही हो । हालैको निर्वाचनले देखाएको छ उनीहरूमध्ये थोरैमात्र सीतर्फ आकर्षित छन् । 

(हङकङका अन्तिम ब्रिटिस गभर्नर ) 

Copyright: Project Syndicate, 2019.


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय