site stats
बाह्रखरी :: Baahrakhari
देश
सीमा नाकामा सीसीटिभी क्यामरा जडान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सीसीटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको हो । 

बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलालाई दृष्टिगत गर्दै सो सहायता कक्ष राखिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिए । 

सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न स्थानीय प्रहरीको साझेदारीमा गाउँपालिकाले गरेको कामले यस क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । - रासस

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  २०:००
प्रतिक्रिया दिनुहोस्