site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘नालापानी’लाई नेपाली सेनाको साथ 
Tiktok banner adTiktok banner ad

काठमाडौं। प्रधान सेनापति पूर्णचन्द्र थापाले चलचित्र ‘नालापानी’ले नोपलको इतिहास बिर्सिन नदिने बताएका छन् । नेपाली सेनाको मूख्यालयमा भएमो चलचित्रको प्रदर्शनीमा सेनापति थापाले चलचित्र ‘नालापानी’ हेरेपछि आफू २०३८ साल तिर पुगेको महशुस भएको बताए । 

‘नालापानी’ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए । “हामीले आफ्नो इतिहासलाई बिर्स्यौँ भने हामीले हाम्रो राष्ट्रलाई पनि बिर्सन्छौँ । यो चलचित्रले हामीलाई इतिहास बिर्सन दिँदैन । राष्ट्रको रक्षाको लागि सेनाले मात्र नभएर सेना र जनता दुवैले सहकार्य गर्यो भने असम्भव केहि पनि छैन । युद्द जित्नलाई हतियारले सहयोग गर्छ तर युद्द जित्न बिना रणनीतिक हतियारले मात्र हुँदैन भन्ने सन्देश ‘नालापानी’मा देखिन्छ,” थापाले भने । 

‘नालापानी’ले नेपाली सेनामा वीररस थप्ने भन्दै उनले आगामी दिनमा पनि यो चलचित्रको लागि नेपाली सेनाबाट सहयोग हुने बताए । 

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो ।

प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानी’का नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा.  सुरेन्द्र के.सी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘‘सैनिक इतिहास’ लगायतका पुस्तकहरुमा आधारित रहि ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताए ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ ।

 ‘नालापानी’को परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारीले गरेका छन् । नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro