site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फका लागि विदेशी पत्रकार आउने क्रम सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करणका लागि विदेशबाट पत्रकार आउने क्रम सुरु भएको छ । आगामी आइतबार हुने गल्फको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको गल्फ तथा पर्यटकीय क्षेत्रको रिपोर्टिङका लागि विभिन्न मुलुकबाट पत्रकार आउने क्रम सुरु भएको हो ।

सगरमाथा क्षेत्रमा आयोजना हुने प्रतियोगिता अक्टोबर २० का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।   प्रतियोगिताका लागि आवश्यक अन्य तयारी पूरा भएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउँदा हामी धेरै उत्साहित छौं । प्रतियोगितामा सहभागी हुन अन्तर्राष्ट्रिय खेलाडी र समाचार संकलनका लागि अन्तर्राष्ट्रिय मिडियाका दर्जन बढी संस्थाबाट पत्रकारहरु आउने क्रम सुरु भएको छ । प्रतियोगिता निकै रोमाञ्चक र सफल हुने हाम्रो अपेक्षा छ,” घिमिरेले भने ।  

अहिलेसम्म भारतको द हिन्दुबाट जयरमण मिनाक्षी, सीएनबीसीबाट दीपाली नन्द्वानी, विजनेश वर्ल्डबाट भुवनेश खन्ना, दि फाइनान्सियल एक्सप्रेसबाट पल्लभी पश्रिचा, द टेलिग्राफ अनलाइनबाट सुचयन मण्डल काठमाडौं आइपुगेका छन् ।
बाँकी पत्रकारहरु शनिबारसम्म काठमाडौं आइपुग्ने घिमिरेले जानकारी दिए ।

Global Ime bank

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण कोङ्देमा २० तारिखमा हुनेछ, जसमा ४० बढी गल्फरहरुले एक होल खेल्नेछन् र दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ का दिन काठमाडौंको गोकर्ण रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब एकसय गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement