site stats
बाह्रखरी :: Baahrakhari
विदेश
घाटामा संयुक्त राष्ट्र संघ , ट्रम्पले भने - सबै सदस्य राष्ट्रले भुक्तान गर्नुहोस् 

वाशिङ्टन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्र संघ २३० मिलियन डलर घाटामा गइरहेको बताएका छन् । उनले सोमबार अक्टोबरको अन्तिमसम्ममा राष्ट्र संघ पैसाविहीन हुनसक्नेसमेत बताएका हुन् ।

उक्त समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रले पैसा भुक्तान गर्नुपर्ने बताएका छन् । उनले बुधबार राष्ट्रसंघ घाटामा गएको समाचार ट्विट गर्दै भनेका छन्, " त्यसैले अमेरिकाले मात्र होइन, सबै सदस्य राष्ट्रले आफ्नो रकम भुक्तान गर्नुहोस् ।"

सन् २०१७ को तथ्यांक अनुसार कुल खर्चको २२ प्रतिशत रकम अमेरिकाले तिरेको जनाइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

So make all Member Countries pay, not just the United States! https://t.co/IVbE4MqBVl

— Donald J. Trump (@realDonaldTrump) October 9, 2019

राष्ट्र संघको सचिवालयमा कार्यरत करिब ३७ हजार कर्मचारीका लागि तलब  अन्य सेवाका लागि अनिर्दिष्ट शिर्षकमा थप अतिरिक्त उपायहरु अपनाउनुपर्ने महासचिव गुटेरेसले एक पत्रमार्फत बताएका थिए । 

गेटेरेसले लेखेको पत्रमा भनिएको छ, "सन् २०१९ मा निरन्तर बजेट सञ्‍चालनका लागि कुल रकमको ७० प्रतिशत मात्र रकम बुझाएका थि । जसका कारण सेप्टेम्बर अन्तिम सम्मा २३० मिलियन डलर घाटामा गएको जनाइएको छ । महिनाको अन्तिम सम्ममा हामी तरलता भण्डारणको ब्याकप जोखिममा जानेस्थितिमा चलिरहेका छौं ।" 

गुटेरेसले खर्च कटौतीका लागि विभिन्‍न सम्मेलन र बैठकहरु स्थगित गर्ने, सेवा घटाउने र अतिआवश्यकबाहेकका भ्रमण रद्द गर्ने गरेका छन् । 

१९३ सदस्य राष्ट्रमध्ये १२९ राष्ट्रले मात्र आफ्नो निरन्तर बुझाउने पर्ने रकम तिरिरहेका छन् र अन्यले तुरुन्तै उक्त बाँकी रकम बुझाउने पर्ने बताइएको छ । 

त्यसकारण सबै सदस्य राष्ट्रहरुलाई बाँकी रकम भुक्तान गर्ने बनाउनूस् न कि संयुक्त राज्य अमेरिकालाई मात्र । - एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  २१:०६
प्रतिक्रिया दिनुहोस्