site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैले भारतमा गएर पनि भनेको छु, कालापानी हाम्रो हो : देउवा

फाइल तस्बिर


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाली भूमि मिचेर नयाँ नक्सामा समावेश गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली चुप लागेर बसेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरुका लागि हेटौंडामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले नेपाली भूमि मिचिँदा पनि प्रधानमन्त्री ओली केही नबोलेका भन्दै आपत्ति जनाएका हुन ।

“कालापानी हाम्रो हो नि । कालापानी, लिपुलेक नेपालको हो । मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो,” उनले प्रश्न गरे, “सरकार किन बोलिराखेको छैन ? राष्ट्रवादी ओली किन बोल्दैनन् ?”

पूर्वप्रधानमन्त्री समेत रहो देउवाले धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्नेमा जोड दिए । उनले ओली नेतृत्वको सरकारलाई लम्पसारवादीको समेत संज्ञा दिए । 

देउवाले ऋण लिएर नेपालमा रेल ल्याउनु मुर्खता भएको पनि बताए । ऋण लिएपछि व्याजका कुरा आउने र आर्थिक भार बढ्दै जाने भएकाले रेलको कुरा राम्रो नभएको उनको भनाइ थियो । दुईतिहाइको दम्भ बोकेको सरकारले गाउँघरमा बाटो पुर्‍याउन नसकेको भन्दै देउवाले रेलको कुरा गरेर जनता झुक्काइरहेको आरोप लगाए ।

कांग्रेस एक ढिक्का भएर जानुपर्ने र एकता गरी अघि बढ्नुपर्नेमा जोड दिदैं सभापति देउवाले भने, “नेपाल धेरै अप्ठ्यारोमा छ । सिमाना होस् या राजनिति, अब सबै मिलेर देशलाई बचाउन तर्फ लाग्नुपर्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro